Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

तिहारमा २४ घण्टासम्म देउसी-भैलो खेल्न पाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा २४ घण्टासम्म देउसी-भैलो खेल्न पाइने
Photo / Coverage: नेपालन्युज

काठमाडौं । गृह मन्त्रालयले तिहारको अवसरमा देउसी-भैलो कार्यक्रम २४ घण्टासम्म सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयले आवश्यक नियम, सर्त र मर्यादा पालना गर्दै देशभर देउसी-भैलो खेल्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। मन्त्रालयको शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाले कात्तिक २३ गते जारी गरेको परिपत्रमार्फत नेपाली मौलिक सांस्कृतिक तथा धार्मिक परम्परासँग जोडिएको देउसी-भैलो कार्यक्रम अनुशासित र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ। यसअघि असोज २४ गते जारी गरिएको सूचनाको समेत पूर्ण कार्यान्वयन गराउन मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। देउसी-भैलोका क्रममा शान्तिसुरक्षा, सामाजिक सद्भाव र सार्वजनिक मर्यादा कायम राख्न मन्त्रालयले सातबुँदे सर्त निर्धारण गरेको छ। निर्धारित सर्तअनुसार देउसी-भैलो स्वैच्छिक रूपमा खेल्नुपर्नेछ। कसैलाई पनि कार्यक्रममा सहभागी हुन वा चन्दा तथा दक्षिणा दिन दबाब दिन पाइने छैन। जातजाति, धर्म, भाषा, लिंग तथा समुदायबीच द्वेष र घृणा फैलाउने अश्लील गीत, संगीत, नृत्य तथा नाराको प्रयोग गर्न पनि निषेध गरिएको छ। त्यस्तै, तिहारका नाममा जुवा तथा तास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक वा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने कार्य नगर्न मन्त्रालयले सचेत गराएको छ। देउसी-भैलोका क्रममा अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा अन्य ध्वनि उपकरण प्रयोग गर्न नपाइने व्यवस्था पनि गरिएको छ। अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष ध्यान दिई शान्त वातावरण कायम राख्न मन्त्रालयले आग्रह गरेको छ। यसैगरी सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा, वातावरणीय स्वच्छता र फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने परिपत्रमा उल्लेख छ। देउसी-भैलो खेल्ने क्रममा जथाभावी फोहोर नगर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ। चाडपर्वका समयमा कुनै शंकास्पद गतिविधि, दुर्घटना वा अन्य समस्या देखिए तत्काल प्रहरीको आपतकालीन नम्बर १०० वा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको नम्बर १२३४ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ। शाखा अधिकृत आनन्द देश न्यौपानेद्वारा हस्ताक्षरित परिपत्रमार्फत मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सुरक्षा समन्वय र व्यवस्थापन मिलाउन निर्देशन दिएको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन काफ्लेको निर्देशन
Latest NewsJust now

चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन काफ्लेको निर्देशन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्... ...

रातोपाटी
२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन
Latest NewsJust now

२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन

७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मन्त्रालयले स्वेच्छिक र मर्यादित रूपमा देउसी–भैलो सञ्चालन गर्न तथा कसैलाई चन्दा वा दक्षिणा दिन बाध्य नपार्न निर्देशन दिएको छ । ...

कान्तिपुर
इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प
Latest NewsJust now

इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प

इजरायल । इजरायलका पूर्व सेना प्रमुख गादी आइजेनकोटसँग नयाँ संसदमा स्पष्ट बहुमत नभए पनि सरकार गठनका लागि केही हप्ताको समय छ । उनलाई बहुमत जुटाउन विभिन्न दलसँग गठबन्धन गर्नुपर्नेछ, तर... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play