Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

तिहारमा भाइ मसलाको आयात र मूल्य दुबै बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा भाइ मसलाको आयात र मूल्य दुबै बढ्यो
Photo / Coverage: पर्दाफास

तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसला तथा ड्राइफ्रुट्सको आयात र मूल्य दुबै बढेको छ । विशेषगरी तिहारलाई लक्षित गर्दै आयात बढाइए पनि आपूर्ति प्रभावित हुँदा बजारमा भाइमसलाको मूल्य बढेको छ । गत वर्ष प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भएको पिस्ता अहिले ३ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँसम्म पुगेको छ । कालिमाटीका व्यापारी अनुराग चौधरीका अनुसार अहिले अधिकांश ड्राइफ्रुट्सको मूल्य गत वर्षको तुलनामा बढेको छ । वस्तु हेरेर प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्म मूल्य बढेको उनले बताए । केही वस्तुको मूल्यमा भने अझ बढी वृद्धि भएको छ । कालिमाटीमा १५ वर्षदेखि व्यवसाय गर्दै आएका चौधरीले गत भदौमा रसुवामा आएको विनासकारी बाढी, दशैंका कारण भन्सार कार्यालय बन्द हुनु र त्यसपछि तिहारको माग बढ्नुले बजारमा आपूर्ति प्रभावित भएको बताए । दशैंको समयमा करिब एक साता भन्सार कार्यालय बन्द हुँदा आयात रोकिएको र खुलेलगत्तै तिहार लक्षित सामानको माग बढेकाले पर्याप्त सामान बजारमा आउन नसकेको उनको भनाइ छ । ‘पहिलाको तुलनामा मूल्य सोध्नुहुन्छ भने महँगै छ । ड्राइफ्रुट्स सबै महँगो छ । दशैंले गर्दा एक हप्ता भन्सार कार्यालय बन्द भयो । त्यसपछि खुल्नेबित्तिकै तिहार लाग्यो । सामान ढिलो आइपुग्यो । त्यसले गर्दा पनि मूल्य महँगिएको हो,’ चौधरीले भने । उनका अनुसार पिस्ताको मूल्यमा सबैभन्दा बढी वृद्धि देखिएको छ । गत वर्ष प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भएको पिस्ता अहिले ३ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँ पुगेको छ । बजारको अवस्था यस्तै रहे यसको मूल्य प्रतिकिलो ३ हजार ८०० रुपैयाँसम्म पुग्न सक्ने उनले बताए । बाढीका कारण ढुवानी प्रभावित हुँदा पनि बजारमा मूल्य बढ्न थालेको चौधरीको भनाइ छ । पछिल्लो समय केही वस्तुको मूल्यमा सामान्य कमी आए पनि समग्र मूल्यवृद्धि कायम रहेको उनले बताए । ‘हामीले पहिले पनि निश्चित नाफा राखेर बेच्ने हो, अहिले पनि त्यही नाफा राखेका छौँ । बीचमा खरिद लागत नै बढेकाले बिक्री मूल्य बढेको हो,’ उनले भने । आयात लागत, ढुवानी खर्च र बजारमा उपलब्धताका आधारमा खरिद मूल्य निर्धारण हुने भएकाले खुद्रा व्यापारीले मात्रै मूल्यवृद्धि नियन्त्रण गर्न नसक्ने उनको भनाइ छ । नेपालमा भाइटीकाका अवसरमा दाजुभाइलाई सगुनका रूपमा काजु, बदाम, किसमिस, पिस्ता, ओखरलगायतका ड्राइफ्रुट्स दिने चलन छ । स्वदेशी उत्पादनले बजारको माग धान्न नसक्ने भएकाले नेपालले भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया र थाइल्यान्डलगायतका मुलुकबाट यस्ता वस्तु आयात गर्दै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को असोजसम्म ३ अर्ब २९ करोड रुपैयाँ बराबरको १७ हजार मेट्रिक टन काजु, बदाम, हेजलनट, पिस्ता, सुपारी र नरिवललगायतका वस्तु आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९२ करोड रुपैयाँ बराबरको १६ हजार मेट्रिक टन यस्ता वस्तु आयात भएका थिए । यसअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा यी वस्तुको आयात मूल्य ३७ करोड रुपैयाँले बढेको छ भने परिमाण १ हजार मेट्रिक टनले वृद्धि भएको छ । तिहारमा भाइटीकाका लागि विशेष रूपमा प्रयोग हुने यस्ता वस्तुको माग चाडपर्वका बेला थप बढ्ने भएकाले आयातमा निर्भर नेपाली बजारमा आपूर्ति र मूल्यको चापसमेत बढ्ने गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जाजरकोटमा कोदालो प्रहारबाट एक जनाको मृत्यु
OthersJust now

जाजरकोटमा कोदालो प्रहारबाट एक जनाको मृत्यु

जुनीचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका थिए । ...

अनलाइन खबर
पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन सुरु
OthersJust now

पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन सुरु

विश्व पर्यटन क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मेला ‘वल्र्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मंगलबारदेखि बेलायतको राजधानी लन्डनस्थित एक्ससेल प्रदर्शनी केन्द्रमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने मेला नोभेम्बर ५ (बिहीबार) सम्म चल्नेछ । ‘उत्थानशीलता, पुनरुत्थान र पुनःआविष्कारः विश्वव्यापी यात्राको नयाँ युग’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस वर्षको मेलाले बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रलाई थप दिगो, सुदृढ र उत्थानशील ...

पर्दाफास
केएस भरतले एनपीएल नखेल्ने
OthersJust now

केएस भरतले एनपीएल नखेल्ने

१८ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजमा अनुबन्ध भएका भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नआउने भएका छन् । यो जानकारी काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत दिएको हो । आज काठमान्डु गोर्खाजले फेसबुकमा लेखेको छ, ‘व्यस्तताका कारण के.एस. भरत यस सिजनमा हामीसँग जोडिने छैनन् । हामी उनको उज्ज्वल भविष्यको कामना गर्दछौं… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play