Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

तिहारमा उपत्यकामा ७८ सवारी दुर्घटना, पाँच जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा उपत्यकामा ७८ सवारी दुर्घटना, पाँच जनाको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । तिहारको समयमा काठमाडौं उपत्यकामा ७८ वटा सवारी दुर्घटना भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कात्तिक २१ गतेदेखि २५ गतेसम्मको अवधिमा उक्त दुर्घटना भएका हुन् । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । उक्त अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५९५ जना र लागुऔषध सेवन गरी सवारी चलाउने १८ जना कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने कुल २ हजार २ सय २१ जनालाई कारबाही गरिएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार तिहार अवधिमा भएका सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति देखिएको छ । तीव्र गतिमा सवारीसाधन चलाउँदा चालकले नियन्त्रण गुमाउने र सवारी अनियन्त्रित भएर दुर्घटना हुने गरेको उनले बताए । उनका अनुसार तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति दुर्घटनाको प्रमुख कारणका रूपमा देखिएको छ । चाडपर्वको समयमा सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले चालकले गति नियन्त्रण गर्दै ट्राफिक नियमको पालना गर्नुपर्ने उनको भनाइ छ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि तीव्र गति, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने कार्य नियन्त्रणमा विशेष निगरानी गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भीमफेदी दुर्घटना : मृतक ११ जनाको पहिचान खुल्यो
Latest NewsJust now

भीमफेदी दुर्घटना : मृतक ११ जनाको पहिचान खुल्यो

मकवानपुर । भीमफेदीमा भएको भीषण सवारी दुर्घटनामा परी ज्यान गुमाउने चालकसहित ११ जनाको पहिचान खुलेको छ। घटनास्थलबाट उद्धार टोलीले ५ महिला (३ बालिकासहित) र ६ जना पुरुष गरी ११ जनाको शव... ...

रातोपाटी
भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]
Latest NewsJust now

भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जनाको पहिचान खुलेको छ । ...

कान्तिपुर
एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट
Latest NewsJust now

एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट

काठमाडौं। विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आज करिअरकै शानदार बलिङ गरेका छन्। उनले पोखरा एभेन्जर्सविरुद्ध आफ्नो व्यावसायिक क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गरेका हुन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले पोखराविरुद्ध चार ओभरमा २६ रन दिएर ६ विकेट लिए। सन्दीपले आफ्नो बलिङको तेस्रो ओभरमा ह्याट्रिक समेत पूरा गरे। योसँगै उनी एनपिएलमा ह्याट्रिकसहित ६ विकेट लिने पहिलो ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play