Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
Photo / Coverage: पर्दाफास

नेपालीहरूको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज (बुधवार) भाइटीका मनाइँदै छ। भाइटीका बुधवार दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यस वर्ष भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्किने र लगाइ दिने दिदीबहिनी पूर्व फर्किएर टीका लगाइदिनुपर्ने समितिले जनाएको छ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको रहेको छ । दिदीबहिनीले दाजुभाइको सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै सप्तरंगी टीका र माला लगाइदिने हुनाले यसलाई पारिवारिक सम्बन्ध बलियो बनाउने विशिष्ट पर्वका रूपमा मनाइन्छ। भाइटीकाले दाजुभाइ र दिदीबहिनीबिचको प्रेममय सम्बन्धलाई रङ्गहरूजस्तै सधैँ गाढा, ताजा र प्रज्ज्वल बनाइराख्ने विश्वास गरिन्छ। लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ। टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनमा कौडा खेल्ने १८ जना पक्राउ
OthersJust now

चितवनमा कौडा खेल्ने १८ जना पक्राउ

२५ कात्तिक, चितवन । चितवनका विभिन्न स्थानबाट कौडा खेलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका वडा नं. २७ धरमपुरबाट ७ जना ब्यक्तिलाई १६ थान कौडा र १ लाख ३३ हजार रकमसहित नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिइ… ...

अनलाइन खबर
काठमाडौं उपत्यकामा २४ घण्टामा ५१२ जना ट्राफिक नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा
OthersJust now

काठमाडौं उपत्यकामा २४ घण्टामा ५१२ जना ट्राफिक नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५१२ जना चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न कसुरमा सो संख्याका चालकहरूलाई कारबाही गरिएको हो। प्राप्त विवरणअनुसार सबैभन्दा बढी मादक पदार्थ सेवन गरी सवारी चलाउने (मा.प.से.) १३६ जना कारबाहीमा परेका छन्। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ९९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने २१ ...

पर्दाफास
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
OthersJust now

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि विभिन्न कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिको मूल्यसूचीअनुसार आज ठूलो नेपाली गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ, सानो लोकल गोलभेडा २० रुपैयाँ र टनेल गोलभेडा ४० रुपैयाँ रहेको छ। आलुतर्फ रातो लाम्चो, रातो गोलो र रातो मुडे आलु प्रतिकिलो ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

पर्दाफास
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
OthersJust now

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै,… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play