Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

तिहारका धार्मिक सांस्कृतिक पक्ष

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारका धार्मिक सांस्कृतिक पक्ष
Photo / Coverage: हिमालय टाइम्स

तिहार उत्सव अर्थबोधक शब्द हो । विशेषगरी हर्षोल्लासपूर्वक मनाइने भएकाले पनि तिहारलाई रमाइलो पर्वका रूपमा लिइन्छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ । कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक अर्थात् तिहार भनिन्छ । यमदीपदान, कागबलि, नरकचतुर्दशी स्नान, कुकुर पूजा, लक्ष्मीपूजा, गाईपूजा, गोवर्द्धनपूजा, ह्मःपूजा, भाइटीकाका शास्त्रीय विधिविधान पाइन्छन् । जो धार्मिक पक्ष हुन् । यसैगरी धनतेरस मनाउने, नेपालसंवत् नयाँवर्ष मनाउने, देउसीभैली खेल्ने, विशेष उत्सवका कार्यक्रम गरी उल्लासका कार्यक्रम गर्ने, पिङ खेल्ने आदि सांस्कृतिक पक्ष हुन् । यसैगरी मृत्युका देवता यमराज पनि आफ्नी बहिनी यमुनाकहाँ टीका लगाउन जाने भएकाले कालदण्डरूपी भयरहँदैन भन्ने धार्मिक एवं लौकिक मान्यताका आधारमा यो पर्व हर्षोल्लासपूर्वक मनाइन्छ । को हुन् यमराज ?यमसम्बद्ध विषयवस्तु नै तिहारमा रहने भएकाले यो समय यमपञ्चकका नामले पनि प्रसिद्ध छ । सूर्य र विश्वकर्मा पुत्री संज्ञाका गर्भबाट जन्मिएका यमराज दक्षिण दिशाका रक्षक अर्थात् दिक्पाल हुन् । यमुना (यमी) यमराजकी जुम्ल्याहा बहिनी हुन् । ‘गर्भे नु नौ जनिता दम्पती कद्देवस्त्वष्टा सविता विश्वरूपः ।’ (ऋग्वेद, १०/१०/५) यम शब्दको शाब्दिक अर्थ नै जुम्ल्याहा वा जोडा भन्ने हुन्छ । यमराज सूर्यदेव र उनकी पत्नी संज्ञाका पुत्र हुन् । किनभने यमराज सूर्य र संज्ञाका पुत्र हुन् भने शनिदेव सूर्य र छायाका पुत्र हुन् ।‘नीलाञ्जनसमाभासं रविपुत्रं यमाग्रजम । छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।। (नवग्रहस्तोत्रम्) । यसैगरी यमराजलाई धर्मराज पनि भनिन्छ । यिनको मुख्य काम पापीहरूलाई नरकको यातना दिएर पापबाट मुक्त गराउनु हो । यमराजको लोकलाई यमलोक भनिन्छ भने यिनले हातमा कालदण्ड लिएका हुन्छन् । कार्तिक कृष्णचतुर्दशीका दिन प्रातकालमा स्नान गर्नाले नरकको भोग गर्नुपर्दैन भन्ने शास्त्रीय मान्यता रहेको छ । यसैले यो दिनलाई नरकचतुर्दशी पनि भनिन्छ । गृहरक्षकका रूपमा पनि कुकुरको पूजा हुने गर्दछ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रिय भक्त हो । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ । काग तिहारकार्तिक कृष्णत्रयोदशीका दिन कागको पूजा गरिन्छ । कागलाई यमराजको दूतका रूपमा लिइन्छ । यसैले यमप्रीतिका निम्ति यमपञ्चकको पहिलो दिन कागको पूजा हुने गर्दछ । विशेषगरी उदयव्यापिनी त्रयोदशीमा काकबलिदान गर्नू भनी कृत्यवाटिकामा उल्लेख गरिएको छ । यसैगरी निम्न मन्त्रले कागलाई अन्नादिको वस्तु अर्पण गर्ने विधान पनि पाइन्छ :‘ऐन्द्रवारुणवायव्या याम्या वै नैर्ऋतास्तथा । वायसा प्रतिगृह्णन्तु भूमावन्नं मयार्पितम् ।।’ (कृत्यवाटिका, पृ.१२४) कागको पूजा गर्नुका विभिन्न कारण छन् । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् । काग तिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ । यसमा धनतेरसमा धन द्रव्य जम्मा गर्ने संस्कृतिक परम्परा पनि रहिआएको छ । असर्फी सुन चाँदी लगायतका वस्तु किन्ने राख्ने, पूजा गर्ने परम्परा पनि चलिआएको पाइन्छ । नरकचतुर्दशी वा कुकुर तिहारकार्तिक कृष्णचतुर्दशीका दिन प्रातकालमा स्नान गर्नाले नरकको भोग गर्नु पर्दैन भन्ने शास्त्रीय मान्यता रहेको छ । यसैले यो दिनलाई नरकचतुर्दशी पनि भनिन्छ । गृहरक्षकका रूपमा पनि कुकुरको पूजा हुने गर्दछ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रिय भक्त हो । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ । यसैले कुकुर तिहारका दिन कुकुरलाई मन पर्ने खाना खुवाई फूल माला लगाएर कुकुरको पूजा गर्ने परम्परा पनि चलिएको छ । लक्ष्मी पूजाकार्तिक कृष्णपक्षको प्रदोषव्यापिनी औँशीको सायङ्कालमा दीपदान र मध्यरात्रिव्यापिनी (मध्यरात औँसी जुन दिनपर्छ उक्त दिन) महालक्ष्मी भगवतीको उपासना हुने गर्दछ । सम्पूर्ण देवताको अंगबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवीलाई महालक्ष्मी भनिन्छ । जसलाई त्रिगुणमयी प्रकृतिको नामले पनि पुकारिन्छ । विशेषतः भगवती लक्ष्मीका आठ रूप रहेका छन् । १) आद्य लक्ष्मीआद्य लक्ष्मी महालक्ष्मी हुन् । यिनको पहिलो अवतार भृगु ऋषिकी छोरीको रूपमा भएको थियो । २) धनलक्ष्मीधन र वैभवबाट परिपूर्ण गर्ने लक्ष्मीको एक रूप धन लक्ष्मीको हो । भगवान् विष्णुले पनि एकपटक कुबेरसँग धन उधारो लिनुपरको थियो । उक्त समयमा धनलक्ष्मीले नै उक्त ऋणबाट मुक्त गराएको कथा पाइन्छ । ३) धान्यलक्ष्मीअन्नकी देवीलाई धान्यलक्ष्मी भनिन्छ । अन्न अनाजबाट प्राप्त हुने धनकी देवी धान्यदेवी हुन् । अन्नादि वस्तुको कल्याण गर्ने देवीका रूपमा धान्यदेवीलाई पूजा गरिन्छ । ४) गजलक्ष्मीपशु धनकी देवी गजलक्ष्मी हुन् । गजलक्ष्मीले भगवान् इन्द्रलाई सागरको गहिराइबाट धन झिक्न धनलक्ष्मीले मद्दत गरेको कथा पाइन्छ । पशु धनकी देवीको रूपमा गजलक्ष्मीको पूजा आराधना गरिन्छ । ५) सन्तानलक्ष्मीसन्तनको रक्षा गर्ने देवी सन्तान लक्ष्मी हुन् । सन्तानलाई पनि धन मानिन्छ । विशेषतः यिनी बाल बच्चाकी देवी हुन् । आयु प्रदान गर्ने देवीका रूपमा पनि यिनको आराधना गरिन्छ । दुई घोडा, एक तरवार, एउटा ढाल, दुई घडा र दुई हात अभय मुद्रा प्रदान गर्ने लक्ष्मीको काखमा एक बच्चा रहेको पाइन्छ । ६) वीरालक्ष्मीयुद्धमा शक्ति प्रदान गर्ने देवी वीरा लक्ष्मी हुन् । शक्ति रूपी धनकी देवीका रूपमा पनि यिनको उपासना हुने गर्दछ । वीरता प्राप्तिका निम्ति पनि यिनको उपासना हुने गर्दछ । तिहार धार्मिक एवं सांस्कृतिक दुवै पक्षले युक्त नेपालीको उत्कृष्ट चाड हो । यमदीपदान, काग पूजा, नरकचतुर्दशीस्नान, कुकुर पूजा, लक्ष्मीपूजा, म्ह पूजा, भाइटीका यअन्तर्गतका मुख्य शास्त्रीय विधिविधान हुन् । यमसम्बद्ध पाँचदिन भएकाले पनि यो समयलाई यमपञ्चक भनिन्छ । यसैगरी यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । ७) विजयालक्ष्मी वा जायालक्ष्मीविजयाको अर्थ जित हो । विजया लक्ष्मी जितकी प्रतीक हुन् । जसलाई जाया लक्ष्मी पनि भनिन्छ । रातो वस्त्र लगाएकी, कमलको आसमा विराजमान हातमा हतियार धारण गरेकी विजया लक्ष्मीको स्वरूप बताइएको छ । ८) विद्यालक्ष्मीविद्याकी देवीलाई विद्यालक्ष्मी भनिन्छ । ज्ञान, कला, साहित्य एवं संगीतकी देवी साक्षत् सरस्वती हुन् । कमलमा बसेकी, चारहात भएकी, सेतो वस्त्र धारण गर्ने, दुई हातमा कमल र दुई हात वर मुद्रा प्रदान गर्ने देवीको स्वरूप बताइएको छ । सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्णऔंसीका दिन माता लक्ष्मीको विशेषरूपमा पूजा र अर्चना गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्ने चलन रहेको छ । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख-सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्ने चलन रहेको छ । यसपर्वलाई दीपावलीका रूपमा थप विशेष मनाइन्छ । लक्ष्मीपूजाका दिा रात्रिमा भैली खेल्ने हाम्रो सांस्कृतिक पाटो हो । यसैगरी मीठामीठा परिकार बनाएर देवी देवतलाई भोग लगाई प्रसाद खाने, विशेषतः सेलरोटी खाने परम्परा सांस्कृतिक रूपमा चलिआएका पाइन्छन् । गाईतिहारप्रतिपदाव्यपिनी औँसीमा गाईको पूजा हुने गर्दछ । ‘प्रतिपद्दर्शसंयोगे पूजयन्तु गवां मतम् । परविद्धेषु यः कर्यात्पुत्रदारधनक्षयः ।। (कृत्यवाटिका, पृ.१२७) । गार्ईलाई लक्ष्मीकै प्रतिरूप मानिन्छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर–कोठा–चोटा पवित्र तुल्याउने संस्कार छ । गाईका प्रत्येक अङ्गमा देवताको निवास रहेको हुन्छ । गोबर्द्धनपूजाकार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धनपर्वतको पूजा गरिन्छ । श्रीमद्भागवत्को कथाअनुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । श्रीकृष्ण भगवान् गोकुलमा गोपालहरूसँग बस्ने गर्नुहुन्थ्यो । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्र गोपालसँग रुष्ट थिए । भगवान् श्रीकृष्णले गोकुलवासीलाई केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी, दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भनी गोवर्धन पर्वतको पूजागराउन थाल्नुभयो । यस्तोदेखी इन्द्र रुष्ट भए र वज्र प्रहार गरी घनधोर वर्षा गराए । यसपछि भगवान् श्रीकृष्णले उक्त गोबर्द्धन पर्वतलाई हातले उचालेर सोही पर्वतको आडमा गोकुलवासीलाई राखी उक्त वर्षाबाट बचाउनुभयो । यस्तो देखी इन्द्रको घमण्ड चूर्ण भयो । यसपछि इन्द्रले पनि भगवान्समक्ष क्षमा याचना गरी नियमित वर्षा गराउन थाले, गोकुलवासीलाई कल्याण गर्न लागे । सोही समयबाट गोवर्द्धन पर्वतको पूजा गरिन्छ । यसैदिन नेवारी समुदायमा म्हपूजा गर्ने चलन पनि रहेको छ । यसै दिनबाट नेपालसम्वत्को नयाँ वर्ष पनि आरम्भ हुने गर्दछ । भाइतिहारकार्तिक शुक्ल द्वितीयाका दिन दाजुभइको पूजा गरी भाइटीका पर्व मनाइन्छ । दीप, कलश, गणेशजीको पूजाका साथै अष्टचिरञ्जीवीको पूजा, यम यमुना पूजाका गरी दाजुभाइको दीर्घ आयु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै भाइटीका पर्व मनाइन्छ । ओखरलाई यमराजको प्रतीक मानेर ढोकामा फोडिन्छ । बिमिरोलाई यमुनाको प्रतीक मानी पूजा गरिन्छ । यसका साथै कहिल्यै नसुक्ने तेलको घेरा लगाई दीर्घायुको कामना यस पर्वअन्तर्गत हुने गर्दछ । परापूर्वकालमा बहिनी यमुनाले यसैदिन दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व रहेको पाइन्छ । यसै सन्दर्भमा देउसी खेल्ने परम्परा पनि चलिआएको छ । तिहार धार्मिक एवं सांस्कृतिक दुवै पक्षले युक्त नेपालीको उत्कृष्ट चाड हो । यमदीपदान, काग पूजा, नरकचतुर्दशीस्नान, कुकुर पूजा, लक्ष्मीपूजा, म्ह पूजा, भाइटीका यअन्तर्गतका मुख्य शास्त्रीय विधिविधान हुन् । यमसम्बद्ध पाँचदिन भएकाले पनि यो समयलाई यमपञ्चक भनिन्छ । यसैगरी यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । यसैगरी तिहारका गीत गाउने र संगीतिक एवं सांस्कृतिक रूपमा मनाउने चलन पनि चलिआएको छ । भैलो, देउसी खेली शुभकामना आदानप्रदान गर्ने, देउसीमै पौराणिक आख्यान भट्टयाउने चलन पनि परापूर्वकालदेखि चलिआएको छ । धार्मिक एवं सांस्कृतिक दुवै पक्षको संगमयमपञ्चक तिहारको यहाँलाई हार्दिक मंगलमय शुभकामना ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘डम्फु सेलो शतक यात्रा’ लोकार्पण
Latest NewsJust now

‘डम्फु सेलो शतक यात्रा’ लोकार्पण

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २१ गते । पत्रकार एवं लेखक सुशीला तामाङको अध्ययन अनुसन्धानमा तयार गरिएको पुस्तक ‘डम्फु सेलो शतक यात्रा’ लोकार्पण भएको छ । पूर्वमन्त्री परशुराम... ...

गोरखापत्र
यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६... ...

रातोपाटी
थापा अब चलचित्र निर्माणमा
Latest NewsJust now

थापा अब चलचित्र निर्माणमा

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २१ गते । पेसाले व्यवसायी तर कला र चलचित्र क्षेत्रमा समेत आफ्नो रुचि र सिर्जनशीलतालाई अघि बढाइरहेका कलाकार मदन थापा पछिल्लो समय चलचित्र निर्माण... ...

गोरखापत्र
विश्वकप छनोट : नेपालले पहिलो खेल इटालीसँग खेल्ने
Latest NewsJust now

विश्वकप छनोट : नेपालले पहिलो खेल इटालीसँग खेल्ने

काठमाडौं । नेपालले आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनाेट २०२७ को पहिलो खेलमा इटालीविरुद्ध खेल्ने भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै नेपालले इटालीसँगको भेट पक्का गरेको हो । इटाली त्यही राष्ट्र हो, जसले नेपाललाई गत फेब्रुअरीमा सम्पन्न आईसीसी टी–२० विश्वकप २०२६ मा हराएको थियो । समूह ‘सी’ अन्र्तगत भएको यो खेलमा इटालीले नेपाललाई १० विकेटले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play