Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

तालिबानको कान्दहारमा रेडियोबाट क्रिकेट समाचार प्रसारण गर्न प्रतिबन्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
तालिबानको कान्दहारमा रेडियोबाट क्रिकेट समाचार प्रसारण गर्न प्रतिबन्ध
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । अफगानिस्तानको कान्दहारमा तालिबान सरकारले रेडियोमार्फत क्रिकेटसम्बन्धी कुनै पनि सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । मिडिया रिपोर्टका अनुसार कान्दहारको सूचना तथा संस्कृति विभागले शनिबार रेडियो सञ्चालकहरूलाई क्रिकेटका समाचार, खेलको प्रत्यक्ष विवरण र जितसम्बन्धी समाचार प्रसारण नगर्न निर्देशन दिएको हो । तालिबान नेता मुल्ला हैबतुल्लाह अखुन्दजादाको गृहक्षेत्र कान्दहारमा लगाइएको प्रतिबन्धको कारण भने खुलाइएको छैन । यसअघि तालिबान सरकारले क्रिकेटलाई समर्थन गर्दै आएको थियो । अफगानिस्तानको पुरुष क्रिकेट टोली संयुक्त अरब इमिरेट्सको सारजाहमा जिम्बाब्वेविरुद्ध दोस्रो टेस्ट खेलिरहेका बेला प्रतिबन्ध लगाइएको हो । तालिबान सरकारले यसअघि केही मार्सल आर्टसहित खेल गतिविधिमा प्रतिबन्ध लगाएको थियो । अफगानिस्तानमा पुरुषलाई क्रिकेट खेल्न अनुमति रहे पनि महिला तथा किशोरीलाई खेलकुदमा सहभागी हुन र खेलकुद क्लब जान रोक लगाइएको छ । The post तालिबानको कान्दहारमा रेडियोबाट क्रिकेट समाचार प्रसारण गर्न प्रतिबन्ध appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो, पाँच विषयमा सुधार गर्न सुझाव
Latest NewsJust now

यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो, पाँच विषयमा सुधार गर्न सुझाव

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधार गर्नुपर्ने सरोकारवालाहरूले औंल्याएका छन् । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इक्वालिटी नाउले सोमबार संयुक्त रूपमा आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा विधेयकका विभिन्न प्रावधान अपुरो रहेको भन्दै पाँच विषयमा संशोधनका लागि सुझाव प्रस्तुत गरिएको हो । कार्यक्रममा यौन हिंसासम्बन्धी वकालत पत्र प्रस्तुत गर्दै एफडब्लुएलडीकी अधिवक्ता ...

हिमालय टाइम्स
सरकार प्रतिशोध र अधिनायकवादतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको आरोप
Latest NewsJust now

सरकार प्रतिशोध र अधिनायकवादतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको आरोप

काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाएका छन् । उनले सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानूनी शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सोमबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई नेपालको ...

टक्सार
सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा
Latest NewsJust now

सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन […] ...

लोकपथ
नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल
Latest NewsJust now

नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल

काठमाडौं।नेपालका लागि नव नियुक्त भारतीय राजदूत नवीन श्रीधर दलेलाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने उपायबारे पनि दुवै पक्षबीच विचार आदानप्रदान ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play