Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

ताप्लेजुङको टिपताला नाका सञ्चालन गर्न ओलाङ्चुङगोलावासीको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
ताप्लेजुङको टिपताला  नाका सञ्चालन गर्न ओलाङ्चुङगोलावासीको माग
Photo / Coverage: केन्द्रबिन्दु

ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका स्थानीयवासीले टिपताला नाका सञ्चालन तथा सीमापास परिचयपत्र प्राप्ति र नवीकरणमा सहजीकरण गर्न सरकारसँग माग गरेका छन् । ओलाङ्चुङगोला पुगेका जिल्ला सुरक्षा अधिकारीहरूसँगको छलफलका क्रममा स्थानीयवासीले नाका सञ्चालन, अन्तरदेशीय सामानको आयात–निर्यात तथा सीमापास परिचयपत्रसम्बन्धी प्रक्रिया सहज बनाउन ध्यानाकर्षण गराएका हुन् । वडाध्यक्ष छेतेन वालुङ शेर्पाको समन्वयमा सुरक्षा अधिकारीहरूको टोलीले स्थानीयवासीसँग छलफल गरेको थियो । स्थानीयवासीले ओलाङ्चुङगोलादेखि ताप्लेजुङ सदरमुकाम फुङ्लिङ जोड्ने सडक निर्माण सम्पन्न गरी टिपताला नाका तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल, भारत र चीनलाई जोड्ने रणनीतिक महत्त्वको तमोर करिडोरअन्तर्गत सुभाङखोला–दोभान–ओलाङ्चुङगोला सडक निर्माण कार्य चाँडो सम्पन्न गर्न पनि उनीहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । ओलाङ्चुङगोलामा उत्पादन हुने दुग्धजन्य वस्तु तथा जडीबुटी चीन निर्यात गर्ने र तिब्बतबाट खाद्यान्नलगायत आवश्यक सामग्री आयात गर्ने वातावरण बनाउन सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको स्थानीय नुपु शेर्पाले बताए । त्यस्तै, स्थानीयवासीले सीमापास परिचयपत्रको नवीकरण अवधि पाँच वर्ष कायम गर्नसमेत माग गरेका छन् । स्थानीयका मागबारे प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले आफ्नो क्षेत्राधिकारभित्र पर्ने समस्याहरू तत्काल सम्बोधन गर्ने र माथिल्लो निकायबाट निर्णय हुनुपर्ने विषय सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता गरे । सीमा सुरक्षालगायतका विषयमा जानकारी लिनेलगायतका कामका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा अधिकारीहरूको टोली ओलाङ्चुङगोला पुगेको थियो । कोभिड महामारी सुरु भएयता यहाँका बासिन्दाले स्थानीय उत्पादन चीन निर्यात गर्न पाएका छैनन् । त्यसैगरी, चीनबाट खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री आयात गर्ने प्रक्रिया पनि अवरुद्ध छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सम्झौताको समय सकिएको एक वर्ष बित्दा पनि मुग्लिन–मलेखु सडकको काम ४८ प्रतिशत मात्रै
Latest NewsJust now

सम्झौताको समय सकिएको एक वर्ष बित्दा पनि मुग्लिन–मलेखु सडकको काम ४८ प्रतिशत मात्रै

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डको तेस्रो प्याकेजअन्तर्गत मुग्लिन–मलेखु सडकको सम्झौता अवधि सकिएको एक वर्ष पुग्दासमेत आधा काम हुन सकेको छैन । गत पुस १५ गते सम्पन्न गर्नेगरी तीन वर्षअघि अर्थात्... ...

रातोपाटी
सशस्त्र मुख्यालयले मातहत इकाईहरुको निरीक्षण गर्न केन्द्रीय निरीक्षण टोली खटाउने, यस्ता छन् दिइएका अधिकार
Latest NewsJust now

सशस्त्र मुख्यालयले मातहत इकाईहरुको निरीक्षण गर्न केन्द्रीय निरीक्षण टोली खटाउने, यस्ता छन् दिइएका अधिकार

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मातहतका इकाईहरुको निरीक्षण एवं उत्कृष्ट इकाईहरूको छनौट तथा योग्यताक्रम निर्धारणका लागि प्रधान कार्यालयबाटै टोली खटाउने भएको छ । केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाईहरूको छनौट तथा योग्यताक्रम निर्धारणसम्बन्धी स्थायी आदेश २०८० (तेस्रो संशोधन) बमोजिम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले केन्द्रीय निरीक्षण टोली खटाउन लागेको हो । सशस्त्र प्रहरीका सहप्रवक्ता […] ...

लोकपथ
गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता
Latest NewsJust now

गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता

• भोटेकोशीमा आएको बाढीले श्रीमान् गुमाएकी सुत्केरी महिलाका लागि नेपाल सरकारले दीर्घकालीन स्याहार तथा संरक्षण कार्यक्रम सुरु गरेको छ। • महिलाको खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गरिएको छ र नवजात शिशुले १८ वर्षसम्म मासिक सहायता प्राप्त गर्ने व्यवस्था गरिएको छ। • राष्ट्रिय बाल अधिकार परिषद् र अन्य संस्थासँगको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका र सुत्केरी महिलालाई विशेष ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement