Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

तातोपानी नाका खुलाउन चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
तातोपानी नाका खुलाउन चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ का निवर्तमान सांसद माधव सापकोटाको समन्वयमा बिहीबार नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा आयोजित छलफलमा बागमती प्रदेशका मन्त्री, परराष्ट्रविद्, स्थानीय जनप्रतिनिधि तथा व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको तातोपानी नाका लामो समयदेखि आंशिक रूपमा मात्र सञ्चालन हुँदा व्यवसायी र स्थानीय नागरिक मर्कामा परेको बताएका थिए। उनीहरूले नाका पूर्ण रूपमा खुलाउन संघीय सरकारको तर्फबाट पर्याप्त कूटनीतिक चासो नदेखिएको गुनासो गर्दै तत्काल उच्चस्तरीय कूटनीतिक पहल थाल्नुपर्नेमा जोड दिएका हुन्। अन्तरक्रियामा निवर्तमान सांसद माधव सापकोटा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परराष्ट्र सल्लाहकार एवं परराष्ट्रविद् डा. रूपक सापकोटाले आफूहरूले चिनियाँ राजनीतिक नेतृत्वसँग तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्ने विषयमा चीनमा भेटवार्ता गरेर फर्किएको जानकारी गराएका थिए। नेकपाका नेता सापकोटाले चिनियाँ नेतृत्वसँगको छलफलमा नाका पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा उठाइएको बताए। चिनियाँ पक्षले यस विषयलाइ गम्भीरतापूर्वक लिएर तातोपानी नाका पूर्ण रूपमा सुचारु गर्ने विषयमा सकारात्मक रहेको जानकारी दिएको उनको भनाइ थियो। चीनले स‌भावित बाढी र हिमताल विस्फोटको सुरक्षा जोखिमका साथै नाका नजिकैको ‘इको पहिरो’ का कारण पटक–पटक सडक अवरुद्ध हुने समस्याप्रति नेपालको धारणा समेतमा चासो व्यक्त गर्ने गरेको छ। छलफलका क्रममा भोटेकोशी बाढीपछि सीमा क्षेत्रका बस्ती र पूर्वाधारहरू जोखिमयुक्त छन् भन्ने सन्देश प्रवाह भएकाले त्यसलाई उचित समाधान खोज्दै विपद् व्यवस्थापन र भौतिक पूर्वाधार सुधारमा ठोस काम गर्नुपर्ने विषयमा समेत विचार आदानप्रदान भएको थियो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहायत्री पौडेलले प्रदेशभित्रका हिमनदीबाट मुहान भई बग्ने नदी किनारका बस्तीहरूको सुरक्षाका लागि प्रदेश सरकारले छिट्टै अत्याधुनिक पूर्वसूचना प्रणाली जडान गर्न लागेको जानकारी गराए। भोटेकोशी बाढीले निम्त्याएको जस्तो विपत्ति भविष्यमा नदोहोरियोस् र नदी किनारका बस्तीका बासिन्दा त्रासैत्रासमा बाँच्नु नपरोस् भनेर प्रदेश सरकार संवेदनशील भएर काम गरिरहेको उनको भनाइ थियो। नेपाल–चीन मामिलाका विज्ञ समेत रहेका परराष्ट्रविद डा. सापकोटाले तातोपानी नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि उच्चस्तरीय कूटनीतिक पहलका साथ दुई देशबीच आपसी विश्वास बढाउन आवश्यक रहेको बताएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिँगारिँदै मधेसका छठघाट, सरसफाइ र सजावटमा जुटे स्थानीय (तस्बिरहरु)
Latest NewsJust now

सिँगारिँदै मधेसका छठघाट, सरसफाइ र सजावटमा जुटे स्थानीय (तस्बिरहरु)

सिराहा । आस्थाको महापर्व छठ नजिकिँदा मधेसका विभिन्न नदी, नाला, तलाउ तथा पोखरीका किनारमा सरसफाइ र छठघाट सजाउने काम तीव्र बनेको छ । छठपर्वलाई भव्य र व्यवस्थित रूपमा मनाउन स्थानीयवासी, युवा... ...

रातोपाटी
डिजिटल विभाजन घटाउन नेपालको पहल
Latest NewsJust now

डिजिटल विभाजन घटाउन नेपालको पहल

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को महासम्मेलन (आइटियु पिपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन्। कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी ...

नेपालन्युज
बैंकिङ क्षेत्रको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले खिच्दैछ २ खर्ब
Latest NewsJust now

बैंकिङ क्षेत्रको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले खिच्दैछ २ खर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले दुई खर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम २० दिनका लागि खिच्न लागेको हो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी कात्तिक २७ गते दुई खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने जनाएको छ । […] ...

लोकपथ
काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै
Latest NewsJust now

काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै

पहिलो खेल साढे १२ बजेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play