Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्छः सांसद पराजुली

Share:WhatsAppFacebookX (Twitter)Telegram
तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्छः सांसद पराजुली
Photo / Coverage: टक्सार

काठमाडाैँ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले नेपाल–चीनबिचको ऐतिहासिक व्यापारिक नाका तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताएका छन् । २०४७ सालको राजनीतिक परिवर्तनपछि विशेषगरी तातोपानी नाकाको विषय ओझेलमा पर्दै गएको बताउँदै अब विशेष पहल गरेर पूर्ववत अवस्थामा फर्काउनुपर्ने बताएका हुन् । चीन सरकारले नाकाहरूमा आधुनिक संरचना निर्माण तथा स्मार्ट सिटी विकासको काम अघि बढाइरहेको भएपनि नेपालतर्फ भने अन्य नाकाहरूको तुलनामा तातोपानीले पर्याप्त प्राथमिकता नपाएको आफूले महशुस गरेको पराजुलीले बताए । चीनले यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गरी अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने तयारी गरिरहँदा नेपालतर्फ खासै प्रगति हुन नसक्नु दुखद भएको उनको भनाइ छ । आफू अहिले सत्तारूढ दलको सांसद र आफ्नै नेतृत्वको सरकार भएकाले तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन आफ्नो तर्फबाट आवश्यक सबै पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । तातोपानी नाकाको स्थलगत अवस्थाबारे बताउँदै पराजुलीले चीनतर्फ निर्माण भएका संरचनाहरू सुरक्षित र व्यवस्थित देखिए पनि नेपालतर्फ भने सडक अवरुद्ध हुने, पहिरो जाने र बस्ती जोखिममा पर्ने जस्ता समस्या कायम रहेको र अब यसको दीर्घकालिन समस्या समाधानमा लाग्नुपर्ने बताए । ऐतिहासिक महत्व बोकेको तातोपानी नाका नेपाल–चीनबीचको सम्बन्ध र व्यापारिक सम्पर्कको महत्वपूर्ण माध्यम भएको बताउँदै उनले यसको नियमित सञ्चालनका लागि कुटनीतिक पहल आवश्यक रहेको पराजुलीले बताए । उनकाअनुसार नाका प्रभावकारी रूपमा सञ्चालनमा आउन सके नेपालको वैदेशिक व्यापार विस्तार हुनुका साथै व्यापार घाटा न्युनिकरणमा समेत सहयोग पुग्नेछ । तातोपानी नाकाको ऐतिहासिक महत्त्व, स्थानीयको जीविकोपार्जन र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदानलाई ध्यानमा राख्दै सरकारले पूर्वाधार निर्माण, सडकको स्थायी समाधान र चीनसँगको कुटनीतिक संवादलाई तिब्रता दिनुपर्ने सांसद पराजुलीको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
Latest NewsJust now

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री... ...

रातोपाटी
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
Latest NewsJust now

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग सङ्कलन भइरहेको छ । कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ पुगेको छ ...

केन्द्रबिन्दु
मुक्कुमलुङमा केबलकार आयोजना खारेज गर्न माग
Latest NewsJust now

मुक्कुमलुङमा केबलकार आयोजना खारेज गर्न माग

काठमाडौं । ताप्लेजुङस्थित मुक्कुमलुङमा प्रस्तावित पाथिभरा देवी दर्शन केबलकार निर्माण आयोजना खारेज गर्न माग गर्दै मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरेको छ । मुक्कुमलुङ ताइसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण... ...

रातोपाटी
यस्तो छ एमालेको स्थानीय निर्वाचनसम्बन्धी प्रस्तावित कार्ययोजना
Latest NewsJust now

यस्तो छ एमालेको स्थानीय निर्वाचनसम्बन्धी प्रस्तावित कार्ययोजना

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १३ बुँदे निर्वाचन तयारीसम्बन्धी कार्ययोजना प्रस्ताव गरेको छ । पार्टीलाई बलियो, व्यवस्थित र जनमुखी शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित केन्द्रीय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play