काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको आज भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको छ । शुरुवातमै केही विकेट गुमाएर दबाबमा आएको कर्णालीको इनिङ्सलाई हुसैन तलातले उत्कृष्ट ब्याटिङ गर्दै उकासेका छन्। उनले नट आउट रहँदै ३३ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। त्यस्तै, गुलशन झाले पनि अन्त्यतिर विस्फोटक ब्याटिङ गर्दै मात्र ६ बलमा १ चौका र २ छक्कासहित १८ रन जाेडे भने आरिफुल इस्लामले १५ बलमा ३५ रन बनाएका थिए। चितवन राइनोजका तर्फबाट बलिङमा कमल ऐरी, सलाहउद्दीन खान र उसमा मिरले समान २/२ विकेट लिए भने सिकन्दर राजा र रिजन ढकालले १/१ विकेट हात पारे।
तलातको अर्धशतकमा कर्णालीले चितवनलाई दियाे १५४ रनको लक्ष्य

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






