Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

तराईमा तिहार : सरसफाइ, झिलिमिली र लक्ष्मीपूजाको दिन रातभर जाग्राम बस्ने परम्परा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तराईमा तिहार : सरसफाइ, झिलिमिली र लक्ष्मीपूजाको दिन रातभर जाग्राम बस्ने परम्परा
Photo / Coverage: पर्दाफास

तराई–मधेस क्षेत्रमा तिहार अर्थात् दीपावली मनाउने परम्परा पहाडी तथा उपत्यकाका क्षेत्रको तुलनामा केही फरक र विशिष्ट छ । घरआँगनको विशेष सरसफाइ, माटोका दियो बालेर उज्यालो बनाउने, रातभर जाग्राम बसेर लक्ष्मीको पूजा गर्ने र भाइटीकालाई ‘भरद्वितीया’ का रूपमा मनाउने परम्पराले तराईको तिहारलाई सांस्कृतिक रूपमा अलग पहिचान दिएको छ । संस्कृतिविद् शितल महत्तोका अनुसार तराई–मधेसमा तिहारलाई विशेषगरी दीपावलीका रूपमा मनाइन्छ । यस अवसरमा घर, आँगनदेखि टोल र छिमेकसम्म सरसफाइ गरी झिलिमिली बनाउने चलन छ । धनधान्यकी देवी लक्ष्मीको स्वागतका लागि घरको प्रत्येक कुनासम्म सफा गर्ने र उज्यालो पार्ने परम्परालाई विशेष महत्त्व दिइन्छ । पहाडी तथा उपत्यकाका क्षेत्रमा पनि दीपावलीमा घर सजाउने र लक्ष्मीपूजा गर्ने चलन रहे पनि तराईमा सरसफाइ र उज्यालोको तयारीलाई अझ विशेष प्राथमिकता दिने गरिएको छ । संस्कृतिविद् महत्तोका अनुसार तराई–मधेसमा तिहार मनाउने मूल परम्परा अन्य क्षेत्रसँग मिल्दोजुल्दो भए पनि सरसफाइ, झिलिमिली र लक्ष्मीपूजाको विधिमा केही विशिष्टता छन् । ‘तराई मधेसमा तिहार यहाँकै जस्तै हो, तर अलिकति बढी सरसफाइदेखि लिएर झिलिमिली बढी जोड दिने गरिन्छ,’ उनले भने । उनका अनुसार तराईमा लक्ष्मीपूजाका दिन बिहानैदेखि धनधान्यकी देवी लक्ष्मीको आराधना सुरु हुन्छ । श्रद्धालुहरू दिनभरि निर्जल व्रत बसेर पूजा गर्छन् र रातभर जाग्राम बस्ने परम्परा छ । भोलिपल्ट मात्रै भोजन गर्ने र लक्ष्मीलाई चढाइएको लड्डुलगायत प्रसाद समाजका अन्य व्यक्तिलाई समेत बाँड्ने चलन छ । पहाडी क्षेत्रमा पनि लक्ष्मीपूजा गरिन्छ तर रातभर जाग्राम बस्ने र निर्जल व्रत गर्ने परम्परा तुलनात्मक रूपमा कम देखिने महत्तो बताउँछन् । तराईको दीपावलीसँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष माटोका दियो हुन् । विगतमा स्थानीय कुमाल समुदायले बनाएका माटाका दियोमा तेल भरेर घरआँगन, छत र वरपरका स्थान उज्यालो पार्ने गरिन्थ्यो। यसले दीपावलीलाई प्रकृति, स्थानीय सीप र परम्परागत पेसासँग समेत जोडेको थियो। माटाका दियो बनाउने र बिक्री गर्ने कामबाट कुम्हाल समुदायले आम्दानीसमेत गर्दै आएको थियो। तर पछिल्लो समय विद्युतीय बत्ती र आधुनिक सजावटको प्रयोग बढेसँगै माटाका दियोको प्रयोग घट्दै गएको छ । यसले परम्परागत रूपमा माटाका भाँडा तथा दियो बनाउँदै आएका कुमाल समुदायको पेसा पनि ओझेलमा पर्दै गएको महत्तोको भनाइ छ । ‘पहिला माटोको दियोहरू बनाएर त्यसमा तेल राखेर चारैतिर झिलिमिली पाथ्र्यो । अहिले विद्युतीय झिलिमिली आएपछि त्यसको प्रयोग घटेको छ। यसले माटोको दियो बनाउने कुम्हाल समुदायको परम्परागत पेसा पनि बिस्तारै ओझेलमा पर्दै गएको छ,’ उनले भने । तराईमा तिहारको अर्को विशिष्ट परम्परा भाइटीका अर्थात् भरद्वितीया हो। पहाडी क्षेत्रमा भाइटीका भनेर चिनिने यस पर्वलाई तराई–मधेसमा भरद्वितीया भन्ने गरिन्छ। यस दिन दाजुभाइ दिदीबहिनीको घरमा कोसेली तथा लत्ताकपडा लिएर पुग्ने चलन छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायु र सुखसमृद्धिको कामना गर्छन् । परम्परागत रूपमा भाइलाई माटोले लिपपोत गरिएको पिँढीमा बसाएर पूजा गर्ने चलन थियो । त्यस अवसरमा दिदीबहिनीले भाइको पूजा गरेपछि भाइले आफ्नो आर्थिक हैसियतअनुसार दक्षिणा दिने परम्परा थियो । तर आधुनिक जीवनशैली र समयक्रमसँगै माटोले लिपिएको पिँढीमा बसाएर पूजा गर्ने तथा परम्परागत अर्पणका विधिहरू क्रमशः हराउँदै गएका छन् । ‘भरद्वितीयामा भाइले दिदी या बहिनीकहाँ कोसेली लिएर, लत्ताकपडा लिएर जान्छन्। पहिला माटोले लिपपोत गरेर बनाइएको पिँढीमा बसाएर भाइलाई पूजा गर्ने चलन थियो । माटोले लिपपोत गरेर बनाइएको पिँढीमा बस्ने परम्परा अहिले बिस्तारै हराउँदै गएको छ,’ महत्तोले भने । तराई–मधेसमा तिहार केवल धार्मिक अनुष्ठानमा सीमित छैन। यसले स्थानीय लोकसंस्कृति, परम्परागत सीप र सामाजिक सम्बन्धलाई समेत जीवन्त राख्दै आएको छ । लक्ष्मीपूजाका अवसरमा धनधान्यसम्बन्धी लोकगीत र भाका गाउने चलन पनि छ । बिहानैदेखि लक्ष्मीको आराधनासँगै यस्ता लोकभाका गुन्जिने गर्छन् । यसले धार्मिक आस्थासँगै मौलिक सांस्कृतिक परम्परालाई नयाँ पुस्तासम्म पु¥याउन सहयोग गरिरहेको महत्तो बताउँछन् । यद्यपि आधुनिक विद्युतीय सजावटले तिहारलाई थप आकर्षक बनाए पनि यसले खर्च बढाएको र परम्परागत अभ्यासलाई विस्थापित गर्दै लगेको उनको बुझाइ छ । माटाका दियोको सट्टा विद्युतीय बत्तीको प्रयोग बढ्नु त्यसैको उदाहरण हो। परम्परागत सीप र स्थानीय उत्पादनको संरक्षण गर्दै आधुनिकतासँगै मौलिकता जोगाउनु आवश्यक रहेको उनको भनाइ छ । ‘लक्ष्मीको बास हुने भएकाले घरआँगन, टोल र छिमेक सबै उज्यालो बनाउनुपर्छ भन्ने मान्यता छ । तर पछिल्लो समय झिलिमिलीका नाममा खर्च र आडम्बर पनि बढेको हो कि भन्ने लाग्छ । तैपनि सरसफाइ र स्वच्छ वातावरण सिर्जना गर्ने कुरालाई तराईमा विशेष प्राथमिकता दिइन्छ,’ उनले भने । यसरी हेर्दा तराई–मधेसको तिहारमा लक्ष्मीपूजाको धार्मिक आस्था, रातभर जाग्राम बस्ने परम्परा, माटोका दियोको सांस्कृतिक महत्त्व र भरद्वितीयाको पारिवारिक आत्मीयता एकसाथ जोडिएका छन्। पहाडी तथा उपत्यकाका क्षेत्रसँग पर्वको मूल भावना समान भए पनि मनाउने विधि, स्थानीय लोकभाका र परम्परागत अभ्यासले तराईको तिहारलाई छुट्टै सांस्कृतिक पहिचान दिएको महत्तो बताउँछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गोल्यान फाउन्डेसनले सुरु गर्‍यो ‘कुकुर तिहार हरेक दिन’ अभियान
OthersJust now

गोल्यान फाउन्डेसनले सुरु गर्‍यो ‘कुकुर तिहार हरेक दिन’ अभियान

काठमाडौं । कुकुर तिहारको अवसरमा गोल्यान फाउन्डेसनले नयाँ अभियान सुरु गरेको छ । शनिबार नयाँ बानेश्वरबाट 'कुकुर तिहार हरेक दिन' नामक तीन महिने पाइलट परियोजनाको सुरुवात गरेको हो । यस अभियानको सन्देश कुकुरलाई 'एक दिनको माला होइन, हरेक दिनको माया' भन्ने रहेको गोल्यान फाउन्डेसनकी सीईओ ज्योति गैह्रेले बताइन् । उनका अनुसार यो अभियानको मुख्य उद्देश्य… ...

अनलाइन खबर
महाराजगञ्जमा कुकुर तिहार (तस्वीरहरू)
OthersJust now

महाराजगञ्जमा कुकुर तिहार (तस्वीरहरू)

हराएका मान्छेहरूको खोजीमा प्रहरीको कुकुरहरू कसरी खटिन्छन्, कोही व्यक्तिलाई कसैले हत्या गरेर फरार भएमा प्रहरीका कुकुरले अनुसन्धान गर्छन् लगायतका विषयहरूको डेमो प्रस्तुत गरिएको थियो । ...

अनलाइन खबर
भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन
OthersJust now

भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको लियो केनाइन (कुकुर) सर्वोत्कृट भएको छ । ...

अनलाइन खबर
घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
OthersJust now

घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

२२ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब सवा १० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको हो । सडक खुलाउनका लागि उपकरण प्रयोग भइरहेको र करिब आधा घणटाभित्र सडक सञ्चालनमा आउने चितवन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play