Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

तयार भयाे नेपाल भारतको संयुक्त छठ घाट

Share:WhatsAppFacebookX (Twitter)Telegram
तयार भयाे नेपाल भारतको संयुक्त छठ घाट
Photo / Coverage: केन्द्रबिन्दु

महोत्तरी । मटिहानी नगरपालिकाको बिग्ही नदी किनारमा झण्डै दुई किलोमिटर लम्बाइको छठ घाट तयार भएको छ । उक्त घाट नेपाल र भारतको संयुक्त छठ घाट हो । सांस्कृतिक परम्पराले एक सूत्रमा बाँधिएका दुवै देशका नागरिकले आपसी हेलमेलसाथ पर्व मनाउने परम्पराको यो उदाहरणीय दृष्टान्त भएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले राससलाई बताए । बिग्ही नदी किनारको वारीपारी बनेको यो नेपालतर्फ महोत्तरीको मटिहानी र धनुषाको तुलसीयाही तथा भारतको मधवापुर र रामपुरका बर्तालुको संयुक्त घाट हो । “सीमाले दुई देश छुट्याए पनि दुवै देशका सांस्कृतिक सम्बन्ध प्रगाढ छन्, छठ नेपाल र भारतका नागरिकले एउटै घाटमा मनाउने संस्कृति हामीले बसालेका छौँ”, नगरप्रमुख मण्डल भन्छन्, “यो आपसी प्रगाढ सम्बन्धको अनुपम दृष्टान्त हो ।” घाट निर्माणमा हुने खर्चमा पनि दुवै देशका नागरिकको समान भागिदारी हुने गरेको मण्डलले स्पष्ट पार्नुभयो । भारततिरको मधुवनी जिल्लामा पर्ने मधवापुर ग्रामपञ्चायतका सरपञ्च बलराम झा देशको सीमाले राष्ट्रियता छुट्याए पनि हाम्रा समान संस्कृति छन् भन्ने यो घाटले दर्शाएको बताउछन् । नेपालीमै बोलचाल गर्ने झाले भने, “दशगजाले हाम्रो राष्ट्रियता छुट्याएको छ, तर हाम्रा भाषा, संस्कृति, परम्परा र चाडबाड साझा छन् ।” मानवीय संवेदना र सांस्कृतिक परम्पराका कुरामा कसैले नेपाली र भारतीय भनेर छुट्याउने अवस्था नरहेको झाले स्पष्ट पारे । नेपाल भारत दुवैतर्फका सीमाक्षेत्रका बासिन्दा बिग्ही घाटमा केही वर्षयता सँगसँगै एउटै घाटमा पर्व मनाउँदै आएका छन् । यसले दुवै देशका नागरिकबीचको सम्बन्धसँगै आपसी दुःखसुखमा पनि साथ उभिने संस्कृति निर्माण गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का प्राचार्य हेमनारायण लाल कर्ण बताउछन् । नेपाल भारतको यो संयुक्त छठ घाटमा दुवैतर्फका कलाकर्र्मीले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेका छन् । छठ पर्व यस ठाउँका लागि आपसी अन्तर्घुलनको एक अपूर्व अवसर बन्ने गरेको दुवैतर्फका सर्वसाधारण बताउँछन् ।चार दिने महापर्व ‘छठ’ यसपाला आज ‘नहाय खाय’ विधिसँगै सुरु भएको छ । अब शनिबार खरना, आइतबार निराहार व्रतका दिन अस्ताउँदा सूर्यलाई अघ्र्य दिइने सझियाघाट र सोमबार बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिइने पारनका विधि सम्पन्न गरिएसँगै यसपालिको छठ समापन गरिने छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता
Latest NewsJust now

मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भारतीय राजदूत सुधाकर दलेलले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा भएको उक्त भेटमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा दुई देशबिचको द्विपक्षीय सहकार्यलाई थप गहिरो र सुदृढ... ...

रातोपाटी
चितवन र जनकपुरका १–१ खेलाडी परिवर्तन, अनिलको स्थानमा सन्तोष र मुस्लीको स्थानमा मलान
Latest NewsJust now

चितवन र जनकपुरका १–१ खेलाडी परिवर्तन, अनिलको स्थानमा सन्तोष र मुस्लीको स्थानमा मलान

चितवन र जनकपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। जनकपुरको अनिल शाहको स्थानमा सन्तोष कार्की र चितवनमा डान मुस्लीको स्थानमा डविड मलान प्लेइङ ११ मा आएका छन्।  लिग चरणको २ खेलमा जित, २ खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन ५ अंकमा तालिकाको पाचौँ स्थानमा छ। चितवनले लिग चरणमा आजसहित २ खेल खेल्न बाँकी छ। चितवन आजको खेलमा जित निकाल्दै प्लेअफ ...

नेपालखबर
स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने योजना
Latest NewsJust now

स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने योजना

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने गरी योजना अघि सारेको छ । परिषद्ले प्रमाणपत्र, चिठी तथा कागजात कुरियर वा हुलाक मार्फत विद्यार्थी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play