Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसनः ३३ जना नियन्त्रणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसनः ३३ जना नियन्त्रणमा
Photo / Coverage: केन्द्रबिन्दु

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लागुऔषध नियन्त्रण, जुवातास, अवैध मदिरा, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग रोकथामलगायतका उद्देश्यले विशेष अभियान सञ्चालन गरेको हो । अपरेसनका क्रममा नियन्त्रणमा लिइएका ३३ जनामध्ये चार जनालाई आफन्तको जिम्मा लगाई छाडिएको छ भने बाँकी २९ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार जिल्लामा शान्ति सुरक्षा कायम गर्न विभिन्न गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरीले सर्च एण्ड स्विप अपरेसनलाई निरन्तरता दिएको छ । यसैबीच पोखरा–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ । आज बजेदेखि सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सवारीसाधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन तथा ट्राफिक नियमको पालना गर्नुपर्ने विषयमा सम्झाइबुझाइ गरिएको हो । कार्यक्रमअन्तर्गत ३९ वटा दुईपाङ्ग्रे, ६७ वटा चारपाङ्ग्रे साना तथा ५४ वटा ठूला सवारीसाधनका चालकलाई सचेत गराइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराटनगरविरुद्ध पोखरा ब्याटिङमा, पोखरामा २ र विराटनगरमा ३ खेलाडी परिवर्तन
Latest NewsJust now

विराटनगरविरुद्ध पोखरा ब्याटिङमा, पोखरामा २ र विराटनगरमा ३ खेलाडी परिवर्तन

प्ले अफ समीकरणमा पुग्ने झिनो आशालाई जीवितै राख्न विराटनगर र पोखरा दुवैलाई यो खेल जित्नैपर्ने दबाब रहेको छ । ...

कान्तिपुर
चार दशकपछि चोरी गरिएका सन्तानले भेटे आमालाई
Latest NewsJust now

चार दशकपछि चोरी गरिएका सन्तानले भेटे आमालाई

सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन गरेका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा भोगिरहेकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः छोराहरूलाई अँगालो हाल्न पाएकी हुन् । एकचालिस वर्षीय टिम रोलनिक र ३७ वर्षीय ट्राभिस मर्डोक अमेरिकामा हुर्किएका थिए । आफूहरूलाई अर्को परिवारले ...

केन्द्रबिन्दु
एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा
Latest NewsJust now

एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् । ...

कान्तिपुर
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा
Latest NewsJust now

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी भीमफेदी नजिक चिसापानीगढीमा दुर्घटना हुँदा १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शोक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play