Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

तनहुँमा स्क्रब टाइफसको जोखिम

Share:WhatsAppFacebookX (Twitter)Telegram
तनहुँमा स्क्रब टाइफसको जोखिम
Photo / Coverage: नेपालन्युज

तनहुँ।तनहुँमा स्क्रब टाइफस संक्रमणको जोखिम देखिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहका एक सय ५५ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार असोज महिनामा सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकामा ५४ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। त्यसैगरी बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा समान ३४÷३४ जनामा संक्रमण देखिएको छ। भिमाद नगरपालिकामा २३ जनामा संक्रमण पुष्टि हुँदा शुक्लागण्डकी नगरपालिकामा सात, म्याग्दे गाउँपालिकामा दुई र भानु नगरपालिकामा एक जनामा स्क्रब टाइफस संक्रमण देखिएको सूचना अधिकारी कँडेलले जानकारी दिए। स्थानीय तहअनुसारको विवरण हेर्दा आँबुखैरेनीमा मात्रै कुल संक्रमितको करिब ३४.८ प्रतिशत अर्थात् झन्डै एक तिहाइ संक्रमित भेटिएका छन्। स्क्रब टाइफस एक प्रकारको जीवाणुजन्य संक्रामक रोग हो। खेतबारी, झाडी, घाँस तथा झारपात भएको क्षेत्रमा काम गर्ने वा समय बिताउने व्यक्तिमा यसको जोखिम रहने सूचना अधिकारी कँडेलले बताए। स्क्रब टाइफस हुँदा सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक थकान महसुस हुने र शरीरमा दाना देखिने जस्ता लक्षण देखिन सक्छन्। कतिपयमा खोकी, वाकवाकी, बान्ता वा पेट दुख्ने समस्या पनि हुन सक्छ। समयमै पहिचान र उपचार नभए संक्रमणले फोक्सो, मिर्गौला, मस्तिष्कलगायत शरीरका महत्वपूर्ण अङ्गमा असर पुर्‍याउन सक्छ। स्क्रब टाइफसबाट बच्न झाडी, घाँस तथा खेतबारीमा काम गर्दा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म जुत्ता र मोजा प्रयोग गर्ने तथा काम सकेपछि शरीर र कपडा जाँच गर्ने गर्नुपर्छ। घर वरपर झाडी तथा अनावश्यक घाँसपात हटाएर वातावरण सफा राख्नु पनि उपयोगी हुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो
Latest NewsJust now

भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

भक्तपुर । नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने किजापूजा (भाइटीका) मंगलबार भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ । स्वन्ति नखाःअन्तर्गत... ...

रातोपाटी
पोखरामा बुधबार भाइटिका महोत्सव
Latest NewsJust now

पोखरामा बुधबार भाइटिका महोत्सव

कास्की । नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल सङ्घ पोखराको आयोजनामा पोखरामा बुधबार १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुने भएको छ । तिहारको सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने... ...

रातोपाटी
भारतीय विदेश मन्त्रालयले भन्यो : प्रधानमन्त्री वालेन्द्रको भ्रमणका एजेन्डामा नेपालसँग कुरा हुँदैछ
Latest NewsJust now

भारतीय विदेश मन्त्रालयले भन्यो : प्रधानमन्त्री वालेन्द्रको भ्रमणका एजेन्डामा नेपालसँग कुरा हुँदैछ

काठमाण्डु– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले पछिल्लो धारणा सार्वजनिक गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले मंगलबार (नोभेम्बर १०) नयाँदिल्लीमा आयोजित नियमित मिडिया ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिइसकिएको बताएका छन्। उनलेे भ्रमणको मिति तथा अन्य एजेन्डामा दुवै देशबीच छलफल जारी रहेको बताएका हुन्। पत्रकारले नेपालका प्रधानमन्त्रीको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play