Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
Photo / Coverage: नेपालन्युज

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी सामुदायिक वनको एक दशमलव ७५ हेक्टर अतिक्रमित क्षेत्र खाली गराई ४०० टिमुरका बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालय तनहुँले अतिक्रमित क्षेत्र पहिचान गरी रेखांकन तथा पोल गाडेर छुट्याएपछि उक्त क्षेत्रमा टिमुरको बिरुवा रोपेको हो । कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार अतिक्रमण हटाएर खाली गराइएको जमिनलाई उत्पादनशील बनाउने उद्देश्यले टिमुर रोपिएको हो । वन क्षेत्रको अतिक्रमण नियन्त्रण र संरक्षणसँगै टिमुरखेतीबाट भविष्यमा स्थानीयस्तरमा आम्दानीको सम्भावना सिर्जना हुने अपेक्षा गरिएको उनले बताए । डिभिजन वन कार्यालयको तथ्यांकसार तनहुँमा ६२४ सामुदायिक वनको क्षेत्रफल ६४ हजार ८४२ दशमलव ४८ हेक्टर रहेको छ । जिल्लामा दुई हजार ५६ दशमलव ५६ हेक्टर क्षेत्रफलमा ४८५ कबुलियती वन रहेका छन् । त्यस्तै, ३० दशमलव ६२ हेक्टर क्षेत्रफलमा ११ धार्मिक वन र ४२ दशमलव ३२ हेक्टरमा ८४ निजी वन रहेका छन् । जिल्लामा राष्ट्रिय वनको क्षेत्रफल १८ हजार १४० दशमलव ३४ हेक्टर रहेको कार्यालयले जनाएको छ । वन क्षेत्रको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह र सरोकारवाला निकायको भूमिका महत्त्वपूर्ण हुने प्रमुख रानाभाटले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडियाका सीईओको राजीनामाले चिनियाँ प्रविधि कम्पनीको व्यवसायमा असर नपरेको दाबी
Latest NewsJust now

एनभिडियाका सीईओको राजीनामाले चिनियाँ प्रविधि कम्पनीको व्यवसायमा असर नपरेको दाबी

काठमाडौँ । चिनियाँ प्रविधि कम्पनीहरूले अमेरिकी चिप निर्माता एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङको राजीनामाले आफ्नो व्यवसायमा कुनै असर नपारेको बताएका छन् । उनीहरूले नियमित अर्डर, स्थापित खरिद प्रक्रिया र... ...

रातोपाटी
अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’
Latest NewsJust now

अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

अर्घाखाँची, मङ्सिर १ गते । नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रम... ...

गोरखापत्र
अमेरिकी चिप प्रतिबन्धको सामना गर्न चीनले आफ्नै प्रविधि विकास गर्दै
Latest NewsJust now

अमेरिकी चिप प्रतिबन्धको सामना गर्न चीनले आफ्नै प्रविधि विकास गर्दै

बेइजिङ । चीनले अमेरिकी एआई कम्पनीका अत्याधुनिक मोडलबाट प्राप्त जवाफ र तथ्याङ्क प्रयोग गरेर आफ्नै प्रतिस्पर्धी एआई प्रणाली विकास गर्ने प्रक्रिया अघि बढाएको छ । अमेरिकी चिप निर्यात प्रतिबन्धका कारण अत्याधुनिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play