Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

तत्काल तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
तत्काल तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग आग्रह
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनका ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ्ग वानमिङ्गले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले सिन्धुपाल्चोकस्थित तातोपानी नाका यथाशक्य छिटो खुलाउन चिनियाँ पक्षसँग अनुरोध गरेको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनालले गत भदौमा गएको बाढीले रसुवागढी नाका बन्द भएको र चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरू चिसोले पूर्ण रूपमा सञ्चालन हुन नसक्ने विषम अवस्थामा काठमाडौँबाट सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनका लागि अध्यक्ष याङ्गसँग आग्रह गरेका हुन् । “तातोपानी नाका काठमाडौँबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ”, परराष्ट्रमन्त्री खनालले भने, “यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको ‘कनेक्टिभिटी’का लागि तत्काल खुलाउन जरुरी छ ।” सो अवसरमा अध्यक्ष याङ्गले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी दिए । भेटवार्ताका क्रममा दुई मुलुकबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तर, शिक्षालगायत विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । The post तत्काल तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग आग्रह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
म्याग्दीमा ७ थान भरुवा बन्दुक बरामद
Latest NewsJust now

म्याग्दीमा ७ थान भरुवा बन्दुक बरामद

म्याग्दी । म्याग्दीमा प्रहरीले वनमा लुकाएर राखिएका ७ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको मालिका गाउँपालिका –०५ मल्कवाङ घरथोकस्थित वनबाट सात थान भरुवा बन्दुक बरामद गरिएको हो ।... ...

रातोपाटी
पाँच स्थानीय तह भूमिहीन समस्यामुक्त भएपछि मन्त्री रावल, ‘अब पालो बाँकी ७४८ पालिकाको’
Latest NewsJust now

पाँच स्थानीय तह भूमिहीन समस्यामुक्त भएपछि मन्त्री रावल, ‘अब पालो बाँकी ७४८ पालिकाको’

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि प्रत्येक स्थानीय तह र जिल्लाको प्रगतिलाई छुट्टाछुट्टै अनुगमन... ...

रातोपाटी
सत्ताविरुद्ध सडकमा उत्रिएका कुकुर : आन्दोलनका सहयात्रीदेखि प्रतिरोधका प्रतीकसम्म
Latest NewsJust now

सत्ताविरुद्ध सडकमा उत्रिएका कुकुर : आन्दोलनका सहयात्रीदेखि प्रतिरोधका प्रतीकसम्म

सडकमा आन्दोलनकारीको भिड हुन्छ, प्रहरीको घेरा हुन्छ, अश्रुग्यास र पानीको फोहोरा हुन्छ । नाराबाजी, झडप र भागदौडबिच मानिस आफ्नो अधिकारका लागि संघर्ष गरिरहेका हुन्छन्, तर कहिलेकाहीँ त्यही सडकमा चारखुट्टे प्राणी... ...

रातोपाटी
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
Latest NewsJust now

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग संकलन भइरहेको छ । कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्मको मौज्दात रकम १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ पुगेको छ । प्रधानमन्त्री ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play