वासिङ्टन । निर्वाचनको प्रारम्भिक नतिजाहरू सार्वजनिक भएपछि पूर्वराष्ट्रपति बराक ओबामाले हालै सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनको परिणामबारे आफ्नो आधिकारिक प्रतिक्रिया दिएका छन् । निर्वाचन प्रचारप्रसारको अन्तिम साता ओबामा डेमोक्रेटिक उम्मेदवारहरूको पक्षमा मत माग्न चुनावी मैदानमै उत्रिएका थिए । सो क्रममा उनले आफ्ना भाषणहरूमा राष्ट्रपति ट्रम्प र उनको प्रशासनको चर्को आलोचना गरेका थिए । डेमोक्रेट्सले सिनेट र प्रतिनिधिसभा (हाउस) दुवैको नियन्त्रण आफ्नो हातमा लिने प्रक्षेपणसहित परिणामहरू बाहिरिएपछि ओबामाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै आगामी दिनमा राजनीतिक दिशा बदलिनसक्ने बताएका छन् ।‘अब डेमोक्रेट्सको मुख्य जिम्मेवारी कडा परिश्रम गरेर जहाँ–जहाँ अधिकार छ त्यहाँ सुधारका काम गर्नु र थप क्षति रोक्नु रहेको छ,’ उनले लेखेका छन् । ओबामाले लेखेका छन्, ‘आज राती अमेरिकी जनताले एक स्पष्ट सन्देश दिएका छन् । उनीहरू समाजलाई विभाजन गर्नेभन्दा पनि जोड्ने राजनीति चाहन्छन् । आफूहरूले भोगिरहेका चुनौतीहरूको ठोस समाधान दिन सक्ने नेतृत्वको खोजीमा छन् ।’रोयटर्स
डेमोक्रेट्सको विजयले विश्व राजनीतिक दिशा बदल्न सक्छ : ओबामा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






