Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
डेढ दशकपछि राहुघाट जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु
Photo / Coverage: नेपालन्युज

काठमाडौं। म्याग्दीमा निर्माण गरिएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा प्रवर्द्धित यो आयोजना निर्माण सुरु भएको डेढ दशकपछि सम्पन्न भएको हो। आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार परीक्षण अवधि पूरा गरेर व्यावसायिक उत्पादन थालिएको हो। सुरुमा ३२ मेगावाट क्षमतामा निर्माण गर्ने योजना रहेको आयोजनाको काम ठेकेदारसँगको समस्या, सम्झौता रद्द, कोभिड-१९ महामारी, बाढीपहिरो तथा निर्माण सामग्रीको अभावलगायतका कारणले लम्बिएको थियो। असोज ११ गते कालीगण्डकीमा आएको बाढीले विद्युतगृह परिसरमा क्षति पुर्‍याउँदा परीक्षण अवधिमा केही ढिलाइ भएको थियो। रघुगङ्गा गाउँपालिकामा अवस्थित यस आयोजनामा छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने पोखरी छन्। विद्युतगृह तिल्केनीचौरमा रहेको छ। आयोजनालाई दाना-कुश्मा २२० केभी प्रसारण लाइनमा जोड्न चारवटा टावरसहितको प्रसारण पूर्वाधार निर्माण गरिएको छ। आयोजना निर्माणका लागि २०६७ सालमा भारतीय कम्पनी आइभीआरसीएलसँग ठेक्का सम्झौता भएको थियो। तर कमजोर कार्यसम्पादनका कारण २०७२ सालमा ठेक्का रद्द गरी प्राधिकरणले नयाँ प्रक्रिया अघि बढाएको थियो। त्यसपछि रघुगङ्गा हाइड्रोपावर स्थापना गरी भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको लगानीमा निर्माण अघि बढाइएको हो। नयाँ प्रक्रियाअन्तर्गत भारतीय कम्पनी जयप्रकाश एसोसिएट्ससँग सिभिल र भारत हेभी इलेक्ट्रिकल्स लिमिटेडसँग इलेक्ट्रोमेकानिकल कार्यका लागि सम्झौता भएको थियो। आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड
Latest NewsJust now

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

काठमाडौँ । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएको छ । नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यु) को... ...

रातोपाटी
कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै, रविदेखि सोबितासम्म वीरेन्द्रनगर आउँदै
Latest NewsJust now

कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै, रविदेखि सोबितासम्म वीरेन्द्रनगर आउँदै

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णालीबाट प्रदेश स्तरीय प्रशिक्षण सुरु गर्ने भएको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछानेदेखि सोबिता गौतमसम्मका नेताहरू वीरेन्द्रनगर आउन लागेको पार्टीका कर्णाली प्रदेशका... ...

रातोपाटी
अशक्त हुनुको पीडा
Latest NewsJust now

अशक्त हुनुको पीडा

बझाङ समाचारदाताबझाङ, मङ्सिर ११ गते । केदारस्युँ गाउँपालिका–१, देउरा बजारनजिक सेती नदीको किनारमा रहेको एउटा सानो टिनको छाप्रोमा हरुदेवी दमार्इंको परिवारको निकै कष्टकर दैनिकी बितिरहे... ...

गोरखापत्र
बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]
Latest NewsJust now

बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]

बादलको सेतो घुम्टोमाथि बसेको दुल्लु बजार र वरिपरिका हरियाली डाँडाकाँडाले यहाँको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement