Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान
Photo / Coverage: नेपालन्युज

ढाका।बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन्। सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताएकी छन्। प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाएको थियो। संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार उक्त घटनामा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो। हसिनाले भने आरोप अस्वीकार गर्दै फैसलाको वैधतामाथि प्रश्न उठाएकी छन्। बङ्गलादेशले पटक पटक सुपुर्दगी मागे पनि भारतले उनलाई हस्तान्तरण गरेको छैन। एसोसिएटेड प्रेस (एपी) लाई इमेलमार्फत जवाफ दिँदै उनले आफ्नै देशको माटोमा र जनताबीच मर्न चाहेको बताएकी छन्। स्वदेश फर्किएपछि आफू गिरफ्तार, यातना वा हत्याको जोखिममा पर्न सक्ने उनको भनाइ छ। हसिना सत्ताच्युत भएपछि मुहम्मद युनुस नेतृत्वको अन्तरिम प्रशासनले १८ महिना शासन गरेको थियो। गत फेब्रुअरीमा भएको निर्वाचनबाट खालिदा जियाका छोरा तारिक रहमान सत्तामा आएका थिए। उक्त निर्वाचनमा हसिनाको अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएको थियो। हसिनाले सन् २०२४ को अगस्टयता आफ्नो पार्टीका कम्तीमा २० हजार सदस्य मारिएको तथा हजारौं पक्राउ, यातना र विस्थापनमा परेको आरोप लगाएकी छन्। उनले देशमा सामान्य राजनीतिक तथा लोकतान्त्रिक वातावरण नरहेको दाबी गरेकी छन्। सरकारले भने पक्राउका घटनामा कानुनी आधार रहेको बताउँदै आएको छ। विदेशी शक्तिको सहयोग वा अनुमति लिएर मात्र स्वदेश फर्कनु पर्ने अवस्था नरहेको बताउँदै हसिनाले बङ्गलादेशमा कट्टरपन्थी समूहको प्रभाव बढेकोमा चिन्ता व्यक्त गर्नुरेकी छन्। अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले पनि कट्टरपन्थी समूहको बढ्दो प्रभाव र अल्पसंख्यकमाथिको धम्कीप्रति चिन्ता जनाउँदै आएका छन्। युनुस नेतृत्वको अन्तरिम सरकारले भने यस्ता आरोप अस्वीकार गरेको थियो। वर्तमान सरकारले बिग्रँदो कानून तथा व्यवस्थाको अवस्थालाई लिएर आलोचना खेपिरहेको छ। –रासस/एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओलीसँग भेटबारे गगनको प्रस्टीकरण- सरकारबारे कुनै कुरा लुकेर गर्नुपर्ने नै छैन
Latest NewsJust now

ओलीसँग भेटबारे गगनको प्रस्टीकरण- सरकारबारे कुनै कुरा लुकेर गर्नुपर्ने नै छैन

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारबारे कुनै पनि कुरा लुकेर नगरिने बताएका छन्।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि कांग्रेस सभापति थापाले प्रस्टीकरण दिएका हुन्। बिहीबार भिडिओमार्फत आफ्नो भनाइ राख्दै थापाले मधेस प्रदेशको सरकारका विषयमा ओलीसँग कुराकानी गरेको बताएका छन्।  मधेस प्रदेशमा कांग्रे... ...

नेपालखबर
विराटनगरको ब्याटिङ लाइन ध्वस्त, १० ओभरमै गुमायो ७ विकेट
Latest NewsJust now

विराटनगरको ब्याटिङ लाइन ध्वस्त, १० ओभरमै गुमायो ७ विकेट

काठमाडौँ । टस हारेर काठमान्डु गुर्खाजविरुद्ध ब्याटिङ थालेको विराटनगर किंग्सको ब्याटिङ लाइन धर्मराएको छ । विराटनगरले १० ओभर सकिँदा ७ विकेट गुमाइसकेको छ भने ४० रनको आँकडा पनि छुन सकेन... ...

रातोपाटी
पार्टी र सरकारबिच कुनै मतभेद र खटपट छैन : सभापति लामिछाने
Latest NewsJust now

पार्टी र सरकारबिच कुनै मतभेद र खटपट छैन : सभापति लामिछाने

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकार (मन्त्रिपरिषद्) बिच कुनै पनि किसिमको मतभेद, विवाद नरहेको बताएका छन् । उनले सरकार र पार्टी बिच निरन्तर संवाद... ...

रातोपाटी
शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा
Latest NewsJust now

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

काठमाडौं । शाओमी नेपालले चाडपर्वलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘शाओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गरिरहेको छ । यस योजनाअन्तर्गत सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्म विभिन्न मितिका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेताहरू घोषणा गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, रेडमी वाच ६ एक्टिभका […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play