काठमाडौँ । डा. यादव प्रसाद पन्त पत्रकारिता पुरस्कारबाट टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी सम्मानित भएका छन् । पूर्व अर्थमन्त्री तथा जलस्रोत मन्त्री डा. यादव प्रसाद पन्तको १०२ औं जन्मजयन्ती एबं अभिनन्दन तथा सम्मान समर्पण समारोह कार्यक्रममा डा. यादव प्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान, नेपालले टक्सार म्यागेजिनका प्रधानसम्पादक बुढाथोकीलाई सम्मान गरेको हो । पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानका कारण डा. यादव प्रसाद पन्त सम्मान गरिएको हो । यस्तै, सोही कार्यक्रममा पूर्व अर्थमन्त्री रामेश्वर खनाललाई पनि अभिनन्दन गरिएको थियो ।
डा. यादव प्रसाद पन्त पत्रकारिता पुरस्कारबाट टक्सार म्यागेजिनका प्रधानसम्पादक बुढाथोकी सम्मानित

Read Complete Original Article
Published originally on टक्सार






