Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइँदै
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । मलेसिया जाने श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गरी ठगी गरेको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ पर्नुभएको छ । गृह मन्त्रालयको उच्च स्रोतका अनुसार उहाँलाई अनुसन्धानका लागि बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । उहाँलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदैछ । अर्याललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । उहाँविरुद्ध यसअघि नै काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यसै प्रकरणमा यसअघि दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परिसक्नुभएको छ । मलेसियाली सरकारसँग भएको सम्झौताविपरीत श्रमिकबाट रकम संकलन गरी ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । यसअघि सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत एवं उपसचिव निर्मला गुरुङलाई पक्राउ गरिसकेको छ । उक्त प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि मलेसिया जाने श्रमिकबाट सम्झौताविपरीत रकम असुली गरी ठगी गरेको आरोपमा थप अनुसन्धान भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वीरगंजमा उद्योग दर्ता र सञ्चालन व्यवस्थित गर्न नयाँ कानुनी व्यवस्था, उद्योगीलाई कर छुटदेखि अनुदानसम्म
Latest NewsJust now

वीरगंजमा उद्योग दर्ता र सञ्चालन व्यवस्थित गर्न नयाँ कानुनी व्यवस्था, उद्योगीलाई कर छुटदेखि अनुदानसम्म

वीरगंज । वीरगंज महानगरपालिकाले नगरभित्र लघु, घरेलु तथा साना उद्योगको दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनलाई व्यवस्थित गर्दै स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ कानुनी व्यवस्था लागू गरेको छ । महानगरपालिकाले... ...

रातोपाटी
चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने
Latest NewsJust now

चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने

बेइजिङ, मङ्सिर १० गते । चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी... ...

गोरखापत्र
भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन
Latest NewsJust now

भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन

चितवन । जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना बढाउने उद्देश्यका साथ ती बत्ती सञ्चालनमा ल्याइएको हो । पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएको छ । भरतपुरको चौबिसकोठीमा भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्विच ...

केन्द्रबिन्दु
पहिलो पटक आयो ‘राइटर्स क्याम्प’ कार्यविधि
Latest NewsJust now

पहिलो पटक आयो ‘राइटर्स क्याम्प’ कार्यविधि

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली भाषा, साहित्य, सिर्जनात्मक लेखन तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘राइटर्स क्याम्प सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । आर्थिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement