Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता, आणविक हतियारदेखि युक्रेन युद्धसम्म छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता, आणविक हतियारदेखि युक्रेन युद्धसम्म छलफल
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ३ । अमेरिका, चीन र रुसका शीर्ष नेताहरूबीच चीनको सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय बैठक भएको छ । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एउटै मञ्चमा बसेर विश्वका प्रमुख सुरक्षा तथा राजनीतिक मुद्दामा छलफल गर्नुभएको हो । चिनियाँ राष्ट्रपति सीको अध्यक्षतामा भएको बैठकमा आणविक हतियार नियन्त्रण, युक्रेन र इरानमा जारी युद्ध, विश्वव्यापी व्यापारिक तनाव तथा अन्तर्राष्ट्रिय सुरक्षा प्रमुख एजेन्डा बनेका थिए । बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई ऐतिहासिक क्षण भन्दै विश्वका जटिल समस्याबारे खुला संवाद आवश्यक रहेको बताउनुभयो । आणविक हतियारको संख्या घटाउने र तिनको प्रयोगको जोखिम कम गर्ने विषयमा अमेरिका, चीन र रुसको विशेष जिम्मेवारी रहेको उहाँको भनाइ थियो । चिनियाँ राष्ट्रपति सीले आणविक हतियारलाई मानवजातिको टाउकोमाथि झुन्डिएको तरबारको संज्ञा दिँदै यस्ता हतियार पूर्ण रूपमा प्रतिबन्धित गरी नष्ट गर्नुपर्नेमा जोड दिनुभयो । आणविक युद्ध कसैले जित्न नसक्ने स्पष्ट पार्दै उहाँले ठूला शक्तिराष्ट्रबीचको सहकार्य विश्व शान्तिका लागि अनिवार्य रहेको बताउनुभयो । रुसी राष्ट्रपति पुटिनले पनि दोस्रो विश्वयुद्धका विजेता राष्ट्रका रूपमा अमेरिका, चीन र रुसको अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा कायम राख्ने साझा जिम्मेवारी रहेको बताउनुभयो । युक्रेनलगायत क्षेत्रीय द्वन्द्व समाधानमा तीनै देशको साझा स्वार्थ रहेको उहाँको भनाइ थियो । त्रिपक्षीय बैठकअघि ट्रम्पले सी र पुटिनसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो । पुटिनसँगको करिब ४० मिनेट लामो भेटमा युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल भएको थियो । ट्रम्पले पुटिनलाई आफ्नो मित्र बताउँदै वार्ताबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, चिनियाँ राष्ट्रपति सीसँगको भेटमा ट्रम्पले इरान युद्धका कारण प्रभावित हर्मुज जलडमरूमध्य हुँदै हुने तेल ढुवानीको सुरक्षा र चीनले अमेरिकी कृषि उपज थप खरिद गर्नुपर्ने विषय उठाउनुभयो । जवाफमा सीले अमेरिका–चीन सम्बन्ध सुधारका लागि आर्थिक तथा व्यापारिक संवादलाई निरन्तरता दिनुपर्ने र ताइवानको संवेदनशील विषयलाई ध्यान दिनुपर्ने बताउनुभयो । यद्यपि, यस बैठकबाट तत्कालै कुनै ठूलो सम्झौता हुने अपेक्षा भने कम रहेको कूटनीतिक विश्लेषकहरूको भनाइ छ । अमेरिका र रुसबीचको अन्तिम आणविक हतियार नियन्त्रण सम्झौता ‘न्यु स्टार्ट’ को म्याद सकिएपछि ट्रम्पले चीनलाई समेत समेटेर नयाँ सम्झौता गर्न चाहनुभएको छ । तर आफ्नो आणविक हतियारको भण्डार अमेरिका र रुसको तुलनामा निकै कम रहेको भन्दै चीन त्यसमा सहमत हुन इच्छुक देखिएको छैन । यसैबीच, चीन र रुसबीचको रणनीतिक निकटता तथा अमेरिका–चीनबीच कायम व्यापारिक र प्राविधिक प्रतिस्पर्धाले त्रिपक्षीय सहकार्यलाई चुनौतीपूर्ण बनाएको छ । युक्रेन, युरोपेली राष्ट्र तथा जापान र दक्षिण कोरियाजस्ता सरोकारवाला देशलाई वार्ताबाहिर राखिएकाले तीन महाशक्तिबीचको सहमतिले साना तथा मध्यम राष्ट्रहरूको हित ओझेलमा पार्न सक्ने चिन्तासमेत व्यक्त गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित सुकुमबासीको व्यवस्थापन प्रक्रिया अगाडि बढाउन निर्देशन
Latest News1d ago

काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित सुकुमबासीको व्यवस्थापन प्रक्रिया अगाडि बढाउन निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ उपत्यकाको नदी किनारमा बसोबास गरी विस्थापित भएका भूमिहीन दलित र भूमिहीन सुकुमबासी परिवारको व्यवस्थापन प्रक्रिया प्राथमिकताका साथ अगाडि... ...

रातोपाटी
काठमाडौँलाई चौबिसै घण्टा खुला गर्न तयारी गरिँदै
Economy & Business1d ago

काठमाडौँलाई चौबिसै घण्टा खुला गर्न तयारी गरिँदै

काठमाडौं- मुलुकको सङ्घीय राजधानी काठमाडौँलाई चौबिसै घण्टा खुला गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अगाडि बढाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गरी काठमाडौँलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री ...

आजको अर्थ
चिकित्सा सहायता उपलब्ध गराउन माग गर्दै इमरान खानले लेखे,' म जेलबाट ज्युँदो नफर्कन सक्छु'
Latest News1d ago

चिकित्सा सहायता उपलब्ध गराउन माग गर्दै इमरान खानले लेखे,' म जेलबाट ज्युँदो नफर्कन सक्छु'

क्रिकेटरबाट राजनीतिज्ञ बनेका ७४ वर्षीय खानले जेलबाटै लेखेको एक खुला पत्रमा पत्नी बुशरा बीबीको दृष्टि सधैँका लागि गुम्ने खतरा रहेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका छन् ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play