Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह
Photo / Coverage: केन्द्रबिन्दु

वेस्ट पाम बीच, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नाटो प्रमुख मार्क रूटले बुधबार फ्लोरिडामा भएको भेटपछि जारी संयुक्त वक्तव्यमा रुसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह गरेका छन् । ट्रम्पको मार–ए–लागो रिसोर्टमा भएको वार्तापछि ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा भनिएको छ, “भेट युक्रेन र इरानका युद्धमा केन्द्रित थियो र ‘उत्कृष्ट’ र ‘धेरै प्रभावकारी’ भएको थियो ।” “हामीले रुसले जानाजानी वा अनजानमा युद्ध फैलाउने कुनै पनि कदम नचालोस् र युद्धको शान्तिपूर्ण समाधान सकेसम्म चाँडो खोजियोस् भन्ने विश्व समुदायको चासोबारे पनि छलफल गर्‍यौँ,” वक्तव्यमा थपिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत साता चीनमा भएको भेटमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘मेरो मित्र’ भनी नजीकको सम्बन्ध देखाउन खोजेको केही दिनपछि राष्ट्रपति ट्रम्प र रूटको यो संयुक्त अपील आएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पका पुटिनसम्बन्धी टिप्पणीहरूप्रति आपत्ति जनाएका छन् । “हाम्रा लागि उहाँ (पुटिन) हत्यारा हुनुहुन्छ,” जेलेन्स्कीले सीएनएनसँगको एक अन्तर्वार्तामा भने । रूटलाई बुधबार फक्स न्यूजको ‘फक्स एन्ड फ्रेन्ड्स’ मा ट्रम्पका टिप्पणीबारे सोधिएको थियो । “राष्ट्रपति ट्रम्पले शेन्जेनको भेटपछि पनि पुटिनको धारणा हेरिरहनुभएको छ,” नाटो महासचिवले भने । “उहाँ कति गम्भीर हुनुहुन्छ ? वार्ताको टेबलमा आउन तयार हुनुहुन्छ ? वास्तवमै वार्तामा संलग्न हुन तयार हुनुहुन्छ ? त्यसैले दबाब कायम राखौँ ।” उनले भने, “मलाई लाग्छ दवावले काम गरिरहेको छ र हामीले यसलाई जारी राख्नुपर्छ ।” आलोचकहरूले मस्कोको पक्ष लिएको आरोप लगाएका ट्रम्पले पुटिनसँगको भेटपछि भनेका थिए, “रुसी नेता ‘कूटनीतिक माध्यम’ बाट युद्ध अन्त्य गर्न चाहनुहुन्छ ।” फ्लोरिडाको यो भेट त्यतिबेला भएको हो जब युरोपेली राष्ट्रहरूले अहिलेसम्म युक्रेन, अमेरिका र रुस मात्रै संलग्न रहेका प्रारम्भिक वार्तामा सामेल हुने इच्छा व्यक्त गरेका छन् । रूटले कुनै पनि सम्झौतामा युक्रेनका लागि सुरक्षा सुनिश्चितता हुनुपर्ने बताए । “जब युद्ध अन्त्य हुन्छ, शान्ति सम्झौताबाट होस् भन्ने हाम्रो चाहना हो, वा सम्भव नभए दीर्घकालीन युद्धविरामबाट, हामीले युक्रेनसँग आगामी दिनका लागि सुरक्षा ग्यारेन्टी सुनिश्चित गर्नुपर्छ,” उनले भने । रूटले थपे, “हामीले युक्रेनसँग लडाइँ जारी राख्न, सफल हुन र रुसीहरूमाथि अधिकतम दबाब दिन आवश्यक कुरा उपलब्ध छ भन्ने सुनिश्चित गर्नुपर्छ ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हावाहुरीले सुन्तला झारेपछि म्याग्दीका किसानलाई लाखौँको क्षति
Latest NewsJust now

हावाहुरीले सुन्तला झारेपछि म्याग्दीका किसानलाई लाखौँको क्षति

• म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आएको हावाहुरीले सुन्तला बगैँचामा ठूलो क्षति पुर्याएको छ, जसका कारण किसानको मेहनत खेर गएको छ। • हावाहुरीले घर, विद्यालय र स्वास्थ्य चौकीमा पनि क्षति पुर्याएको छ, र गाउँपालिकामा क्षतिको विवरण सङ्कलन भइरहेको छ। • प्रभावित किसानलाई राहत र पुनर्निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिने जानकारी दिइएको छ। ...

नेपालबहस
बायोग्यास वितरणको नीति बनाउन डंगोलको माग
Latest NewsJust now

बायोग्यास वितरणको नीति बनाउन डंगोलको माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणका लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा उनले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति... ...

रातोपाटी
भवन र पुल शिलान्याससँगै कागजबाट निर्माण चरणमा
Latest NewsJust now

भवन र पुल शिलान्याससँगै कागजबाट निर्माण चरणमा

गोरखा । गोरखा र धादिङको साँध चिरेर सुसाउने बुढीगण्डकीको छालमा बितेका १३ वर्षदेखि एउटै अधुरो सपना बगिरह्यो। ‘एक दिन यो नदी थुनिनेछ, विशाल ताल बन्नेछ र देश झलमल्ल हुनेछ’ भन्ने त्यहाँका... ...

रातोपाटी
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान
Latest NewsJust now

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनका केही स्थानमा रुख कटानको काम धमाधम अगाडि बढाइएको छ । प्रसारण लाइन निर्माणका क्रममा काट्नुपर्ने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement