Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

ट्रम्प, पुटिन र सीबीच अर्को साता चीनमा ऐतिहासिक शिखर वार्ता हुने ह्वाइट हाउसको भनाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्प, पुटिन र सीबीच अर्को साता चीनमा ऐतिहासिक शिखर वार्ता हुने ह्वाइट हाउसको भनाइ
Photo / Coverage: बीबीसी नेपाली

Getty Images
अमेरिका, रुस र चीनका नेताबीच अर्को साताको अन्त्यमा भेटवार्ता हुने ह्वाइट हाउसले जनाएको छ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र सी जिनपिङबीच अर्को साता चीनमा हुने शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने भएको ह्वाइट हाउसले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सेन्जेनमा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा भाग लिने क्रममा अमेरिका, रुस र चीनका नेताहरूबीच ऐतिहासिक भेटवार्ता हुने ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले सञ्चारकर्मीहरूलाई जानकारी दिइन्।

"राष्ट्रपतिले यो स्पष्ट पारेका छन् कि उनले अन्य विषयहरूमा विश्वमा परमाणु अस्त्र कटौतीका बारेमा छलफल गर्नेछन् जसको वृद्धि राष्ट्रपति ट्रम्पले धेरै खतरनाक छ भन्ने विश्वास गर्छन्," उनले भनिन्।

विश्वका ठूला परमाणु शक्तिहरूबीचको बैठकमा इरानको बारेमा पनि छलफल हुनसक्ने तर युक्रेनको नहुने बुझिएको छ। मस्को र बेइजिङले भने यो विषयमा कुनै टिप्पणी गरेका छैनन्।

ट्रम्प र पुटिन नजिकिँदा चीन-रुस सम्बन्धमा कस्तो असर पर्न सक्छ

अमेरिका-चीन व्यापार युद्धमा बेइजिङले खेल्न सक्ने 'पाँच तुरुप'

समाचार एजेन्सी एपी र रोयटर्सका अनुसार वार्तापछि कुनै सहमति हुने अपेक्षा गरिएको छैन।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प २१ सदस्य राष्ट्रबीच दुई दिने शिखर वार्ताका लागि बुधवार अबेर सेन्जेन पुग्दैछन्।

उनले बिहीवार सीसँग द्विपक्षीय वार्तामा पनि भाग लिनेछन् जुन सन् २०२५ मा ट्रम्प राष्ट्रपति कार्यालय फर्केपछि उनीहरूको चौथो बैठक हुनेछ।

रुस र चीनको भनाइ

"अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो चीन भ्रमणको अन्त्यमा अमेरिकी राष्ट्रपति, चीनका राष्ट्रपति र रुसी राष्ट्रपतिबीच त्रिपक्षीय बैठकका साथ टुङ्ग्याउन लागेका छन्," वेल्सले भनिन्।

उनले ट्रम्पको भ्रमण जसमा मङ्गलवार फिलिपिन्समा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को शिखर सम्मेलनमा भाग लिने पनि उनले बताइन्।

अमेरिकी र रुसबीचको परमाणु अस्त्र नियन्त्रण सन्धि फेब्रुअरीमा सकियो जसले विश्वको सबैभन्दा ठूलो शस्त्रागारलाई प्रमुख सुरक्षा बिना छोड्यो र प्रभावकारी रूपमा हतियार नियन्त्रण सहयोगको अन्त्य गर्‍यो जसले शीतयुद्ध समाधान गर्न मद्दत गर्‍यो।

राष्ट्रसङ्घले दुवै पक्षलाई ढिलासुस्ती नगरी नयाँ ढाँचामा सहमति जनाउन आग्रह गरेको छ। तर ट्रम्पले भने आफूले यो सम्झौतालाई प्रतिस्थापन गरेर राम्रो सम्झौता गर्न सक्ने बताएका छन्।

अमेरिकाका पूर्व वरिष्ठ अधिकारी र विश्लेषकहरूले त्यति बेला बीबीसीलाई भनेका थिए, "बेइजिङ र मस्कोको सहयोग खोज्दा ठूलो अवरोध खडा हुनसक्छ र वर्षौँ लाग्न सक्छ।"

ट्रम्पले इरानमा बम खसाल्न चाहेको 'पिकएक्स माउन्टेन' के हो

साउदी अरेबिया र अमेरिकाबीच भएको परमाणु सम्झौताले कस्ता चिन्ता बढाएको छ?

सीले यो वर्षको सुरुमा केही दिनको फरकमा बेइजिङमा पुटिन र ट्रम्प दुवैलाई छुट्टाछुट्टै रूपमा बोलाएका थिए जबकि अमेरिकी राष्ट्रपतिले सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीलाई वासिङ्टनमा स्वागत गरेका थिए।

चिनियाँ सरकारी सञ्चारमाध्यमले शुक्रवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै एपेक शिखर सम्मेलनका क्रममा 'द्विपक्षीय' वार्तामा भाग लिने जनाएको थियो।

यसै महिनाको सुरुमा रुसको सरकारी समाचार एजेन्सी तासले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोफले शिखर सम्मेलनमा यस्ता वार्ताका लागि तयारी रहेको सङ्केत पाएको बताएका थिए।

इरानसँग प्रशोधित युरेनिअमको भण्डार छ – तर के उसले परमाणु अस्त्र बनाउन सक्छ?

पछिल्लो इरानी आक्रमणले इजरेललाई 'झस्काउनुका' कारण

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सञ्चारमन्त्री डा. तिमिल्सिना स्वदेश फिर्ता
Latest NewsJust now

सञ्चारमन्त्री डा. तिमिल्सिना स्वदेश फिर्ता

गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक २८ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना दोहा (कतार) मा भएको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२६ (आइटियू पीपी–२६... ...

गोरखापत्र
तीन जिल्लामा हल्का वर्षाको सम्भावना, जुम्लामा तापक्रम माइनस ३ सम्म झर्ने
Latest NewsJust now

तीन जिल्लामा हल्का वर्षाको सम्भावना, जुम्लामा तापक्रम माइनस ३ सम्म झर्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार आज राति पोखरा, ओखलढुङ्गा र ताप्लेजुङमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यी तीन जिल्लामा वर्षाको सम्भावना २०... ...

रातोपाटी
हराउँदै बट्टाई चरा
Latest NewsJust now

हराउँदै बट्टाई चरा

सन्तोष दहितदाङ, कात्तिक २८ गते । कुनै बेला दाङका खेतबारीमा हिउँद लागेसँगै प्रशस्तै देखिने बट्टाई चरा पछिल्लो समय दुर्लभ बन्दै गएको छ । धान काटिसकेपछि खेतमा बाँकी रहने धानको लिन (नि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play