Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

ट्रम्पसँगको भेटअघि सी-पुटिन वार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्पसँगको भेटअघि सी-पुटिन वार्ता
Photo / Coverage: केन्द्रबिन्दु

चीन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भनिएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार चीनको सेन्जेनमा उच्चस्तरीय वार्ता भएको छ । बिहीबार हुने सम्मेलनमा विश्व सुरक्षा, आणविक निःशस्त्रीकरण र प्रमुख शक्तिबीचको सम्बन्धबारे छलफल हुने अपेक्षा गरिएको छ । युक्रेन युद्धको विषय भने छलफलमा समावेश हुने वा नहुने स्पष्ट भइसकेको छैन । एपेक बैठकलाई सम्बोधन गर्दै पुटिनले बढ्दो सैन्य तथा राजनीतिक जोखिमका बेला विभाजनभन्दा एकता र अल्टिमेटमभन्दा संवाद आवश्यक रहेको बताए । उनले रुसमाथि लगाइएका पश्चिमी प्रतिबन्धले आफ्नो देशको आर्थिक विकास रोक्न नसकेको दाबी पनि गरे । चिनियाँ राष्ट्रपति सीले कृत्रिम बौद्धिकता ९एआई० र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने बताएका थिए । सी र पुटिनबीच ऊर्जा, वित्तीय सहकार्य तथा युक्रेन र उत्तर कोरियासम्बन्धी विषयमा पनि छलफल हुने रुसी अधिकारीहरूले जनाएका छन् । यसैबीच, ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग पनि चीनमा भेटवार्ता गर्ने इच्छा व्यक्त गरेका छन् । तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले त्यस्तो भेटको पुष्टि गरेका छैनन् । ट्रम्पले फिलिपिन्समा क्वाड समूहका अस्ट्रेलिया, जापान र भारतका नेताहरूसँग पनि भेट गरेका थिए । यसैक्रममा आसियान सम्मेलनमा सहभागी करिब दुई हजार प्रदर्शनकारीले अमेरिकी नीतिको विरोध गरेका थिए । अमेरिकी व्यापार नीतिप्रति असन्तुष्टि जनाउँदै चिनियाँ प्रधानमन्त्री ली छ्याङ, ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले व्यापारिक निर्भरता घटाउनुपर्ने धारणा राखेका थिए । यसैबीच, ट्रम्पले १० महिनाभित्र दुर्लभ खनिज उत्पादनमा अमेरिकाले चीनलाई उछिन्ने दाबी गरेका छन् । वासिङ्टनले सिङ्गापुर, मलेसिया, थाइल्यान्ड र इन्डोनेसियामा उन्नत एआई चिप्स निर्यात गर्न विशेष अनुमति लिनुपर्ने नयाँ नियम पनि सार्वजनिक गरेको छ । सिङ्गापुरले भने आफ्ना कम्पनीलाई विश्वसनीय रूपमा चिप्स उपलब्ध गराउने उपाय खोजिरहेको जनाएको छ । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट, भारत भ्रमणबारे छलफल
Latest NewsJust now

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट, भारत भ्रमणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा द्विपक्षीय सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल भएको हो । भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त ...

कर्पोरट खबर
यो सरकार एमालेमाथि निर्मम दमन गर्ने नीतिमा छ, प्रतिकारका लागि तयार रहनुपर्छः अध्यक्ष ओली
Latest NewsJust now

यो सरकार एमालेमाथि निर्मम दमन गर्ने नीतिमा छ, प्रतिकारका लागि तयार रहनुपर्छः अध्यक्ष ओली

• नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको निर्मम व्यवहारको प्रतिरोधका लागि अगुवा कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन्। • उनले सरकारको हमलाको संभावना र त्यसको प्रतिरोधमा लाखौं कार्यकर्ताको सहभागिता आवश्यक रहेको बताएका छन्। • ओलीले आफूलाई गिरफ्तार गर्दा कार्यकर्तामाथि भएको कुटपीटको घटनालाई पनि उल्लेख गरेका छन्। ...

नेपालबहस
जेलबाट छुटेलगत्तै एमालेको राष्ट्रिय भेलामा देखिए टोपबहादुर रायमाझी
Latest NewsJust now

जेलबाट छुटेलगत्तै एमालेको राष्ट्रिय भेलामा देखिए टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका बेला ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैदमुक्त भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन् । रायमाझी कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनले २५ प्रतिशत कैद छुट पाएका थिए ।  एमालेले आजदेखि काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा रायमाझी सहभागी ...

फरकधार
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच सिंहदरबारमा भेटवार्ता
Latest NewsJust now

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सो अवसरमा प्रधानमन्त्री शाहले रसुवा-भोटेकोशी बाढीपछि भारत सरकारले पुर्‍याएको सहयोगप्रति आभार प्रकट गरेका छन्। भेटमा दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्धलाई थप ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play