Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी
Photo / Coverage: केन्द्रबिन्दु

वासिङ्टन । मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने संकेत गरेका छन् । उनले बिहीबार ह्वाइट हाउसस्थित ओभल अफिसको ऐतिहासिक रिजोल्युट डेस्कमा ‘भिटो’ लेखिएको ठूलो रातो टोपी प्रदर्शन गरेका हुन् । ओभल अफिस र मन्त्रिपरिषद् कक्षलाई पुरातन वस्तु ऐनअन्तर्गत राष्ट्रिय स्मारकका रूपमा संरक्षण गर्ने घोषणापत्रमा हस्ताक्षर गर्ने क्रममा उनले उक्त टोपी प्रदर्शन गरेका थिए । यसअघि पनि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘भिटो’ लेखिएको रातो टोपीसहितको तस्बिर सार्वजनिक गरेका थिए । अमेरिकी संविधानअनुसार राष्ट्रपतिले कंग्रेसबाट पारित विधेयकमा भिटो लगाउन सक्छन् । तर त्यसलाई उल्ट्याउन प्रतिनिधिसभा र सिनेट दुवैमा दुईतिहाइ बहुमत आवश्यक पर्छ । फक्स न्युजसँग कुरा गर्दै उनले राष्ट्रपतीय भिटो अमेरिकी राष्ट्रपतिका शक्तिशाली संवैधानिक अधिकारमध्ये एक भएको बताएका छन् । विपक्षी दलले आफूलाई अस्वीकार्य विधेयक ल्याए त्यसलाई भिटो गर्ने पनि उनको चेतावनी थियो । यद्यपि, आगामी दुई वर्ष सबै विधेयकमा भिटो लगाएर बिताउने आफ्नो चाहना नरहेको उनले पोलिटिकोसँग बताएका छन् । डेमोक्रेटिक पार्टीको विजयपछि ट्रम्प प्रशासनमाथि कंग्रेसको निगरानी, अनुसन्धान र सुनुवाइ बढ्ने तथा राष्ट्रपतिका न्यायिक र मन्त्रिपरिषद्सम्बन्धी नियुक्ति रोकिन सक्ने सम्भावना छ । भारतीय मूलका अमेरिकी सांसद रो खन्नाले निर्वाचन परिणामलाई ट्रम्पप्रति जनताको ठूलो अस्वीकृतिको संज्ञा दिएका छन् । उनले डेमोक्रेटहरूले प्रतिनिधिसभामा २ सय ५० भन्दा बढी सिट जित्न सक्ने दाबी गर्दै मतदाताको मुख्य चिन्ता बढ्दो जीवनयापन खर्च र जारी युद्ध रहेको बताए । स्वास्थ्य सेवा, बाल हेरचाह र दैनिक उपभोग्य वस्तुको खर्च घटाउने विषयलाई डेमोक्रेटिक पार्टीले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । एएनआई

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि
Latest NewsJust now

तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

भक्तपुर । घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट... ...

रातोपाटी
गोरखामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
Latest NewsJust now

गोरखामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

अस्मिता सिंखडागोरखा, कात्तिक २१ गते । गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–८, माथिल्लो खोलखोलेस्थित गैरी चौतारामा ग. प्र. ०३–००१ प ०८१० नम्बरक... ...

गोरखापत्र
तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारी
Latest NewsJust now

तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारी

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका बेला उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ। तिहार तथा छठ पर्वका समयमा विद्युत् ... ...

नेपालखबर
दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग
Latest NewsJust now

दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग

• चर्चित कलाकार रमेश दुलाल ‘कागे’ले काग तिहारको अवसरमा २३औँ काग सम्मेलन काठमाडौंमा आयोजना गरेका छन्। • सम्मेलनको उद्देश्य काग तिहारको धार्मिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्नु र नेपाली मौलिक परम्पराको संरक्षण गर्नु हो। • दुलालले कागको आवाज निकाल्न सक्ने विशेष खुबीका साथ १७३ प्रकारका जनावर र चराचुरुङ्गीको आवाज पनि प्रस्तुत गर्दै आएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play