सिरहा।सिरहा नगरपालिका–११ भलुवाहीस्थित चोहर्वा–सिरहा सडकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–२२ का अम्रेशकुमार यादव र गोलबजारका श्रीदेव यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेशबहादुर पालले जानकारी दिए। चोहर्वाबाट सिरहातर्फ गइरहेको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना १ घ ५५३ नम्बरको ट्रक र सिरहाबाट चोहर्वातर्फ आइरहेको स ९ प ७६५० नम्बरको मोटरसाइकल ठोक्किँदा उनीहरुको मृत्यु भएको हो। ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको तथा दुर्घटनामा परेका दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए ।
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज


![कांग्रेसको आधिकारिकताबारे फैलाइएको हल्ला बदनियतपूर्ण: गगन थापा [भिडियो]](https://hamrakura.com/uploads/news/images/gagan-thapa-nc-19-07.jpg)


![‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै परेको छैन’ [भिडियोसहित]](https://www.lokpath.com/wp-content/uploads/2026/10/Gagan-thapa-1.jpg)
