Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

टेस्लाले जर्मनीको संकटग्रस्त अटो क्षेत्रलाई ३.३ अर्ब डलरको साइबरक्याब लगानीमार्फत टेवा दिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
टेस्लाले जर्मनीको संकटग्रस्त अटो क्षेत्रलाई ३.३ अर्ब डलरको साइबरक्याब लगानीमार्फत टेवा दिने
Photo / Coverage: टेक्नोलोजी खबर

टेस्लाले जर्मनीस्थित आफ्नो गिगाफ्याक्ट्रीमा ३ अर्ब यूरो (३.३ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। जर्मनीका अन्य कार निर्माता कम्पनीले उत्पादन र कर्मचारी संख्या घटाइरहेका बेला एलन मस्कको विद्युतीय कार कम्पनीले साइबरक्याब मोडेलको उत्पादन विस्तार गर्ने योजना अघि बढाएको हो। बर्लिननजिकैको ग्रुनहाइडमा थप उत्पादन केन्द्र निर्माण गर्ने योजनाले टेस्लाको युरोपस्थित एकमात्र कारखानालाई उत्पादन क्षमताका आधारमा जर्मनीकै सबैभन्दा ठूलो कार कारखाना बनाउन सक्छ। यसले फक्सवागनको वुल्फ्सबर्गस्थित मुख्य कारखानालाई पनि उछिन्नेछ। जर्मनीको कार उत्पादन क्षेत्रमा टेस्ला वृद्धि भइरहेको थोरै कम्पनीमध्ये एक बनेको छ। चिनियाँ कम्पनीसँगको प्रतिस्पर्धा बढ्दै गएपछि जर्मनीका प्रमुख कार निर्माता फक्सवागन, मर्सिडिज बेन्ज र बीएमडब्ल्यूले कर्मचारी कटौती गरिरहेका छन् र कारखाना बन्द गर्नेबारे पनि विचार गरिरहेका छन्। यद्यपि, जर्मनीमा टेस्लाले सहज वातावरण पाएको छैन। ग्रुनहाइड कारखानाविरुद्ध वातावरण संरक्षणसम्बन्धी विरोध प्रदर्शन भएका छन् भने देशको प्रभावशाली उत्पादन क्षेत्रको मजदुर युनियनसँग पटक–पटक विवाद भएको छ। पछिल्लो विस्तार योजनाको मुख्य आधार बन्ने भनिएको साइबरक्याब मोडेलको सम्भावनाबारे पनि प्रश्न उठिरहेका छन्। २०२९ देखि उत्पादन सुरु गर्ने योजना टेस्लाले दिएको जानकारीअनुसार ग्रुनहाइडमा वार्षिक १० लाखसम्म साइबरक्याब रोबोट्याक्सी उत्पादन गर्ने लक्ष्य राखेको छ। यद्यपि, यो मोडेल अहिलेसम्म कुनै पनि बजारमा व्यावसायिक रूपमा ठूलो परिमाणमा बिक्री नभएको रोयटर्सले उल्लेख गरेको छ। कम्पनीले यस परियोजनाका लागि भवन निर्माण अनुमति लिन आवश्यक आवेदन यस वर्षको अन्त्यअघि नै पेस गर्ने जनाएको छ। निर्माण कार्य सन् २०२७ को पहिलो छ महिनामा सुरु गर्ने र सन् २०२९ देखि उत्पादन थाल्ने योजना छ। टेस्लाले ग्रुनहाइड कारखानामा थप रोजगारी सिर्जना गर्ने पनि जनाएको छ। निर्माण र उत्पादन योजनाको पहिलो चरणका लागि केही सय नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरिएको छ। जर्मनीको कार उद्योगका लागि यो लगानी आवश्यक सकारात्मक समाचार भएको स्वीकार गर्दै अटो क्षेत्रका विश्लेषक म्याथियास स्मिटले भने यसबारे केही प्रश्न बाँकी रहेको बताए। उनले भने, “यो लगानीको कति हिस्सा दीर्घकालीन र दिगो रोजगारी सिर्जना गर्न प्रयोग हुन्छ र कति हिस्सा कम श्रमशक्ति चाहिने स्वचालित काममा खर्च हुन्छ भन्ने कुरा जर्मनीले सोध्नुपर्छ।” The post टेस्लाले जर्मनीको संकटग्रस्त अटो क्षेत्रलाई ३.३ अर्ब डलरको साइबरक्याब लगानीमार्फत टेवा दिने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यूरोपेली समूहले नर्डिक र बाल्टिक क्षेत्रमा एआई गिगाफ्याक्ट्री निर्माण गर्दै
TechnologyJust now

यूरोपेली समूहले नर्डिक र बाल्टिक क्षेत्रमा एआई गिगाफ्याक्ट्री निर्माण गर्दै

नोकिया, एनस्केल, स्केलेटन, टेलिया र भेर्डाले नर्डिक तथा बाल्टिक क्षेत्रमा विभिन्न स्थानमा फैलिएको एआई गिगाफ्याक्ट्री निर्माण गरिरहेका छन्। एआई गिगाफ्याक्ट्री नर्दर्न (एआईजीएफ नर्दर्न) नाम दिइएको यो परियोजना युरोपेली शासन व्यवस्थाअन्तर्गत सञ्चालन हुनेछ। यसअन्तर्गत विभिन्न स्थानमा रहेका केन्द्रहरूले ठूलो क्षमताको एआई कम्प्युटिङ पूर्वाधार, सार्वभौम क्लाउड तथा एआई प्लेटफर्म सेवा, उच्च क्षमताको कनेक्टिभिटी र न्यून कार्बन उत्सर्जन गर्ने ऊर्जा संयोजन गर्नेछन्। यसले नर्डिक र ...

टेक्नोलोजी खबर
क्यालिफोर्नियाद्वारा खतरनाक एआई मोडेलहरूका विषयमा ओपनएआई विरुद्ध मुद्दा दायर
TechnologyJust now

क्यालिफोर्नियाद्वारा खतरनाक एआई मोडेलहरूका विषयमा ओपनएआई विरुद्ध मुद्दा दायर

अमेरिकाको क्यालिफोर्निया राज्यले ओपनएआई विरुद्ध मुद्दा दायर गरेको छ। उक्त मुद्दामा कम्पनीले निगरानी तथा सुरक्षात्मक संयन्त्रहरू बिना नै खतरनाक एआई मोडेलहरू जानीजानी विकास र परीक्षण गरी सर्वसाधारणलाई भ्रममा पारेको तथा जोखिममा धकेलेको आरोप लगाइएको छ। क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले सोमबार कृत्रिम बुद्धिमत्ताको विशाल कम्पनी ओपनएआईलाई पर्याप्त सुरक्षा र अनुगमन बिना उन्नत एआई मोडेलहरू विकास गरेर जनतालाई खतरामा पारेको आरोपमा मुद्दा दायर ...

टेक्नोलोजी खबर
आईफोन डुओमा फेस अनलक सुविधा थपिँदै, आईओएस २७.३ बिटा सार्वजनिक
TechnologyJust now

आईफोन डुओमा फेस अनलक सुविधा थपिँदै, आईओएस २७.३ बिटा सार्वजनिक

एप्पलले आफ्नो फोल्ड गर्न मिल्ने स्मार्टफोन आईफोन डुओमा अनुहार पहिचानमार्फत फोन अनलक गर्न सकिने सुविधा थप गरेको छ। कम्पनीले सार्वजनिक गरेको आईओएस २७.३ को दोस्रो डेभलपर बिटा संस्करणमा यो सुविधा समावेश गरिएको हो। नयाँ अपडेटसँगै आईफोन डुओको सेटिङमा रहेको ‘टच आईडी एन्ड पासकोड’ विकल्पभित्र ‘अनलक विथ फ्रन्ट क्यामेरा’ नामको नयाँ सुविधा थपिएको छ। यसले फोन फोल्ड गरिएको अवस्थामा पनि अगाडिको क्यामेरामार्फत ...

टेक्नोलोजी खबर
जर्मन सरकारले सन् २०२७ मा फाइबर र मोबाइल नेटवर्कमा २.७ अर्ब युरोभन्दा बढी खर्च गर्ने
TechnologyJust now

जर्मन सरकारले सन् २०२७ मा फाइबर र मोबाइल नेटवर्कमा २.७ अर्ब युरोभन्दा बढी खर्च गर्ने

जर्मन सरकारले ब्रोडब्यान्ड र मोबाइल नेटवर्क विस्तार गर्न सन् २०२७ को बजेटमा करिब २.७ अर्ब युरो छुट्याएको छ। ‘डिजिटल रूपान्तरण तथा सरकारी आधुनिकीकरणसम्बन्धी संघीय मन्त्रालय’ का अनुसार, राष्ट्रिय फाइबर पूर्वाधार विस्तार गर्न र ‘गिगाबिट’ क्षमताका जडानहरू कार्यान्वयन गर्न आगामी वर्षको बजेटबाट २.६ अर्ब युरोभन्दा बढी रकम उपलब्ध हुनेछ। मन्त्रालयले सन् २०२७ का लागि करिब ५.२७ अर्ब युरोको कुल लगानी कोषको व्यवस्थापन ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play