Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

टेलिभिजन बहसमै पत्रकार र राजनीतिक विश्लेषकबीच कुटाकुट

Share:WhatsAppFacebookX (Twitter)Telegram
टेलिभिजन बहसमै पत्रकार र राजनीतिक विश्लेषकबीच कुटाकुट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राजनीतिक बहसका क्रममा दुई अतिथि विश्लेषकबीच भनाभन हुँदै हात हालाहाल भएको भिडियो आर्मेनियाको सार्वजनिक टेलिभिजनले जस्ताको तस्तै प्रसारण गरेपछि विवाद निम्त्याएको छ । नोभेम्बर १३ मा आर्मेनियाको सार्वजनिक टेलिभिजन च्यानल १ टिभीको ‘द ग्रेट डिबेट’ कार्यक्रम रेकर्ड गर्ने क्रममा राजनीतिक विश्लेषक हरुत्युन मक्र्तच्यान र पत्रकार बोरिस मुराजीबीच विवाद सुरु भएको थियो । कार्यक्रममा विपक्षी दलहरूको राजनीतिक गतिविधि र गठबन्धनबारे छलफल भइरहँदा दुवैले एकअर्कामाथि व्यक्तिगत आरोप र अपशब्द प्रयोग गरेका थिए । विवाद बढ्दै जाँदा मुराजीले टेबलबाट उठेर मक्र्तच्यानमाथि प्रहार गरेपछि दुवैबीच मुक्का हानाहान र हात हालाहाल भएको थियो । प्रस्तोतासहित कार्यक्रमका अन्य सहभागीले उनीहरूलाई छुट्याउने प्रयास गरेका थिए । नोभेम्बर १५ मा प्रसारण गरिएको उक्त कार्यक्रममा टेलिभिजनले गालीगलौज र कुटाकुटको दृश्यसमेत हटाएन । प्रस्तोता तातेभ डानिल्यानले घटनालाई एकअर्काप्रति मात्र नभई दर्शकप्रतिको अपमानको संज्ञा दिइन् । तर, आर्मेनियाको टेलिभिजन तथा रेडियो आयोगले हिंसा र अपशब्दलाई सम्पादन नगरी प्रसारण गर्ने निर्णयको आलोचना गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१३८ वटा सेयरको मूल्य बढ्यो, करिब ४ अर्बको किनबेच
Latest NewsJust now

१३८ वटा सेयरको मूल्य बढ्यो, करिब ४ अर्बको किनबेच

सेयरबजार बिहीबार ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा चढेको छ।  सूचक बढेको दिन ३ अर्ब ८७ करोडको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले उल्लेख गरेको छ।  यस कारोबारमा १३८ वटा सेयरको मूल्य बढ्दा १३२ वटाको भनेको घटेको छ। नेप्सेका अनुसार १० वटा सेयरको मूल्य अपरिवर्तित छ। यस दिन सेयरहरु अधिकतम ६ प्रतिशतले बढेका र ५.४५ प्रतिशतले घटेका छन्।  कारोबारमा... ...

नेपालखबर
मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकोमा सांसदहरूको आपत्ति
Latest NewsJust now

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकोमा सांसदहरूको आपत्ति

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले प्रस्तावित मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८३ मा ‘वेश्यावृत्ति’ शब्द राखिएकोमा आपत्ति जनाएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको महिला तथा... ...

रातोपाटी
७७ जिल्लामै पुग्यो सरकारी कुरियर सेवा, घरमै पुग्दै राहदानीदेखि लाइसेन्ससम्म
Latest NewsJust now

७७ जिल्लामै पुग्यो सरकारी कुरियर सेवा, घरमै पुग्दै राहदानीदेखि लाइसेन्ससम्म

काठमाडौं । सरकारले ‘गभर्मेन्ट कुरियर’ सेवा विस्तार तथा आधुनिकीकरणलाई तीव्रता दिएको छ । हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै सरकारी कागजात तथा विभिन्न सामग्री घरदैलोमै पुर्‍याउने उद्देश्यले ‘गभर्मेन्ट कुरियर’ सेवा विस्तार गरिएको हो । विभागले राहदानी, नागरिकता प्रतिलिपि, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य सामग्री, सिमकार्डलगायत सरकारी सामग्री घरमै पुर्‍याउने सेवासहित देशभर हुलाक सेवा सुधारका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । विभागले ...

केन्द्रबिन्दु
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
Latest NewsJust now

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

• बाजुरामा स्याउखेतीमा उत्पादन वृद्धि हुँदै गएको छ, यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन भएको छ। • स्याउको बिक्रीमा समस्या रहेको छ, उत्पादनको ५६ प्रतिशत मात्र बिक्री भएको र किसानले उचित मूल्य पाउन चुनौती भोगिरहेका छन्। • सडक र ढुवानी सेवाको अभावले स्याउ बजारमा पुर्याउन कठिनाइ भइरहेको छ, जसले किसानको आम्दानीमा असर पारेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play