Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु गरेको छ । बिहीबार टेकु फोहर संकलन केन्द्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्त रुपमा पुनःनिर्मित टेकु बायो–मिथेनेसन प्लान्टको उद्घाटन गरेका हुन् । परियोजनाको परीक्षण सुरु भएसँगै कुहिने फोहोरको व्यवस्थापनका साथै नवीकरणीय ऊर्जा र जैविक मल उत्पादनसँग जोड्ने नीति अघि बढाउने सहज हुने महानगरको विश्वास छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठले ७५३ वटै स्थानीय पालिकालाई यस्ता कार्यक्रम सुरु गर्न आह्वान गर्दै समन्वय भएमा त्यस्तै प्लान्टमा साझेदार बन्न मन्त्रालय तयार रहेको बताए । ‘एलपीजी मुक्त स्थानीय सरकार’ घोषणाअनुसार उत्पादन हुने ग्यासलाई उपयोग गर्न नीतिगत अस्पष्टतामा सहकार्य गर्नुपर्ने उनले बताए । उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक संसद्मा दर्ता भइसकेको सन्दर्भमा पाइपलाइन र ग्यास वितरणसम्बन्धी विषयमा संसद्मा घनिभूत छलफल गरी नीतिगत सम्बोधन वा छुट्टै प्रावधान आवश्यक पर्ने–नपर्नेबारे छलफल गर्न सकिने धारणा राखे । उनले फोहर व्यवस्थापनमा सरकारी तथा जिम्मेवार निकाय मात्र सक्रिय भएर नपुग्ने भएकाले आम नागरिकमा जनचेतना अभिवृद्धि र सहयोग अपरिहार्य रहेको धारणा राखे । त्यस्तै, काठमाडौं महानगरकी कार्यवाहक प्रमुख डंगोलले बायोग्यास प्लान्ट सञ्चालनपछि उत्पादन हुने ग्यास कसरी वितरण गर्ने भन्ने स्पष्ट नीति अझै नबनेको, घर–घरमा सिलिन्डर पुर्‍याउने पाटोसँगै पाइपलाइन वितरणको नीति तत्काल आवश्यक रहेको बताइन् । परीक्षण सञ्चालन सुरु भई ग्यास उत्पादन हुन थालेपछि वितरणको अन्योल हुने भएकाले पाइपलाइन वितरणसम्बन्धी नीति छिटो ल्याउन उनले आग्रह गरिन् । उनले फोहोरलाई मोहर बनाउने, ‘वेस्ट टु इनर्जी’ तथा ‘वेस्ट टु इकोनोमी’का विविध पक्षलाई समेट्दै फोहोरको उपयोगी प्रयोग गर्न छुट्टै नीति आवश्यक रहेको धारणा राखिन् । करिव १० बर्ष अघि निर्र्माण भएको टेकु बायो–मिथेनेसन प्लान्ट केहि समयमा नै बन्द भएको थियो । महानगरले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसंगको समन्वयमा पुनः परिक्षण सुरु गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हावाहुरीले सुन्तला झारेपछि म्याग्दीका किसानलाई लाखौँको क्षति
Latest NewsJust now

हावाहुरीले सुन्तला झारेपछि म्याग्दीका किसानलाई लाखौँको क्षति

• म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आएको हावाहुरीले सुन्तला बगैँचामा ठूलो क्षति पुर्याएको छ, जसका कारण किसानको मेहनत खेर गएको छ। • हावाहुरीले घर, विद्यालय र स्वास्थ्य चौकीमा पनि क्षति पुर्याएको छ, र गाउँपालिकामा क्षतिको विवरण सङ्कलन भइरहेको छ। • प्रभावित किसानलाई राहत र पुनर्निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिने जानकारी दिइएको छ। ...

नेपालबहस
बायोग्यास वितरणको नीति बनाउन डंगोलको माग
Latest NewsJust now

बायोग्यास वितरणको नीति बनाउन डंगोलको माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणका लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा उनले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति... ...

रातोपाटी
भवन र पुल शिलान्याससँगै कागजबाट निर्माण चरणमा
Latest NewsJust now

भवन र पुल शिलान्याससँगै कागजबाट निर्माण चरणमा

गोरखा । गोरखा र धादिङको साँध चिरेर सुसाउने बुढीगण्डकीको छालमा बितेका १३ वर्षदेखि एउटै अधुरो सपना बगिरह्यो। ‘एक दिन यो नदी थुनिनेछ, विशाल ताल बन्नेछ र देश झलमल्ल हुनेछ’ भन्ने त्यहाँका... ...

रातोपाटी
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान
Latest NewsJust now

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि धमाधम रुख कटान

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनका केही स्थानमा रुख कटानको काम धमाधम अगाडि बढाइएको छ । प्रसारण लाइन निर्माणका क्रममा काट्नुपर्ने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement