Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

टीभीएस नेपालद्वारा अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
टीभीएस नेपालद्वारा अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल सार्वजनिक
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । टीभीएस मोटर कम्पनीको साझेदार जगदम्बा मोटर्स प्रालिले अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रमबाट नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्स प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरे। अनावरणपछि मञ्चबाटै मोटरसाइकलको विशेषताबारे जानकारी दिँदै टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले भने, ‘अपाचे २०० ४भी यू.एस.डी. को मुख्य विशेषता यसको रिफाइन्ड इन्जिन र सहज प्रदर्शन हो। यसका साथै एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल(च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टमले राइडरलाई उत्कृष्ट, सुरक्षित र प्रविधियुक्त राइडिङ अनुभव प्रदान गर्छ।’ नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडीमा रिफाइन्ड इन्जिन र सहज प्रदर्शनका साथै एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, ड्युअल(च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम रहेका छन्। यी विशेषताले यस मोटरसाइकललाई प्रदर्शन, सुरक्षा र प्रविधिको सन्तुलित संयोजनका रूपमा प्रस्तुत गरेको छ। यस मोटरसाइकलमा तीन राइड मोड रहेका छन्। दैनिक यात्राका लागि अर्बन मोड, मोटरसाइकलको रोमाञ्चक प्रदर्शन अनुभव गर्न स्पोर्ट मोड, र ट्र्याक्सन कन्ट्रोल सिस्टमको सहायताले चल्ने रेन मोड राइडरले आफ्नो आवश्यकता र सडकको अवस्थाअनुसार छनोट गर्न सक्नेछन्। यो मोटरसाइकल ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई रङमा उपलब्ध छ। नेपाली बजारमा अपाचे आरटीआर २०० ४भी यूएसडीको मूल्य ४,५९,९०० रूपैयाँ तोकिएको छ। यो मोटरसाइकल नेपालभरका टीभीएस शोरुममा उपलब्ध रहेकाे बताइएकाे छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टीभीएसको नयाँ अपाचे आरटीआर २००४भी यूएसडी नेपाली बजारमा सार्वजनिक
Latest NewsJust now

टीभीएसको नयाँ अपाचे आरटीआर २००४भी यूएसडी नेपाली बजारमा सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक साझेदार जगदम्बा मोटर्स प्रालिले नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले शनिबार आयोजित ‘अपाचे ट्र्याक एक्सपेरियन्स’ (एटीई) कार्यक्रममार्फत नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो। टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दीपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरेका हुन्। नयाँ मोटरसाइकलमा ...

कर्पोरट खबर
नेपालका कवाड सामग्री भारतमा खपत, वर्षेनी करोडौंको निर्यात
Latest NewsJust now

नेपालका कवाड सामग्री भारतमा खपत, वर्षेनी करोडौंको निर्यात

काठमाडौं । नेपालमा प्रयोग भएर फालिएका तथा पुनः प्रयोग गर्न सकिने कवाड सामग्री भारतका लागि भने आम्दानीको स्रोत बन्दै गएको छ । नेपालबाट वर्षेनी करोडौं रुपैयाँ बराबरका कवाड सामग्री भारत निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालमा खेर गएका जस्ता, विभिन्न धातुजन्य फोहोर तथा टुक्राटाक्री भारतमा निर्यात हुँदै आएका छन् । प्रयोगपछि बेकार ठानिएका यस्ता सामग्री संकलन गरी ...

केन्द्रबिन्दु
दशौँ राष्ट्रिय खेलकुदको अन्तिम खेल तालिका र स्थान टुङ्गो लाग्यो
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदको अन्तिम खेल तालिका र स्थान टुङ्गो लाग्यो

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ को अन्तिम खेल तालिका र आयोजना स्थल टुङ्गो लागेको छ । सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते हुने भए पनि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play