Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

टीभीएस एनटीओआरक्यू प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
टीभीएस एनटीओआरक्यू प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ। यस कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टीभीएस एनटीओआरक्यूू आबद्ध भएको छ। नेपाली युवापुस्तामाझ लोकप्रियता कमाउँदै आएको हिप–हप संस्कृतिलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित एनटीओआरक्यूू ले यस कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको हो। मलिन मिडिया एन्ड इभेन्ट प्राइभेट लिमिटेडले नेपालमा ल्याउन लागेको हसल बाई नेपहप लाई एनटीओआरक्यूू प्रिजेन्टको रूपमा प्रस्तुत गरिनेछ। कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने यो कार्यक्रमलाई प्रिमियम र्‍याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरको र्‍याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रमको मुख्य केन्द्रमा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिप–हप पहिचान रहनेछ। कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ। स्थापित र्‍यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाएको छ। ‘गल्लीदेखि ग्लोरीसम्म’ भन्ने मूल भावनासहित अघि बढ्ने हसल बाई नेपहप ले नेपाली हिप–हप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च प्रदान गर्दै नेपाली संगीतको नयाँ सम्भावनालाई उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ। कार्यक्रमको प्रसारण मिति तथा अन्य विस्तृत जानकारी चाँडै सार्वजनिक कम्पनीले जानकारि दिएको छ। The post टीभीएस एनटीओआरक्यू प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो ४९.३% बजार हिस्सा | नेपालमा मूल्य कति?
TechnologyJust now

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो ४९.३% बजार हिस्सा | नेपालमा मूल्य कति?

३० कात्तिक, काठमाडौं। प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार अक्टोबर २०२६ मा मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा (२,२६२ युनिट) ओगट्दै प्रोटोन ई.मास ५ सर्वाधिक बिक्री हुने विद्युतीय सवारी बनेको छ। प्रोटोन ई.मास ७ को ५५४ युनिटसहित प्रोटोनले मलेसियाको ईभी बजारमा ६१.३ प्रतिशत हिस्सा कब्जा गरेको छ। […] The post प्रोटोन ई.मास ५ ...

आइसिटी फ्रेम
के माइक्रोसफ्टले हालै भएको सेवा अवरुद्ध वापत् क्षतिपूर्ति दिन्छ? यस्तो छ कम्पनीको नीति
TechnologyJust now

के माइक्रोसफ्टले हालै भएको सेवा अवरुद्ध वापत् क्षतिपूर्ति दिन्छ? यस्तो छ कम्पनीको नीति

माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरुद्ध भएपछि प्रभावित ग्राहकले थप सेवा क्रेडिट पाउन योग्य छन् कि छैनन् भन्नेबारे कम्पनीका नीतिहरूको समीक्षा गरिरहेका छन्। कम्पनीले सेवा पुनः सञ्चालन गर्ने र अवरोधको कारण पत्ता लगाउने काम गरिरहेका बेला प्रभावित ग्राहकले क्षतिपूर्ति पाउन सक्ने वा नसक्ने विषयमा चर्चा भइरहेको छ। रेडिटका एक प्रयोगकर्ताले लेखेका छन्, “आजको सेवा अवरोधका लागि माइक्रोसफ्टले तपाईंलाई पैसा तिर्नुपर्छ।” उनले माइक्रोसफ्टको सेवा स्तर सम्झौता ...

टेक्नोलोजी खबर
एआई संगीत र यसका सर्जकलाई सम्मान गर्न अमेरिकामा पहिलो अवार्ड समारोह
TechnologyJust now

एआई संगीत र यसका सर्जकलाई सम्मान गर्न अमेरिकामा पहिलो अवार्ड समारोह

कृत्रिम बुद्धिमता (एआई) को सहयोगमा तयार पारिएका गीत र तिनका सर्जकलाई सम्मान गर्न अमेरिकामा शुक्रबार पहिलो पटक एआई म्युजिक अवार्ड समारोह आयोजना गरिएको छ। एआईको प्रयोगबाट संगीत सिर्जना गर्ने विषयले आलोचना र कानुनी विवाद निम्त्याइरहेका बेला यस्तो संगीतले लाखौँ पटक स्ट्रिमिङ पाउनुका साथै संगीत चार्टमा समेत स्थान बनाउन थालेको छ। लस एन्जलसको डाउनटाउनमा आयोजित समारोहमा प्रस्तोता र पुरस्कार विजेताहरूले एआईबाट तयार ...

टेक्नोलोजी खबर
जमिनमा देखिएको एउटा समस्याले हजारौँ माइल टाढाका उडानलाई कसरी प्रभावित गर्न सक्छ?
TechnologyJust now

जमिनमा देखिएको एउटा समस्याले हजारौँ माइल टाढाका उडानलाई कसरी प्रभावित गर्न सक्छ?

अमेरिकाका क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूले जटिल सञ्चार सञ्जालमार्फत एकअर्कासँग सम्पर्क गर्छन्। यो सञ्जाल देशकै सबैभन्दा ठूलो दूरसञ्चार प्रणालीमध्ये एक हो। हवाई उड्डयन विज्ञका अनुसार शुक्रबार देखिएको जस्तो समस्या र देशभरका उडान घण्टौँसम्म रोक्नुपर्ने अवस्थाले व्यापक असर पार्न सक्छ। उडान मार्ग परिवर्तन गर्न बाध्य भएका एयरलाइन्सको सेवा आइतबार रातिसम्म पूर्ण रूपमा सामान्य अवस्थामा फर्किने संघीय अधिकारीहरूले अनुमान गरेका छन्। अमेरिकाको संघीय उड्डयन ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play