काठमाडौं । टिभिएस मोटर कम्पनीको साझेदार जगदम्बा मोटर्स प्रालिले अपाचे ट्र्याक एक्सपेरियन्स (एटिई) कार्यक्रमबाट नयाँ अपाचे आरटिआर २०० ४ भी युएसडी मोटरसाइकल सार्वजनिक गरेको छ । टिभिएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्स प्रालिका प्रमुख सञ्चालन अधिकृत दिपेन्द्र मिश्रले संयुक्तरूपमा वाइक अनावरण गर्नुभएको हो । सो अवसरमा टिभिएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले भन्नुभयो, ‘अपाचे २०० ४ भी युएसडीको मुख्य विशेषता यसको रिफाइन्ड इञ्जिन र सहज प्रदर्शन हो ।

साथै एलइडी डिआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टिभिएस स्मार्ट एक्सकनेक्टसहितको टिएफटी डिस्प्ले, ड्युअल-च्यानल एबिएस र ट्र्याक्सन कन्ट्रोल सिस्टमले राइडरलाई उत्कृष्ट, सुरक्षित र प्रविधियुक्त राइडिङ अनुभव प्रदान गर्छ ।’ कम्पनीका अनुसार नयाँ अपाचे आरटीआर २०० ४ भी युएसडीमा रिफाइन्ड इञ्जिन र सहज प्रदर्शनका साथै एलइडी डिआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टिभिएस स्मार्ट एक्सकनेक्टसहितको टिएफटी डिस्प्ले, ड्युअल-च्यानल एबिएस र ट्र्याक्सन कन्ट्रोल सिस्टम रहेका छन् । यसैबीच जगदम्बा मोटर्सले काठमाडौंमा नेपालको पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (इभी) शोरुम सञ्चालनमा ल्याएको छ ।

एक विशेष समारोहबीच टिभिएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्तरूपमा शोरुम उद्घाटन गर्नुभएको हो । नयाँ शोरुम सञ्चालनसँगै नेपालमा टिभिएसको प्रिमियम तथा विद्युतीय सवारीसाधनको बजार उपस्थिति थप विस्तार हुने कम्पनीले विश्वास लिएको छ । शोरुम उद्घाटनका अवसरमा बाइक र्यालीसमेत आयोजना गरिएको थियो । सोही अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावित क्षेत्रका विभिन्न सरकारी तथा सार्वजनिक संस्थालाई २५ वटा टिभिएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको थियो ।

नुवाकोट र रसुवाका जिल्ला प्रहरी कार्यालय, कारागार, स्थानीय तह, सरकारी विद्यालय तथा अस्पताललगायतका संस्थालाई मोटरसाइकल प्रदान गरिएको कम्पनीले जनाएको छ । शोरुममा टिभिएस अपाचे आरटिआर २०० ४ भी युएसडी प्रोजेक्टर, अपाचे आरटिआर १६० ४ भी युएसडी प्रोजेक्टर, टिभिएस रोनिन, टिभिएस रोनिन अगोन्डा, टिभिएस आइक्युब र टिभिएस अर्बिटर राखिएका छन् ।

टिभिएसको नयाँ अपाचे २०० ४

Read Complete Original Article
Published originally on हिमालय टाइम्स