Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

टिकटकलाई नेपालको पर्यटन र संस्कृतिलाई विश्वसँग जोड्ने दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्न चाहन्छौं-मन्त्री डा. तिमिल्सिना

Share:WhatsAppFacebookX (Twitter)Telegram
टिकटकलाई नेपालको पर्यटन र संस्कृतिलाई विश्वसँग जोड्ने दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्न चाहन्छौं-मन्त्री डा. तिमिल्सिना
Photo / Coverage: टेक्नोलोजी खबर

सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘#VisitNepal’ अभियान सुरु गरेको छ। आज काठमाडौंमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा अभियानको औपचारिक सुरुवात गरिएको हो। अभियानमार्फत नेपालको संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय गन्तव्यलाई टिकटकका माध्यमबाट अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने लक्ष्य राखिएको छ। सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुने अभियानले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। अभियानअन्तर्गत टिकटकले यूरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरलाई नेपाल ल्याएको छ। उनीहरू अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्ना अनुभव टिकटकमार्फत विश्वभरका दर्शकमाझ साझा गरिरहेका छन्। यसबाट नेपालका चर्चित पर्यटकीय स्थलसँगै कम प्रचारप्रसारमा रहेका गन्तव्यलाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने टिकटकको अपेक्षा छ। अभियानलाई थप प्रभावकारी बनाउन टिकटकले छुट्टै ‘#VisitNepal’ ह्यासट्याग पेजसमेत सञ्चालनमा ल्याएको छ। नेपाल पर्यटन बोर्डले टिकटकको कोल्याब फिचर प्रयोग गरी नेपाली सेलिब्रेटी तथा स्थानीय कन्टेन्ट क्रिएटरसँग सहकार्य गर्नेछ। यसका साथै लोकप्रिय पर्यटकीय गन्तव्यबाट लाइभस्ट्रिम सञ्चालन गरेर विश्वभरका मानिसलाई भर्चुअल रूपमा नेपालको अनुभव गराउने योजना पनि अभियानमा समेटिएको छ। कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल प्लेटफर्मले पर्यटकीय गन्तव्यबारे जानकारी लिने र यात्रा तय गर्ने तरिकामा परिवर्तन ल्याएको बताए। उनले एउटा डिजिटल कथाले विश्वको अर्को कुनामा रहेको व्यक्तिलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न सक्ने उल्लेख गर्दै टिकटकलाई नेपालको पर्यटन, संस्कृति, सिर्जनशीलता र युवालाई विश्वसँग जोड्ने दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्न चाहेको बताए। टिकटकका मध्यपूर्व, युरेसिया तथा अफ्रिका क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले नेपालमा ठूलो पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै अभियानमार्फत त्यसलाई विश्वभरका दर्शकमाझ पुर्‍याउने उद्देश्य रहेको बताए। उनका अनुसार यस सहकार्यले नेपाल भ्रमणका लागि पर्यटकलाई प्रेरित गर्नुका साथै नेपाली कन्टेन्ट क्रिएटरलाई अवसर प्रदान गर्न र साना व्यवसायलाई सहयोग पुर्‍याउन भूमिका खेल्नेछ। टिकटक र नेपाल पर्यटन बोर्डबीचको यो सहकार्य नयाँ भने होइन। यसअघि दुवै पक्षको सहकार्यमा डिजिटल स्टोरीटेलिङ सीप विकाससम्बन्धी कार्यशाला आयोजना गरिएको थियो। उक्त कार्यशालाबाट ३०० भन्दा बढी नेपाली पर्यटन उद्यमी तथा कन्टेन्ट क्रिएटरले तालिम लिएका थिए। नयाँ अभियानले सरकार, निजी क्षेत्र, सञ्चारमाध्यम र कन्टेन्ट क्रिएटर समुदायलाई जोड्दै नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमको उपयोग विस्तार गर्ने अपेक्षा गरिएको बताइएको छ। The post टिकटकलाई नेपालको पर्यटन र संस्कृतिलाई विश्वसँग जोड्ने दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्न चाहन्छौं-मन्त्री डा. तिमिल्सिना appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आँधीबेहरी र बाढीका कारण मोबाइल नेटवर्कमा वार्षिक ३ अर्ब डलर बराबरको नोक्सानी हुने जीएसएमएको अनुमान
TechnologyJust now

आँधीबेहरी र बाढीका कारण मोबाइल नेटवर्कमा वार्षिक ३ अर्ब डलर बराबरको नोक्सानी हुने जीएसएमएको अनुमान

जीएसएमएको अनुमान अनुसार सन् २०५० सम्ममा आँधीबेहरी र बाढीका कारण मोबाइल नेटवर्कहरूलाई वार्षिक ३ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी हुन सक्छ। जलवायु लचिलोपन सम्बन्धी जीएसएमएको नयाँ प्रतिवेदन अनुसार, सन् २०५० सम्ममा भीषण आँधीबेहरी र बाढीका कारण मोबाइल सेवा प्रदायकहरूले व्यहोर्नुपर्ने विश्वव्यापी नोक्सानी वार्षिक ३ अर्ब अमेरिकी डलर पुग्न सक्छ, जुन हाल करिब १.७ अर्ब अमेरिकी डलर रहेको छ। यस संस्थाले मोबाइल नेटवर्कहरूमा ...

टेक्नोलोजी खबर
आईसीटी अवार्ड २०२६ : सेमिफाइनलिस्टलाई अनुभवी उद्यमी तथा विज्ञबाट मेन्टरसिप
TechnologyJust now

आईसीटी अवार्ड २०२६ : सेमिफाइनलिस्टलाई अनुभवी उद्यमी तथा विज्ञबाट मेन्टरसिप

काठमाडौं । नेपालको सबैभन्दा ठूलो प्रविधि अवार्डका रूपमा परिचित आईसीटी अवार्ड २०२६ का सेमिफाइनलिस्टहरूका लागि मेन्टरिङ सेसन आयोजना गरिएको छ ।बिहिबार आयोजित उक्त कार्यक्रममा प्रविधि क्षेत्रका नेतृत्वकर्ता, अनुभवी उद्यमी तथा विज्ञहरूले सहभागीहरूलाई व्यवसाय सञ्चालन, स्टार्टअप यात्रा र उद्यमशीलतासम्बन्धी महत्वपूर्ण सुझाव तथा अनुभव आदानप्रदान गरेका छन् ।मेन्टरिङ सेसनमा सुमन शाक्य, मोना न्याछ्यों, रिचन श्रेष्ठ, ध्रुव अधिकारी, रञ्जित आचार्य, सञ्जोग कोइराला, इ. ...

आइसिटी समाचार
ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न
TechnologyJust now

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

२० कात्तिक, काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गर्नुभएको हो । करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो […] The post ग्लोबल आइएमई ...

आइसिटी फ्रेम
शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा
TechnologyJust now

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

२० कात्तिक, काठमाडौं। शाओमी नेपालले चाडपर्वलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘शाओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गरिरहेको छ । यस योजनाअन्तर्गत सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्म विभिन्न मितिका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेताहरू घोषणा गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, रेडमी वाच ६ एक्टिभका […] The post शाओमीको उपहार ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play