Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

टिकटकमा फ्यामिली पेयरिङ सुविधा

Share:WhatsAppFacebookX (Twitter)Telegram
टिकटकमा फ्यामिली पेयरिङ सुविधा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । टिकटकले आफ्नो फ्यामिली पेयरिङ सुविधा नयाँ स्वरूपमा सार्वजनिक गरेको छ । थपिएका नयाँ फिचरले टिन्स (किशोरकिशोरी)ले उक्त प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउनुका साथै उनीहरूको अनलाइन अनुभव सुरक्षित र सकारात्मक बनाउन आवश्यक निर्णय लिन पनि सहयोग गर्ने बताइएको छ । कम्पनीका अनुसार नयाँ स्वरूपको फ्यामिली पेयरिङ ड्यासबोर्डमा चार प्रमुख विषयसँग सम्बन्धित जानकारी एकै ठाउँमा उपलब्ध हुनेछ । जसमा स्क्रिन टाइम, अनलाइन अन्तरक्रिया, कन्टेन्टसम्बन्धी रुचि र पब्लिक पोस्ट समेटिएका छन् । नयाँ फिचर टिन्सका लागि टिकटकले यसअघि नै लागू गरेका सुरक्षा उपायहरूको निरन्तरता हो । टिन्सका एकाउन्टमा पूर्वनिर्धारित प्राइभेसी एण्ड सेक्युरिटी सेटिङ, प्राइभेट एकाउन्ट र एज-अप्रोप्रिएट कन्टेन्ट पोलिसीहरू लागू गरिएका छन् । साथै, टिन्सका एकाउन्टमा स्क्रिन टाइम पनि पूर्वनिर्धारितरूपमा दैनिक ६० मिनेट तोकिएको छ, जसले उनीहरूको डिजिटल बानी व्यवस्थापन गर्न आधार प्रदान गर्छ । नयाँ अपडेटसँगै अभिभावकका लागि तयार गरिएको ड्यासबोर्डमा स्क्रिन टाइमसम्बन्धी जानकारीलाई थप प्राथमिकता दिइएको छ । अब सोही जानकारी ड्यासबोर्डमा सबैभन्दा पहिले देखिनेछ । अभिभावकले आफ्ना टिन्सले औसतमा कति समय टिकटक चलाउँछन्, रातीको समयमा कति समय प्रयोग गर्छन् र स्क्रिन टाइम व्यवस्थापनका लागि कस्ता सेटिङ प्रयोग गरिरहेका छन् भन्ने हेर्न सक्नेछन् । त्यस्तै, अन्तरक्रियासम्बन्धी सुविधाले टिन्सको फलोअर र उनीहरूले फलो गरेका एकाउन्टको संख्यामा आएको परिवर्तन, उनीहरू सम्पर्कमा रहेका एकाउन्ट तथा ब्लक गरेका एकाउन्टबारे जानकारी उपलब्ध गराउनेछ । आगामी महिनामा अभिभावकले आफ्ना टिन्सले टिकटकमा कसलाई मेसेज गरिरहेका छन् भन्ने जानकारी पनि हेर्न सक्ने फिचर ल्याउने योजना रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अभिभावकले आफ्ना टिन्सको कन्टेन्टसम्बन्धी रुचिबारे पनि थप जानकारी पाउनेछन् । जसका लागि उनीहरूले फलो गरेका भेरिफाइड क्रिएटरका केही भिडियोहरू देखाइनेछ । जसबाट टिन्सहरू टिकटकमा कस्ता कम्युनिटी र विषयवस्तुबाट प्रभावित भइरहेका छन् भन्ने बुझ्न सहयोग पुग्नेछ । टिकटकले परामर्श गरेका ८० प्रतिशतभन्दा बढी अभिभावकले त्यस्तो फिचर उपलब्ध हुनुपर्ने बताएका थिए । नयाँ ड्यासबोर्डमा पब्लिक पोस्टसम्बन्धी जानकारी पनि समावेश गरिएको छ । जसमार्फत् अभिभावकले आफ्ना टिन्सले प्रत्येक साता सार्वजनिकरूपमा पोस्ट गरेका कन्टेन्ट र ती पोस्टमा प्राप्त भ्युजको संख्या हेर्न सक्नेछन् । कम्पनीका अनुसार नयाँ फ्यामिली पेयरिङ फिचर तीन प्रमुख सिद्धान्तका आधारमा विकास गरिएको छ । पहिलो, स्पष्ट र उपयोगी जानकारी उपलब्ध गराउने, दोस्रो, अभिभावकलाई सुसूचित निर्णय लिन सहयोग पुग्ने सन्दर्भ र विवरण प्रदान गर्ने र तेस्रो, टिन्सको गोपनीयता सम्मान गर्ने रहेका छन् । हरेक परिवारका आवश्यकता फरक हुने भएकाले अभिभावकीय सुविधाले अनलाइन गतिविधि नियन्त्रणमा मात्र जोड नदिई अभिभावक र टिन्सबीच अर्थपूर्ण संवाद प्रोत्साहन गर्नुपर्ने भन्ने मान्यतामा उक्त फिचर आधारित छ । टिकटकले परामर्श गरेका ७० प्रतिशतभन्दा बढी अभिभावकले आफ्ना टिन्ससँग संवाद सुरु गर्न सहयोग गर्ने टुल आवश्यक रहेको बताएका थिए । उल्लेखित जानकारी हरेक दिन अपडेट हुनेछन् । जसले अभिभावकलाई समयसँगै टिन्सको डिजिटल गतिविधिमा आएको परिवर्तन बुझ्न र आवश्यकताअनुसार ड्यासबोर्डबाटै सेटिङ चेन्ज गर्न सहज बनाउनेछ । साथै जानकारीलाई आफ्ना टिन्ससँग संवाद सुरु गर्ने आधारका रूपमा पनि प्रयोग गर्न सकिनेछ । नयाँ स्वरूपको उक्त फिचर वेब ब्राउजरबाट समेत प्रयोग गर्न सकिनेछ । जसले कम्प्युटरबाट टिकटक प्रयोग गर्न रुचाउने वा टिकटक एपमा पहुँच नभएका अभिभावकलाई थप विकल्प उपलब्ध गराउनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
क्षति पुगेको २५ वर्षपछि बन्यो वडा प्रहरी कार्यालय वालिङको नयाँ भवन
Latest NewsJust now

क्षति पुगेको २५ वर्षपछि बन्यो वडा प्रहरी कार्यालय वालिङको नयाँ भवन

अर्जुन काफ्ले स्याङ्जा, मङ्सिर ९ गते । सशस्त्र द्वन्द्वका क्रममा क्षति पुगेको २५ वर्षपछि वडा प्रहरी कार्यालय वालिङको नयाँ भवन निर्माण भएको छ ।२०५८ मङ्सिर ८ गते तत्कालीन विद्रोही ने... ...

गोरखापत्र
दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान

बाँके । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा मंगलबार तीन राष्ट्रिय कीर्तिमान कायम भएका छन् । नेपालगञ्ज रङ्गशालास्थित ५० मिटर पौडी पोखरीमा भएको प्रतिस्पर्धामा लिली बोहरा, दुवाना लामा र विकास कुमालले राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन् । महिलातर्फ ४०० मिटर व्यक्तिगत मिड्ले शैलीको प्रतिस्पर्धामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) की लिली बोहराले दुई पटक राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण पदक जितिन् । उनले ...

केन्द्रबिन्दु
आइजिपी विवादमा आज सुनुवाइ
Latest NewsJust now

आइजिपी विवादमा आज सुनुवाइ

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर ९ गते । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले मङ्सिर ९ गते सुनुवाइ गर्ने भएको छ । सोमबारका लागि पेसी तोकिए पनि... ...

गोरखापत्र
रियलको शतप्रतिशत सुरुआत कायम
Latest NewsJust now

रियलको शतप्रतिशत सुरुआत कायम

लगातार पाँचौं जितसँगै रियल अंक तालिकाको शीर्षमा उक्लियो भने सबै प्रतियोगितामा उसको लगातार जित संख्या दस पुगेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement