Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

टिकटकमार्फत विश्वभर नेपाल चिनाउँदै भिजिट नेपाल अभियान

Share:WhatsAppFacebookX (Twitter)Telegram
टिकटकमार्फत विश्वभर नेपाल चिनाउँदै भिजिट नेपाल अभियान
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाललाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा ‘#VisitNepal’ अभियान सुरु गरिएको छ। शुक्रबारबाट औपचारिक रूपमा थालनी भएको यो अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ। अभियानको मुख्य उद्देश्य नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, सम्पदा र पर्यटकीय गन्तव्यहरूलाई डिजिटल सामग्रीमार्फत विश्वभर चिनाउनु रहेको छ। यसका लागि युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरले नेपाल भ्रमण गरी आफ्ना अनुभवहरू विश्वव्यापी दर्शकमाझ प्रस्तुत गरिरहेका छन्। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल प्लेटफर्म नेपालको पर्यटन, संस्कृति र सिर्जनशीलता विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको बताए। नेपाल पर्यटन बोर्डले स्थानीय सेलिब्रेटी तथा कन्टेन्ट क्रिएटरहरूसँग सहकार्य गर्दै विभिन्न पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नेछ। अभियानको क्रममा ह्यासट्याग पेज र प्रत्यक्ष प्रसारणको सुविधा पनि उपलब्ध गराइने छ। यसअघि टिकटक र पर्यटन बोर्डले संयुक्त रूपमा तीन सयभन्दा बढी पर्यटन व्यवसायी तथा कन्टेन्ट क्रिएटरलाई डिजिटल स्टोरी टेलिङसम्बन्धी तालिम प्रदान गरिसकेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घरेलु मदिराको बिक्री वितरणमा संलग्न नहुन अनुरोध
Latest NewsJust now

घरेलु मदिराको बिक्री वितरणमा संलग्न नहुन अनुरोध

पर्सा । प्रहरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ । वीरगन्ज महानगरपालिका–१५ भिष्वाडाँडामा सञ्चालित अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी आज नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालयबाट... ...

रातोपाटी
मध्यावधिमा पराजयसँगै ट्रम्पको साथ छाड्ने तयारीमा रुबियो, उपराष्ट्रपति भेन्स पनि टाढिँदै
Latest NewsJust now

मध्यावधिमा पराजयसँगै ट्रम्पको साथ छाड्ने तयारीमा रुबियो, उपराष्ट्रपति भेन्स पनि टाढिँदै

काठमाण्डु– अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय व्यहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र पार्टीभित्र असन्तुष्टि चुलिन थालेको छ। विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन छाड्ने विकल्पबारे छलफल थालेका छन् । उता उपराष्ट्रपति जेडी भेन्सले पनि ट्रम्पसँग दूरी बढाउन थालेको खबर सार्वजनिक भएको छ। इकोनोमिक टाइम्सका अनुसार रुबियो र उनका सल्लाहकारले आगामी राजनीतिक तथा प्रशासनिक भविष्यका […] ...

काठमाण्डुपाटी
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
Latest NewsJust now

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ- १. सरकारको माइण्ड गेम पछिल्लो ४८ घण्टामा सिंहदरबारदेखि सानेपासम्म राजनीतिक तापक्रम ह्वात्तै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play