Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

टिकटकका मालिकलाई उछिन्दै मुकेश अम्बानी फेरि बने एसियाका सबैभन्दा धनी व्यक्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
टिकटकका मालिकलाई उछिन्दै मुकेश अम्बानी फेरि बने एसियाका सबैभन्दा धनी व्यक्ति
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भारतका उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी पुनः एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । रिलायन्स इन्डस्ट्रिजको सेयर मूल्यमा आएको उल्लेख्य वृद्धिसँगै अम्बानीले टिकटकको मातृ कम्पनी बाइटडान्सका सहसंस्थापक चाङ यिमिङलाई पछि पार्दै एसियाको सबैभन्दा धनी व्यक्तिको स्थान हासिल गरेका हुन् । फोर्ब्सका अनुसार सोमबार भारतीय सेयर बजारमा रिलायन्सको सेयर मूल्य झण्डै १२ प्रतिशतले बढेको थियो । सेयर मूल्यमा आएको वृद्धिका कारण अम्बानीको सम्पत्तिमा एकै दिन ८.५ अर्ब अमेरिकी डलर थपिएको छ । यससँगै उनको कुल सम्पत्ति १०.५ प्रतिशतले बढेर ८८.८ अर्ब डलर पुगेको फोर्ब्सको रियल टाइम अर्बपति सूचीमा उल्लेख छ । सम्पत्तिमा भएको वृद्धिसँगै अम्बानी विश्वका धनाढ्यहरूको सूचीमा २३औँ स्थानमा उक्लिएका छन् । यसअघि एसियाकै सबैभन्दा धनी रहेका चीनका चाङ यिमिङको सम्पत्ति ८४ अर्ब डलरमा सीमित भएपछि उनी विश्व सूचीको २५औँ स्थानमा झरेका छन् । रिलायन्स इन्डस्ट्रिजले दोस्रो त्रैमासिकमा विश्लेषकहरूको अनुमानभन्दा बढी आम्दानी गरेपछि कम्पनीको सेयर मूल्यमा उछाल आएको हो । विश्लेषकहरूले २.३ अर्ब डलर आम्दानी हुने अनुमान गरे पनि कम्पनीले २.७ अर्ब डलर आम्दानी गरेको थियो । यससँगै सोमबार कम्पनीको बजार पुँजीकरणमा मात्रै १९ अर्ब डलरभन्दा बढी थपिएको थियो । कम्पनीको उत्कृष्ट वित्तीय नतिजापछि ब्रोकरेज संस्था एभेन्डस स्पार्कले रिलायन्सको सेयर रेटिङसमेत बढाएको छ । ब्लुमबर्गका अनुसार सन् २०१७ पछि पहिलोपटक रिलायन्सको सेयर बिक्री गर्न वा होल्ड गर्न कुनै पनि विश्लेषकले सिफारिस गरेका छैनन् । सन् १९५७ मा धीरूभाई अम्बानीले स्थापना गरेको रिलायन्स इन्डस्ट्रिज अहिले पेट्रोकेमिकल्स, तेल तथा ग्यास, दूरसञ्चार, खुद्रा व्यापार, सञ्चारमाध्यम र वित्तीय सेवासम्म फैलिएको छ । करिब १७० खर्ब भारु बजार पुँजीकरणसहित यो भारतकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । रिलायन्सको सेयर मूल्य बढ्नुमा कम्पनीको डिजिटल तथा दूरसञ्चार क्षेत्रको सहायक कम्पनी जियो प्लेटफर्म्सको सेयर बजार प्रवेशले पनि योगदान पुर्‍याएको छ । अक्टोबरको अन्त्यतिर नेसनल स्टक एक्सचेन्ज (एनएसई) मा सूचीकृत भएको जियोको सेयर पहिलो कारोबार दिनमै २७ प्रतिशतले बढेको थियो । करिब १०६ अर्ब डलरको मूल्यांकनमा ३.२ अर्ब डलर पुँजी जुटाएको जियोको आईपीओ भारतकै इतिहासमा सबैभन्दा ठूलो बनेको छ । ५३ करोड ३० लाखभन्दा बढी ग्राहक रहेको जियोमा रिलायन्सको करिब ६६ प्रतिशत स्वामित्व छ । यसैबीच, रिलायन्स समूहकै अर्को कम्पनी जियो फाइनान्सियल सर्भिसेजको खुद नाफामा भने ठूलो गिरावट आएको छ । खर्चमा तीव्र वृद्धि भएपछि सेप्टेम्बर त्रैमासिकमा कम्पनीको एकीकृत खुद नाफा ५१ प्रतिशतले घटेर ३४०.४४ करोड भारुमा सीमित भएको हो । यद्यपि, सोही अवधिमा कम्पनीको कुल आम्दानी भने करिब ७० प्रतिशतले बढेर १ हजार ६९९.४१ करोड भारु पुगेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरले गुमायो पहिलो विकेट
Latest NewsJust now

जनकपुरले गुमायो पहिलो विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ । विराटनगरले दिएको १७४ रनको लक्ष्य पछ्याएको जनकपुरले २.५ ओभरमा १५ रन बनाउँदा पहिलो विकेट गुमाएको... ...

रातोपाटी
नेपालका लागि भारतका नवनियुक्ति राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगे
Latest NewsJust now

नेपालका लागि भारतका नवनियुक्ति राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगे

• भारतका नवनियुक्त राजदूत सुधाकर दले काठमाडौं आइपुगेका छन्। • उनी एअर इन्डियाको विमानमार्फत मंगलबार दिउँसो अवतरण गरेका हुन्। ...

नेपालबहस
सम्पूर्ण वामपन्थी एकजुट नभए देश र कम्युनिस्ट आन्दोलन रहँदैन : उमा भुजेल
Latest NewsJust now

सम्पूर्ण वामपन्थी एकजुट नभए देश र कम्युनिस्ट आन्दोलन रहँदैन : उमा भुजेल

माओवादी जनयुद्धकालका चर्चित ‘जेल ब्रेकर’ उमा भुजेल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम गरी भुजेललाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play