Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

झिनिया आम्दानीको स्रोत

Share:WhatsAppFacebookX (Twitter)Telegram
झिनिया आम्दानीको स्रोत
Photo / Coverage: नेपालन्युज

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा व्यस्त छन्। नले एक जना श्रमिक राखेर झिनिया बनाउँदै आएकी छिन्। छोराछोरी विदेशमा रहेकाले आफू र श्रीमान् मिलेर चाडपर्वका बेला झिनिया उत्पादन गर्ने गरेको उनले बताइन्। ‘दशैँ तिहारमा करिब तीनदेखि चार लाखसम्मका झिनिया बिक्री हुन्छ,’ उनले भनिन्, ‘तिहारमा माग धेरै आउने भएकाले एक जना श्रमिक राखेर उत्पादन गरिरहेका छौँ। उत्पादित झिनिया बेनी बजार, म्याग्दीका ग्रामीण भेग, पर्वत, बागलुङ र पोखरासम्म बिक्री हुने गरेको छ।’ हेर्दा आकर्षक, स्वादिलो र सजिलै तयार पारेर खान सकिने भएकाले चाडपर्वका समयमा झिनिया रोटीको खपत बढी हुने गरेको श्रेष्ठको अनुभव छ। मङ्गलाघाटकै हेमबहादुर पुनका १० जना परिवारका सदस्यहरू दैनिक झिनिया उत्पादनमा जुटेका छन्। पुनका अनुसार दैनिक एक बोरा चामलको पिठो बराबरको झिनिया उत्पादन हुने गरेको छ। दशैँ–तिहारमा झिनियाको माग बढी हुने भएकाले परिवारका सबै सदस्य मिलेर उत्पादन गर्ने गरेको उनले बताए। चाडपर्वको समयमा दुईदेखि तीन लाख सम्मको झिनिया बिक्री हुने गरेको उनको भनाइ छ। ‘बेनी बजारका साथै पोखराबाट पनि झिनियाको माग आउने गरेको छ। उत्पादन गर्न सके बिक्रीको समस्या छैन,’ उनले भने, ‘पछिल्लो दुई महिनादेखि दैनिक १० जना परिवारका सदस्य झिनिया बनाउने काममा लागेका छौँ।’ तिहार पर्व भित्रिएसँगै म्याग्दीको बेनी बजारमा परम्परागत परिकार झिनिया रोटीको व्यापार बढेको छ। चाडपर्वलाई लक्षित गरी झिनिया उत्पादन गर्दै आएका बेनीका उद्यमीलाई मागअनुसार उत्पादन गर्न भ्याइनभ्याइ भएको छ। घरपरिवारका सदस्यसँगै श्रमिक परिचालन गरेर उद्यमीहरू झिनिया बनाउन व्यस्त भएका छन्। नेपाली मौलिक परिकारमध्ये झिनियालाई झिलिङ्गा रोटी पनि भन्ने गरिन्छ। चामलको पिठोबाट बनाइने झिनिया तिहारमा विशेष रूपमा प्रयोग हुन्छ। हेर्दा आकर्षक र खान स्वादिलो हुने भएकाले तिहार नजिकिएसँगै बेनी बजारमा यसको बिक्री बढेको हो। तिहारमा दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयता साटासाट गर्ने र पाहुनालाई सत्कार गर्ने क्रममा झिनिया रोटीको माग हुने गरेको बेनी नगरपालिका–७ की टकसरा रानाले बताइन्। उनले विगत २५ वर्षदेखि झिनिया बनाउँदै आएकी छिन्। ‘झिनिया बनाउने परम्परागत संस्कृति भएकाले छाड्न सकिएन,’ उनले भनिन्, ‘दिनभर त्यसै बस्नुभन्दा झिनिया बनाउँदा घरखर्चका लागि रकम पनि जम्मा हुने र अरू महिला दिदीबहिनीलाई पनि प्रेरणा मिल्ने भएकाले यो काम गर्दै आएकी छ।’ उनका अनुसार बेनी बजारका साथै ग्रामीण भेग र पोखराबाट समेत झिनियाको माग आउने गरेको छ। विदेशबाट पनि माग आउने गरेको उनले बताइन्। दुई वर्षअघि अस्ट्रेलियाबाट २५ हजार बराबरको झिनियाको माग आए पनि उत्पादन गर्न नसक्दा रु १३ हजार बराबरको मात्रै बिक्री गरेको उनले सुनाए। चामलको पिठो पकाएर मेसिनमा पेलेपछि चाउचाउको जस्तो त्यान्द्रो निकालिन्छ। त्यसलाई दुई दिनसम्म घाममा सुकाएपछि झिनिया तयार हुन्छ। मङ्गलाघाटका कल्पना श्रेष्ठले विद्युत्बाट चल्ने झिनिया बनाउने मेसिन प्रयोग गर्दै आएकी छिन्। झिनिया बनाउन कम्तीमा तीन जना जनशक्ति आवश्यक पर्छ। एक दिनमा तीन जनाले ३५० भन्दा बढी झिनिया बनाउन सक्छन्। झिनियालाई घ्यू वा तेलमा तारेर खान सकिन्छ। उद्यमीहरूका अनुसार प्रति १२ वटा झिनियालाई रु १४० देखि रु १५० सम्ममा बिक्री हुने गरेको छ। बेनीको मङ्गलाघाटमा मात्रै २० जना झिनिया उद्यमी रहेको र अहिले सबैजसो उद्यमी उत्पादनमा व्यस्त भएका स्थानीयवासी रहेका म्याग्दी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले बताए। हेर्दा आकर्षक, खानालाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनिया रोटीको खपत धेरै हुने गर्छ। झिनिया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ। चाडपर्व र आफन्तलाई भेट्न जाँदा झिनिया कोसेली लैजाने चलन छ। झिनियालाई खाजाको परिकारको रूपमा पनि प्रयोग गर्न सकिन्छ। घरमा बनाउन झन्झट हुने, बिग्रने डर तर कोसेली लैजान सजिलो हुने भएकाले झिनिया रोजाइमा परेको उपभोक्ता समिता पुनले बताइन्। घरायसी कामबाट बचेको फुर्सदको समय सदुपयोग हुनुका साथै झिनिया बेचेर भएको आम्दानीले घर व्यवहार चलाउन सजिलो भएको उद्यमीहरूले बताएका छन्। झिनिया बनाउने मेसिन, तालिम र सुरक्षित भण्डारणका लागि औजार उपकरणको व्यवस्था भएमा सहज हुने उद्यमी हरिकुमार श्रेष्ठले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध महाभियोग प्रस्तावको तयारी
Latest NewsJust now

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध महाभियोग प्रस्तावको तयारी

रक्षामन्त्री पिट हेग्सेथविरुद्ध औपचारिक रूपमा महाभियोग प्रस्ताव दर्ता गराउँदै यसै साता मतदान गराउने तयारी गरेका छन्। ...

हाम्राकुरा
चाडपर्वले रिसराग भुलेर सामाजिक एकताको भावनालाई बलियो बनाउन प्रेरित गरून् : प्रधानमन्त्री बालेन
Latest NewsJust now

चाडपर्वले रिसराग भुलेर सामाजिक एकताको भावनालाई बलियो बनाउन प्रेरित गरून् : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चाडपर्वहरूले रिसराग सबै भुलेर सामाजिक एकता र सहिष्ण्ॉताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून् भन्ने कामना गरेका छन्। नेपाल संवत्को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको बताएका हुन्। ‘नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको यस पवित्र अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ ...

कर्पोरट खबर
जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखक
Latest NewsJust now

जो बने ५० हजार पाउन्ड राशिको ‘बुकर प्राइज’ पाउने सबैभन्दा ज्येष्ठ लेखक

बेलायती लेखक एम. जोन ह्यारिसनले आफ्नो उपन्यास ‘द एन्ड अफ एभ्रिथिङ’का लागि ‘बुकर प्राइज’ जितेका छन्। योसँगै ८१ वर्षीय ह्यारिसन यो पुरस्कार जित्ने सबैभन्दा ज्येष्ठ लेखक बनेका छन्। सोमबार लन्डनमा आयोजित समारोहमा उनलाई ५० हजार पाउन्ड पुरस्कार राशि प्रदान गरिएको छ।  ह्यारिसन लगभग ६० वर्षदेखि लेखिरहेका छन् र उनका प्र... ...

नेपालखबर
भारतसँग खेल्ने नेपाल यू-१९ महिला क्रिकेट टोली घोषणा (नामसहित)
Latest NewsJust now

भारतसँग खेल्ने नेपाल यू-१९ महिला क्रिकेट टोली घोषणा (नामसहित)

काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान)ले भारतसँग खेल्ने नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरेको छ। आगामी नोभेम्बर १२ देखि २२ सम्म भारतको बेंगलुरुमा सञ्चालन हुने नेपाल-भारत यू–१९ महिला टी-२० शृंखलाका लागि क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। घोषित टोलीमा रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका साह, अन्जिला पाठक, […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play