झापा। झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय गोपाल राई छन्। माछा मार्न प्रयोग गरिएको करेन्ट आफैँलाई लाग्दा राईको शनिबार घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। राईको शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। यसअघि गत भदौमा पनि सोही खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको थियो।
झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज






