Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आवद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आवद्ध
Photo / Coverage: नेपालन्युज

झापा। झापा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ। स्वास्थ्य बिमा बोर्डका अनुसार यो झापाको कुल जनसङ्ख्याको ८६ प्रतिशत हो। सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सहज र न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित सरकारले वार्षिक रूपमा कम्तीमा पाँच जना सदस्य रहेको परिवारलाई रु तीन हजार ५०० शुल्कबापत न्यूनतम रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ। स्वास्थ्य बिमा बोर्डकी जिल्ला प्रमुख लक्ष्मी कँडेलका अनुसार हालसम्म झापाका दुई लाख १७ हजार ५२७ परिवार स्वास्थ्य बिमाको दायरामा समेटिएका छन्। यसमा ५३ हजार १४२ जना ज्येष्ठ नागरिक, १२८ जना कुष्ठरोग प्रभावित, ७४४ जना एचआइभी सङ्क्रमित, तीन हजार १९१ जना अपाङ्गता भएका व्यक्ति र ५९० जना महिला स्वास्थ्य स्वयंसेविकालगायत लक्षित तथा संवेदनशील वर्गसमेत समावेश छन्। बिमामार्फत निःशुल्क उपचार सेवा प्रवाह गर्न जिल्लामा पाँच वटा आँखा अस्पताल, सात वटा रेफरल अस्पताल र १५ वटा प्राथमिक सेवा प्रदायक संस्था गरी कुल २७ वटा स्वास्थ्य संस्था सूचीकृत गरिएको प्रमुख कँडेलले जानकारी दिइन्। जिल्लाका १५ वटा स्थानीय तहमध्ये दमक नगरपालिकामा कुल जनसङ्ख्याको ११४ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध देखिएका छन्। दमकमा बसोबास गर्दै आएका भूटानी शरणार्थीसमेत बिमामा समेटिएकाले त्यहाँ आबद्धता दर अपेक्षाभन्दा बढी देखिएको हो। त्यसैगरी भद्रपुर, गौरादह, हल्दिबारी, कमल र कनकाई पालिकामा बिमामा आबद्ध हुनेको प्रतिशत ९० भन्दा माथि छ। तर, सबैभन्दा कम झापा गाउँपालिकामा भने ४८ प्रतिशत नागरिक मात्र स्वास्थ्य बिमामा आबद्ध छन्। पाँच जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा प्रति अतिरिक्त सदस्य रु ७०० प्रिमियम शुल्क तोकिएको छ। यसरी सदस्य थपिएका परिवारले अधिकतम रु दुई लाखसम्मको निःशुल्क उपचार सुविधा पाउने व्यवस्था बोर्डले गरेको छ। पछिल्लो समय बिमा सेवाको उपयोग र दाबीमा देखिएको अनियमितता नियन्त्रण गर्न सरकारले केही कडा प्रावधान लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार बहिरंग (ओपीडी) सेवामा वार्षिक अधिकतम रु २५ हजारसम्म मात्र खर्च गर्न पाइनेछ भने बाँकी रकम अस्पताल भर्ना, आकस्मिक उपचार र शल्यक्रियाजस्ता गम्भीर तथा अत्यावश्यक सेवामा मात्र उपयोग गर्न सकिनेछ। स्वास्थ्य बिमामार्फत हाल एक हजार २९० प्रकारका औषधि उपलब्ध गराइँदै आएको छ। साथै, यही मङ्सिर महिनादेखि सेवाग्राहीले भौतिक बिमा कार्ड बोक्नुपर्ने झन्झट अन्त्य गर्दै ‘नागरिक एप’मा रहेको डिजिटल कार्ड देखाएरै सूचीकृत अस्पतालबाट सहज रूपमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विद्यालयको खर्च जुटाउन देउसी भैलो, जुट्यो झन्डै २९ लाख
Latest NewsJust now

विद्यालयको खर्च जुटाउन देउसी भैलो, जुट्यो झन्डै २९ लाख

धनकुटाको पाख्रीबास नगरपालिका फलाँटेस्थित अमर माविले विद्यालयको खर्च व्यवस्थापन, सञ्चित कोष निर्माण, खेलमैदान विकास तथा शैक्षिक सुधारका लागि देउसी भैलो खेलेर २८ लाख ८८ हजार रुपैयाँ संकलन गरेको छ । ...

कान्तिपुर
म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप
Latest NewsJust now

म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप

काठमाडौं । म्यानचेस्टर युनाइटेडले कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप गर्दै सन् २०२८ जुनसम्म लम्ब्याएको छ । क्लबले सम्झौतामा रहेको एक वर्ष थप गर्न सक्ने विकल्प प्रयोग गरेपछि पोर्चुगिज मिडफिल्डरको सम्झौता लम्बिएको हो । भविष्यमा नयाँ सम्झौताबारे छलफल गर्ने बाटो पनि खुला राखिएको युनाइटेडले जनाएको छ । यसैबीच, भाइरल संक्रमणका कारण फर्नान्डेजले आज राति प्रमियर लिगमा ब्रेन्टफोर्डविरुद्धको खेल गुमाउने सम्भावना ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement