Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

जेलमा रहेका इमरान खानले लेखे न्यायाधीशहरुलाई पत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
जेलमा रहेका इमरान खानले लेखे न्यायाधीशहरुलाई पत्र
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो र पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उचित उपचारको व्यवस्था गर्न देशका सर्वोच्च अदालतका न्यायाधीशहरूसँग अपिल गरेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था यस्तै रहे ज्यानसमेत जान सक्ने चेतावनी दिएका छन् । इमरानका वकिल सलमान सफदरले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खुला पत्रमा उनले लामो समयदेखि एकान्त कारावासमा राखिएको र आवश्यक उपचार नपाएको आरोप लगाएका छन् । ७४ वर्षीय इमरानले आफ्नो रक्तचाप खतरनाक अवस्थामा पुगेको र चिकित्सकहरूले मस्तिष्कघात तथा हृदयाघातको जोखिम रहेको बताएको उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘७४ वर्षको उमेरमा पनि यस्तो अवस्था निरन्तर रहँदा म यस्तो स्थितिमा पुग्दै छु, जहाँबाट सायद जीवित फर्कन सक्ने छैन ।’ उनले पत्नी बुशरा बीबीको आँखाको ज्योति कमजोर हुँदै गएको भन्दै उपचारको व्यवस्था गर्न माग गरेका छन् । बुशराको गत अप्रिलमा आँखाको पर्दासम्बन्धी समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो । तर त्यसपछि उनलाई पुनः एकान्त कारावासमा राखिएको र चिकित्सकसँग भेटघाट तथा स्वास्थ्य विवरण हेर्नसमेत नदिइएको इमरानको आरोप छ । इमरानले सर्वोच्च अदालतले गत अगस्ट १८ मा आफूलाई इस्लामाबादस्थित शिफा अन्तर्राष्ट्रिय अस्पतालमा स्थानान्तरण गर्न, स्वास्थ्य परीक्षणका लागि चिकित्सक टोली गठन गर्न र परिवारसँग भेटघाटको व्यवस्था गर्न दिएको आदेश कार्यान्वयन नभएको बताएका छन् । उनले आफूलाई दैनिक २२ घण्टासम्म एकान्त कारावासमा राख्ने गरिएको र परिवार तथा वकिलसँगको भेटघाट, पुस्तक पढ्ने तथा टेलिभिजन हेर्ने सुविधासमेत सीमित गरिएको दाबी गरेका छन् । यसैबीच, तोशाखाना–२ मुद्दामा इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्ष जेल सजाय सुनाइएको छ । सन् २०२१ मा साउदी युवराजले उपहार दिएको महँगो बुल्गारी गरगहनाको खरिदसँग सम्बन्धित यो मुद्दामा फैसला भएको हो । इमरान सन् २०२३ अगस्टदेखि विभिन्न मुद्दामा जेलमा छन् भने उनकी पत्नीलाई सन् २०२५ जनवरीमा भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको थियो । उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफले भने उनीमाथिको कानुनी कारबाही राजनीतिक प्रेरित रहेको आरोप लगाउँदै आएको छ । The post जेलमा रहेका इमरान खानले लेखे न्यायाधीशहरुलाई पत्र appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहिलो त्रैमासमा ४२ अर्ब ३२ करोड वैदेशिक सहायता प्राप्त
Latest NewsJust now

पहिलो त्रैमासमा ४२ अर्ब ३२ करोड वैदेशिक सहायता प्राप्त

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालले ४२ अर्ब ३२ करोड ५४ लाख रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ। अर्थ मन्त्रालयका अनुसार असोज मसान्तसम्म वैदेशिक ऋण तथा अनुदान गरी उक्त रकम प्राप्त भएको हो। असोज मसान्तसम्म वैदेशिक ऋणतर्फ ३४ अर्ब ३४ करोड २ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ। सरकारले चालु आर्थिक वर्षमा वैदेशिक ऋणतर्फ २ खर्ब ४७ ...

लुम्बिनी सञ्चार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
Latest NewsJust now

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

• नेपाल महर्षि वैदिक फाउण्डेशनले राष्ट्र ऋण मुक्त गरी समृद्धिको सङ्कल्पले तीन दिने महालक्ष्मी विशेष साधना गर्दैछ। • महर्षि महेश योगीको ५२औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको यस साधनामा वैदिक ज्ञानको विश्व नेतृत्वको उद्घोष गरिएको छ। • महारुद्राभिषेक यज्ञमा ५७ जना पण्डित र विभिन्न धार्मिक कर्महरू समावेश गरिएको छ, जसको समापन मङ्सिर १ गते हुनेछ। ...

नेपालबहस
स्कटल्यान्डका जर्ज मुन्सी सुदूरपश्चिम रोयल्सबाट एनपीएलको प्लेअफ खेल्ने
Latest NewsJust now

स्कटल्यान्डका जर्ज मुन्सी सुदूरपश्चिम रोयल्सबाट एनपीएलको प्लेअफ खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको निर्णायक चरणका लागि सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सीलाई टोलीमा भित्र्याएको छ । सुदूरपश्चिमले प्रतियोगिताको बाँकी खेलका लागि मुन्सीलाई अनुबन्ध गरेको जानकारी दिएको हो । ३३ वर्षीय मुन्सी बायाँहाते ओपनिङ ब्याटर हुन् । आक्रामक ब्याटिङका लागि परिचित उनले पावरप्लेमा तीव्र गतिमा रन बनाउन सक्छन् । उनले स्कटल्यान्डका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा ७९ खेलमा ...

कर्पोरट खबर
१५ दिनमा निगमको घाटा १ अर्ब ६२ करोड, पेट्रोलियम पदार्थको मूल्य भने यथावत
Latest NewsJust now

१५ दिनमा निगमको घाटा १ अर्ब ६२ करोड, पेट्रोलियम पदार्थको मूल्य भने यथावत

काठमाडौँ। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखेको छ। सोमबार निगमले प्रेस विज्ञप्ति जारी गर्दै हालको स्थितिमा पाक्षिक (१५ दिन) रुपमा रु. १ अर्ब ६२ करोड... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play