सिलिकन भ्यालीको दबाब र राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनको बावजुद, जेन्सेन हुआङको पुनर्स्थापनाको कुनै पनि सम्भावनालाई चिप निर्माता कम्पनी एनभिडियाले मंगलबार अस्वीकार गरेको छ। यसले गर्दा अहिलेलाई प्रख्यात आर्टिफिसियल इन्टेलिजेन्स अर्बपति तथा उद्योग प्रचारकको पदमा फर्किने विषयलाई विश्राम दिइएको छ। कम्पनीको सञ्चालक समितिले “सर्वसम्मतिले उनको राजीनामा स्वीकार गरेको छ र जेन्सेनलाई सीईओको रूपमा पुनर्स्थापित गर्ने कुनै इरादा छैन,” एनभिडियाका अध्यक्ष हार्वे जोन्सले त्रैमासिक आय कलको सुरुमा भने। त्यसैगरी स्थायी प्रतिस्थापन खोजीरहेको बेलामा अस्थाई पद सम्हालेकि र कम्पनी चलाइरहेकी प्रमुख वित्तीय अधिकारी कोलेट क्रेसलाई बोल्न दिईएको थियो। आइतबार, ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले एनभिडियामा व्यापक सरसफाइ (आमूल परिवर्तन वा पदमुक्त गर्ने प्रक्रिया) को आह्वान गरे। तर, त्यसको भोलिपल्टै ट्रम्पले हुआङको पुनरागमनको समर्थन गरेका थिए। यो घटनाक्रम यस्तो बेला भएको हो जब एनभिडियामाथि चीनमा प्रतिबन्धित एआई चिपहरू छलेर त्यहाँ पुग्न दिएको हो कि भन्ने विषयमा अनुसन्धान भइरहेको छ; र उक्त विवादको केन्द्रमा एक कथित जासुस जोडिएका छन्। यसअघि एनभिडियाका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) जेन्सेन हुआङले सञ्चालक समितिले चाहेको अवस्थामा आफू फेरि सिइओमा फर्कन तयार रहेको बताएका थिए। एनभिडियाबाट बाहिरिएपछि पहिलोपटक सामाजिक सञ्जाल एक्समार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै हुआङले कर्मचारी, लगानीकर्ता, व्यावसायिक साझेदार र ग्राहकहरूबाट आफूलाई कम्पनीको नेतृत्वमा फर्कन आग्रह भइरहेको र बोर्डले चाहेको खण्डमा फर्कन तयार रहेको बताएका हुन्। ‘यदि सञ्चालक समितिले मेरो फिर्ती सेयरधनी, कर्मचारी, कम्पनी र अमेरिकाको हितमा हुन्छ भनेर निर्णय गर्छ भने, यी आग्रह स्वीकार गरेर सिइओका रूपमा फर्कन पाउनु मेरो लागि सम्मान हुनेछ,’ उनले लेखेका छन्। उनले पछिल्लो एक सातामा साथीहरू, उद्योगका सहकर्मी र आफूले कहिल्यै नभेटेका मानिसहरुबाट समेत आफू र परिवारप्रति माया तथा समर्थन पाएको बताएका छन्। त्यसका लागि उनले सबैलाई धन्यवाद दिएका छन्। हुआङले व्यक्तिगत जीवनमा आफूले गम्भीर गल्ती गरेको स्वीकार गरेका छन्। उनले त्यसको पूर्ण जिम्मेवारी लिने र बोर्डको स्वतन्त्र छानबिनमा सहयोग गर्नेसमेत बताएका छन्। ‘मैले एनभिडियामा सबैबाट अपेक्षा गरिने मापदण्ड पूरा गर्न सकिनँ र आफ्नो व्यक्तिगत जीवनमा गम्भीर गल्तीहरू गरेको छु। मैले सञ्चालक समितिलाई समस्या सिर्जना गरेँ, जसप्रति मलाई गहिरो पछुतो छ। म आफ्ना गल्तीहरूको पूर्ण जिम्मेवारी लिन्छु र सञ्चालक समितिको स्वतन्त्र छानबिनमा सहयोग गर्न प्रतिबद्ध छु,’ जेन्सेन हुआङले भनेका छन्। यसअघि श्रीमतीप्रति बेइमानी गरेको स्वीकार गर्दै जेन्सेन हुआङले एनभिडियाका कर्मचारीलाई पत्र पठाएका थिए। त्यसअघि सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग प्रेम सम्बन्धमा रहेको मिडियाहरुमार्फत सार्वजनिक भएको थियो। एलिस हुआङले चीनका लागि सूचना संकलन गरेको आशंकामा अहिले अमेरिकी अनुसन्धान अधिकारीहरुले छानबिन गरिरहेका छन्। मिडियाहरुले जेन्सेन कम्पनी भित्रकै अरू कर्मचारीसँग पनि सम्बन्धमा रहेको सार्वजनिक गरेका थिए। घटना सार्वजनिक भएपछि हुआङले सिइओबाट राजीनामा दिएका थिए। सञ्चालक समितिले हुआङको राजीनामा स्वीकृत गरी उनीमाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ। The post जेन्सेन हुआङ एनभिडिया सीईओका रूपमा फर्कन इच्छुक, कम्पनी सञ्चालक समितिद्वारा प्रस्ताव अस्वीकार appeared first on Technology Khabar.
जेन्सेन हुआङ एनभिडिया सीईओका रूपमा फर्कन इच्छुक, कम्पनी सञ्चालक समितिद्वारा प्रस्ताव अस्वीकार

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






