Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

जेन्सेनलाई एनभिडियाकाे सीईओबाट हटाउने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
जेन्सेनलाई एनभिडियाकाे सीईओबाट हटाउने तयारी
Photo / Coverage: केन्द्रबिन्दु

न्युयोर्क । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङलाई पदबाट हटाउने विषयमा सञ्चालक समितिले छलफल गर्न लागेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि विवाहेतर सम्बन्ध र विदेशी गुप्तचरीसँग जोडिएका आरोप सार्वजनिक भएपछि कम्पनीले अनुसन्धानसमेत थालेको छ । वाल स्ट्रिट जर्नलका अनुसार, हुआङको भविष्यबारे छलफल गर्न सञ्चालक समितिले बुधबार आकस्मिक बैठक बोलाउने तयारी गरेको थियो । न्युयोर्क टाइम्सले उनको कम्पनीकै उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि विवाहेतर सम्बन्ध रहेको दाबी गरेको छ । यसअघि सिङ्गापुरस्थित डेटा सेन्टर कम्पनीकी वरिष्ठ अधिकारी एलिस हुआङसँगको सम्बन्ध सार्वजनिक भएको थियो । हुआङले एनभिडियाका कर्मचारीलाई पठाएको सन्देशमा एलिससँगको सम्बन्ध स्वीकार गर्दै पत्नीप्रति बेइमानी गरेको बताएका थिए । अमेरिकी गुप्तचर निकायले एलिस चीनको राज्य सुरक्षा मन्त्रालयसँग आबद्ध रहेको आरोप लगाएको विवरण पनि सार्वजनिक भएको छ । एनभिडियाको सञ्चालक समितिले हुआङ विदेशी गुप्तचरको निशानामा परेको रिपोर्टबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको जनाएको छ । उनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् । यसैबीच, अमेरिकी कङ्ग्रेसले पनि एलिससँगको सम्बन्धबारे उहाँसँग बन्द कोठामा जानकारी मागेको न्युयोर्क टाइम्सले जनाएको छ । व्यक्तिगत सम्बन्धसम्बन्धी विवरण सार्वजनिक भएपछि एनभिडियाको सेयरमा गिरावट आएको छ । कम्पनी र हुआङविरुद्ध लगानीकर्तासँगको सम्बन्धबारे आवश्यक जानकारी नदिएको आरोपमा सेयरधनीहरूले सामूहिक मुद्दासमेत दायर गरेका छन् । कृत्रिम बौद्धिकता (एआई) प्रविधिका लागि चिप उत्पादन गर्ने एनभिडिया विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एक हो । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ पर्वमा सहभागी हुन रवि दम्पती जनकपुरधाम जाँदै, सर्वसाधारणको घरमा बस्ने
Latest NewsJust now

छठ पर्वमा सहभागी हुन रवि दम्पती जनकपुरधाम जाँदै, सर्वसाधारणको घरमा बस्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्वमा सहभागी हुन शनिबार जनकपुरधाम जाने भएका छन् । पत्नी निकिता पौडेलसहित सपरिवार छठ पूजामा सहभागी हुन उनीहरू जनकपुरधाम... ...

रातोपाटी
लुम्बिनीविरुद्ध कर्णालीले रोज्यो ब्याटिङ, कप्तानमा डेभिड मिलर
Latest NewsJust now

लुम्बिनीविरुद्ध कर्णालीले रोज्यो ब्याटिङ, कप्तानमा डेभिड मिलर

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २३औँ खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा केहीबेरमा हुने यस खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । ...

केन्द्रबिन्दु
भीमफेदी दुर्घटना छानबिन गर्न समिति
Latest NewsJust now

भीमफेदी दुर्घटना छानबिन गर्न समिति

हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ। समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको ...

नेपालन्युज
जलवायु कार्यको केन्द्रमा हिमाली मुद्दा राख्न परराष्ट्रमन्त्री खनालको आग्रह
Latest NewsJust now

जलवायु कार्यको केन्द्रमा हिमाली मुद्दा राख्न परराष्ट्रमन्त्री खनालको आग्रह

अन्ताल्या (टर्किए) । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा बढ्दो जलवायु सङ्कटको असर पर्वतीय क्षेत्रमा मात्र सीमित नरही विश्वव्यापी अर्थतन्त्र, पारिस्थितिकीय प्रणाली र मानव जीवनमा पर्ने भएकाले पर्वतीय लचिलोपनलाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज आयोजित ‘पर्वतीय एजेन्डालाई अगाडि बढाउनेः तापक्रमको सीमा नाघ्ने अवस्था, साझा उत्तरदायित्व र दिगो वित्तपोषणअन्तर्गत ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play