Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

जेनजी विद्रोहको बहाना बनाएर तालिमप्राप्त अपराधीलाई परिचालन गरियो : ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
जेनजी विद्रोहको बहाना बनाएर तालिमप्राप्त अपराधीलाई परिचालन गरियो : ओली
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले जानीजानी नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति विवादित भएपछि पनि सच्याउन तयार नभएको बताएका हुन्। ‘संसद्मा एक त आउन आएपछि बोलेपछि प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिए। अभिव्यक्ति विवाद भएपछि सच्याउन तयार भएनन्। जसले जानीजानी बोलेको हो भन्ने देखिन्छ,’ ओलीले भने। उनले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाइएको भन्दै सभामुखप्रति समेत प्रश्न उठाए। ‘सभामुखले पनि रेकर्डबाट हटाउन के–के गर्नुभयो ? केका लागि, कहिलेका लागि रेकर्ड राख्न खोजेको हो ?’ उनले प्रश्न गरे। ओलीले वर्तमान सरकारप्रति पनि चर्को आलोचना गर्दै देश राजनीतिक, आर्थिक तथा सामाजिक रूपमा अधोगतितर्फ गइरहेको टिप्पणी गरे। गत वर्ष भएको सत्ता परिवर्तनलाई उनले अनधिकृत, हिंसात्मक र अलोकतान्त्रिक गतिविधिबाट गरिएको सत्ता उलटफेरको संज्ञा दिए। गत वर्षको आगजनी, लुटपाट र तोडफोडबाट लोकतन्त्र तथा संविधानमाथि प्रहार भएको दाबी गर्दै उनले त्यसपछिका गतिविधिलाई वैधानिकता दिन फागुन २१ गते निर्वाचनको मञ्चन गरिएको आरोप लगाए। उनले अहिले देश भय र त्रासको वातावरणमा रहेको तथा असंवैधानिक र गैरकानुनी गतिविधि बढिरहेको बताए। सरकार स्वेच्छाचारी, दमनकारी र प्रतिशोधी बाटोमा अघि बढेको उनको आरोप थियो। ओलीले वर्तमान सरकारले जनताप्रति उत्तरदायी भएर काम गर्न नसकेको पनि बताए। सरकारसँग खर्बौं रुपैयाँ भए पनि पीडितले राहत पाउन नसकेको, शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था सुधार हुन नसकेको उनको भनाइ थियो। अस्पतालबाट सेवा नपाएर सडकमा सुत्केरी हुनुपर्ने अवस्था आउनु सरकारको कमजोरी भएको टिप्पणी गर्दै उनले जनताको समस्या समाधानमा सरकारले चासो नदिएको आरोप लगाए। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले संसद् विघटनसम्बन्धी मुद्दामा अदालतले समेत प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टि जनाए। राज्यका विभिन्न निकाय आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने अवस्थामा नरहेको उनको दाबी थियो। उनले जेनजी विद्रोहको बहानामा तालिमप्राप्त अपराधी परिचालन गरी देशमा वितण्डा मच्चाइएको आरोपसमेत लगाए। देशको अस्मिता, स्वाधीनता, स्वाभिमान र सम्मानको रक्षा गर्न जनता अघि बढ्नुपर्ने अवस्था आएको ओलीको भनाइ थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन आग्रह

• परराष्ट्रमन्त्री शिशिर खनालले तातोपानी नाका तत्काल खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गरेका छन्। • तातोपानी नाका काठमाडौँबाट सबैभन्दा नजिक रहेको र दुई मुलुकबीचको मित्रतापूर्ण सम्बन्धको प्रतीक भएको बताइएको छ। • भेटवार्तामा व्यापार, पूर्वाधार, जलवायु परिवर्तन र शिक्षा जस्ता विषयमा छलफल भएको छ। ...

नेपालबहस
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता
Latest NewsJust now

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले भेटवार्ता गरेका छन्।  बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटका क्रममा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिएका छन्।  त्यस्तै, प्रधानमन्त्री शाहले न... ...

नेपालखबर
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल
Latest NewsJust now

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता, भारत भ्रमणबारे छलफल

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मध्यान्न शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । यस्तै उनले नेपालमा आएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले […] ...

काठमाण्डुपाटी
भारतीय राजदूत दलेलाले भेटे प्रधानमन्त्री शाहलाई, भारत भ्रमणबारे छलफल
Latest NewsJust now

भारतीय राजदूत दलेलाले भेटे प्रधानमन्त्री शाहलाई, भारत भ्रमणबारे छलफल

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको हो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play