Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

जेनजी आन्दोलनका मुद्दा छानबिन गर्न आयोग गठन गर्ने सरकारको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
जेनजी आन्दोलनका मुद्दा छानबिन गर्न आयोग गठन गर्ने सरकारको तयारी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी मुद्दाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराउने उद्देश्यले छुट्टै आयोग गठन गर्ने भएको छ। यससम्बन्धी अध्यादेश जारी गर्न मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार सिफारिस गरिएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको स्रोतले जनाएको छ। सरकारले भने यसबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन। अध्यादेश जारी भएपछि जेनजी आन्दोलनका घटनासँग सम्बन्धित मुद्दाको छानबिन र व्यवस्थापनका लागि आयोग गठन गर्ने कानुनी बाटो खुल्नेछ। आन्दोलनका घटनासँग सम्बन्धित मुद्दाको थप छानबिन गर्ने, पीडित र सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण बनाउने तथा क्षति पुगेकालाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था अध्यादेशमा समेटिएको बताइएकाे छ। त्यस्तै, गम्भीर अपराधबाहेकका मुद्दालाई छिटो र व्यवस्थित रूपमा टुङ्ग्याउने कानुनी आधारसमेत अध्यादेशले तयार गर्ने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जेनजी आन्दोलनमा सहभागी भएकै कारण कतिपय व्यक्ति मुद्दा खेप्न बाध्य भएको भन्दै उनीहरूको रिहाइको माग गर्दै आएका थिए। संघीय संसद्का दुवै सदनको अधिवेशन चालु नरहेको अवस्थामा तत्काल केही गर्न आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने संवैधानिक व्यवस्था छ। जारी भएपछि अध्यादेश ऐनसरह लागू हुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोतिहारी–अमलेखगञ्ज दोस्रो चरण हस्तान्तरण र झापा टर्मिनल शिलान्यास
Latest NewsJust now

मोतिहारी–अमलेखगञ्ज दोस्रो चरण हस्तान्तरण र झापा टर्मिनल शिलान्यास

काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रूपमा ‘बटन अन’ गरी दुई महत्त्वपूर्ण पेट्रोलियम पूर्वाधार परियोजनाको हस्तान्तरण तथा शिलान्यास गरेका छन् । दुई देशका... ...

रातोपाटी
युट्युबर ध्रुव राठीविरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी
Latest NewsJust now

युट्युबर ध्रुव राठीविरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी

नयाँ दिल्ली । दिल्लीको एक अदालतले सन् २०१८ को मानहानि मुद्दामा युट्युबर ध्रुव राठीविरुद्ध सोमबार गैर–जमानती वारेन्ट (पक्राउ पुर्जी) जारी गरेको छ । न्यायिक मजिस्ट्रेट अनम रइस खानको इजलासले विकास संकृत्यायन... ...

रातोपाटी
सर्बिया लैजाने भन्दै दिल्लीको होटलमा ४५ दिन बन्धक, तीन नेपालीको उद्धार
Latest NewsJust now

सर्बिया लैजाने भन्दै दिल्लीको होटलमा ४५ दिन बन्धक, तीन नेपालीको उद्धार

काठमाडौं । वैदेशिक रोजगारीको सुन्दर सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ । सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सर्बिया पठाइदिने प्रलोभन देखाएर भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलको कोठामा बन्धक बनाएर राखिएका उनीहरूलाई सामाजिक संस्था किन इण्डियासहित सम्बन्धित निकायको संयुक्त पहलमा शनिबार सकुशल उद्धार गरिएको हो । […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement