Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

जेनजी आन्दोलनका घाइते शान्तनुको उपचारबारे अस्पताल पुगेर मन्त्रीद्वयले लिए जानकारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
जेनजी आन्दोलनका घाइते शान्तनुको उपचारबारे अस्पताल पुगेर मन्त्रीद्वयले लिए जानकारी
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्। महाराजगञ्जस्थित अस्पतालमा उपचाररत ढकालसँग प्रत्यक्ष भेट गरी मन्त्रीद्वयले उनको स्वास्थ्य अवस्था, हालसम्मको उपचार प्रगति र आगामी उपचारका आवश्यकताबारे जानकारी लिए। सो क्रममा उनीहरूले शान्तनुका बुबासँग समेत भेट गरी उपचारका क्रममा परिवारले भोग्नुपरेका कठिनाइ, आर्थिक तथा सामाजिक अवस्था र परिवारका आवश्यकताबारे जानकारी लिए। मन्त्री सिता बादीले शान्तनुको उपचारसँगै उनको आगामी जीवन र परिवारको भविष्यलाई समेत राज्यको चासो र जिम्मेवारीको विषयका रूपमा हेरिनुपर्ने बताइन्। उपचारपछिको पुनर्स्थापना, परिवारको रोजगारी, शिक्षाको निरन्तरता तथा अन्य आधारभूत आवश्यकतामा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय र सहजीकरण गरिने उनले बताइन्। शान्तनु र उनको परिवारलाई आवश्यक परेको अवस्थामा मन्त्रालय सहयोगका लागि साथमा रहने बादीको भनाइ छ। त्यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचारका क्रममा देखिन सक्ने स्वास्थ्यसम्बन्धी जटिलता, थप शल्यक्रिया तथा अन्य उपचार आवश्यकतामा स्वास्थ्य मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताइन्। उपचार प्रक्रियालाई प्रभावकारी र सहज बनाउन सम्बन्धित स्वास्थ्य संस्था तथा चिकित्सकसँग आवश्यक समन्वय गरिने उनले उल्लेख गरिन्। मन्त्रीद्वयले शान्तनुको अवस्थालाई उपचारको विषयमा मात्र सीमित नराखी स्वास्थ्योपचारपछि सम्मानजनक जीवनयापन, सामाजिक पुनर्स्थापना, शिक्षा र आर्थिक आत्मनिर्भरतासँग जोडेर सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे। राज्यको दायित्व नागरिकको जीवन रक्षा र उपचारमा मात्र सीमित नरही कठिन परिस्थितिबाट गुज्रिएका व्यक्ति तथा परिवारलाई पुनः सामान्य जीवनमा फर्कने आधार तयार गर्नु पनि भएको उल्लेख गर्दै मन्त्रीद्वयले यसका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्य अघि बढाउने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आफ्नो नाममा रहेका टिकटक अकाउन्ट नक्कली भएको राजेश हमालको स्पष्टोक्ति
Latest NewsJust now

आफ्नो नाममा रहेका टिकटक अकाउन्ट नक्कली भएको राजेश हमालको स्पष्टोक्ति

काठमाडौँ । अभिनेता राजेश हमालले आफ्नो नाममा सञ्चालन भइरहेका टिकटक अकाउन्टहरू नक्कली भएको स्पष्ट पारेका छन् । उनले बुधबार राति आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत हालसम्म आफ्नो कुनै पनि आधिकारिक टिकटक अकाउन्ट... ...

रातोपाटी
साँझकी फेवा (तस्विर)
Latest NewsJust now

साँझकी फेवा (तस्विर)

प्रसिद्ध पर्यटकीय शहर पोखरास्थित फेवातालको बुधबार साँझको दृश्य । ...

हिमालय टाइम्स
सन् २०२७ मा सिंगापुरको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण
Latest NewsJust now

सन् २०२७ मा सिंगापुरको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

सिंगापुरको आर्थिक वृद्धिदर सन् २०२६ को तुलनामा सन् २०२७ मा सुस्त हुने अनुमान गरिएको छ । कृत्रिम बुद्धिमत्ता (एआई), सेमिकन्डक्टर उत्पादन र पूर्वाधार क्षेत्रमा लगानी जारी रहने भए पनि विश्वव्यापी... ...

रातोपाटी
अपिहिमाल गाउँपालिकाको कार्यालयमा पहिलोपटक पुग्यो जिप, स्थानीयमा खुसीयाली
Latest NewsJust now

अपिहिमाल गाउँपालिकाको कार्यालयमा पहिलोपटक पुग्यो जिप, स्थानीयमा खुसीयाली

धनगढी । दार्चुलाको अपिहिमाल गाउँपालिकाको कार्यालयसम्म पहिलोपटक जिप पुगेको छ। गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ४ खण्डेश्वरीसम्म सडक विस्तार भएपछि बुधबार पहिलोपटक जिप पुगेको हो। यसअघि मकरीगाडसम्म मात्रै जिप पुग्थे। मकरीगाडबाट गाउँपालिकाको कार्यालय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement