दाङ, कात्तिक २८ । जुवा खेलिरहेको अवस्थामा नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीसहितलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घोराही उपमहानगरपालिका–१५ स्थित डाँगीको घरबाट डाँगीसहित भिआईपीलाई केही व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही–१६ का वडाध्यक्ष ताराबहादुर डाँगी, घोराही खानेपानी संस्थाका अध्यक्ष ध्रुव केसीलगायत रहेको प्रहरीले जनाएको छ । कांग्रेस जिल्ला सभापतिको दौडमा रहेका भुपबहादुर डाँगी २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको प्रमुख र २०७९ सालको निर्वाचनमा कांग्रेसका तर्फबाट उपप्रमुखका उम्मेदवार बने पनि पराजित हुनुभएको थियो ।
जुवा खालमा भेटिए भिआइपी, प्रहरीले पार्यो हैसियत हेरिन्न भन्दै कर्यापझ्याप

Read Complete Original Article
Published originally on जनताटाइम्स






