काठमाडौं: जुम्लामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा पुँजीगत खर्च निराशाजनक देखिएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका अनुसार कात्तिक मसान्तसम्ममा वार्षिक विनियोजनको ४ दशमलव ६७ प्रतिशत मात्र खर्च भएको छ। जिल्लाका लागि कुल ३ अर्ब ३३ करोड १६ लाख १९ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको छ। कोष नियन्त्रक मन्जित अछामीका अनुसार सङ्घीय सरकार मातहतका ३६ वटा कार्यालय र ८ वटा स्थानीय तहका लागि उक्त बजेट प्राप्त भएको हो। जिल्लाको सबैभन्दा बढी विकासे बजेट रहेको सडक डिभिजन कार्यालयको अवस्था पनि कमजोर देखिएको छ। सो कार्यालयका लागि १ अर्ब ७९ करोड ५० हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा ६ करोड ४८ लाख १२ हजार रुपैयाँ मात्र खर्च भएको छ, जुन विनियोजित बजेटको ३ दशमलव ६१ प्रतिशत हो। त्यस्तै, सघन सहरी तथा भवन आयोजनामा १ अर्ब ३९ करोड २ लाख ५ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकामा पहिलो चौमासिकमा ६ करोड ८४ लाख २२ हजार रुपैयाँ अर्थात् ४ दशमलव ९२ प्रतिशत मात्र खर्च भएको छ।
जुम्लामा पहिलो चौमासिकमा पुँजीगत खर्च न्यून

Read Complete Original Article
Published originally on नेपालन्युज






