Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

जुडो च्याम्पियन टेडी राइनर फ्रान्सेली राष्ट्रपतिको दौडमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुडो च्याम्पियन टेडी राइनर फ्रान्सेली राष्ट्रपतिको दौडमा
Photo / Coverage: विश्वखबर

एजेन्सी । फ्रान्सका पाँच पटकका ओलम्पिक स्वर्ण पदक विजेता जुडो खेलाडी टेडी राइनरले सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत अप्रत्याशित घोषणा गर्दै ३७ वर्षीय राइनरले भने, ‘मेरो नाम टेडी राइनर हो र आज म तपाईंहरूसमक्ष प्रत्यक्ष रूपमा घोषणा गर्दछु– म सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुँ ।’ फ्रान्सका चर्चित खेलकुद हस्तीमध्ये एक राइनर यस्तो समयमा राजनीतिमा प्रवेश गरेका छन्, जतिबेला वर्तमान राष्ट्रपति इम्यानुएल म्याक्रोनको उत्तराधिकारी चयन गर्न अर्को वर्ष हुने निर्वाचनमा अति दक्षिणपन्थी नेतृ मरिन ले पेन जनमत सर्वेक्षणमा अगाडि देखिएका छन् । राइनरले फ्रान्समा अति दक्षिणपन्थी शक्तिहरूको उदय प्रति आफू गम्भीर रूपमा चिन्तित रहेको यसअघि नै सार्वजनिक रूपमा बताउँदै आएका छन् । उनले सन् २०१२, २०१६ र २०२४ को ओलम्पिकमा हेभीवेट विधातर्फ तथा सन् २०२० र २०२४ को ओलम्पिकमा मिश्रित टोली विधातर्फ गरी जुडोमा पाँच स्वर्ण पदक जितेका छन् । यसका अतिरिक्त उहाँले ११ पटक विश्व च्याम्पियनसिपको उपाधि पनि हासिल गरेका छन् । फ्रान्सका अर्का चर्चित जुडो खेलाडी डेभिड डुइलेट सन् २००९ मा फ्रान्सेली संसद्मा निर्वाचित भएका थिए । उनले सन् २०११ सेप्टेम्बरदेखि २०१२ मेसम्म खेलकुदमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वदेश फर्किन हसिनाले दिइन् राहदानी आवेदन, बंगलादेश भन्छ- अपराधीलाई फिर्ता ल्याउन पासपोर्ट चाहिँदैन
Latest NewsJust now

स्वदेश फर्किन हसिनाले दिइन् राहदानी आवेदन, बंगलादेश भन्छ- अपराधीलाई फिर्ता ल्याउन पासपोर्ट चाहिँदैन

काठमाडौं- भारतमा बस्दै आएकी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किन नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) बनाउन दिल्लीस्थित बंगलादेश उच्च आयोगमा आवेदन दिएकी छन् । बंगलादेशमा प्रतिबन्धित अवामी लिगका केही नेताहरूले यसबारे पुष्टि गरेका छन् । अवामी लिगका नेताहरूले बीबीसी बंगलालाई बताएअनुसार शेख हसिनाले लन्डनस्थित कानुनी संस्था म्याट्रिक्स चेम्बर्समार्फत यो आवेदन दिएकी हुन् । लन्डनस्थित कानुनी संस्था म्याट्रिक्स चेम्बर्सका वकिलहरूले आवेदनमा ...

विश्वखबर
सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला पुल
Latest NewsJust now

सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो कटनुखोला पुल

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा विकास आयोजना तोकिएको समयभन्दा १० महिनाअगावै सम्पन्न भएको छ । रतुवामाई–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने ‘डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने बाटो’अन्तर्गत कटनुखोला पुल निर्माणको... ...

रातोपाटी
चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन काफ्लेको निर्देशन
Latest NewsJust now

चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन काफ्लेको निर्देशन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्... ...

रातोपाटी
२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन
Latest NewsJust now

२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन

७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मन्त्रालयले स्वेच्छिक र मर्यादित रूपमा देउसी–भैलो सञ्चालन गर्न तथा कसैलाई चन्दा वा दक्षिणा दिन बाध्य नपार्न निर्देशन दिएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play