Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar
जीवाश्म इन्धन त्याग्ने प्रतिबद्धतामा विवाद, कोप–३१ सम्झौता अन्योलमा
Share:WhatsAppFacebookX (Twitter)Telegram
जीवाश्म इन्धन त्याग्ने प्रतिबद्धतामा विवाद, कोप–३१ सम्झौता अन्योलमा
Photo / Coverage: आर्थिक न्यूज
काठमाडौं । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा विश्वका राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा कोप–३१ जलवायु सम्मेलन सम्झौताविहीन हुने जोखिम बढेको छ। निर्धारित समयभन्दा ४० घण्टाभन्दा बढी बितिसक्दा पनि करिब २०० राष्ट्रबीच सहमति हुन नसकेपछि सम्मेलनको निष्कर्ष अन्योलमा परेको हो।
सम्मेलनका सहआयोजक टर्की र अस्ट्रेलियाले अन्तिम समयमा अघि सारेको प्रस्तावमा जीवाश्म इन्धनको प्रयोगबाट टाढिने स्पष्ट प्रतिबद्धता नराखिएपछि युरोपेली सङ्घ (इयु) र जलवायु परिवर्तनको जोखिममा रहेका साना टापु राष्ट्रहरूले विरोध गरेका छन्। आयरल्यान्डका जलवायुमन्त्री डाराग ओब्रायनले प्रस्तावित दस्तावेजमा जलवायु सङ्कट सामना गर्न आवश्यक महत्वाकाङ्क्षा नदेखिएको बताएका छन्।
अर्कोतर्फ साउदी अरबजस्ता तेल उत्पादक राष्ट्रहरूले जीवाश्म इन्धनसम्बन्धी स्पष्ट प्रतिबद्धता राख्न अस्वीकार गरेका छन्। शनिबार टर्की र अस्ट्रेलियाले इयु तथा साउदी अरबबीच आकस्मिक बैठक गराए पनि सहमति जुट्न सकेन। पछिल्लो मस्यौदामा सन् २०२३ मा गरिएको जीवाश्म इन्धनबाट टाढिने विश्वव्यापी प्रतिबद्धतालाई स्पष्ट रूपमा नभई अप्रत्यक्ष रूपमा मात्रै उल्लेख गरिएको छ।
एन्टिगुवा र बार्बुडाका वातावरणमन्त्री माइकल जोसेफले पनि मस्यौदाप्रति असन्तुष्टि जनाएका छन्। प्रस्तावमा जीवाश्म इन्धन उद्योगले समर्थन गर्दै आएको कार्बन सङ्कलन प्रविधिको विस्तारलाई समेत समेटिएको छ। वातावरणीय अभियानकर्मीहरूले यस्तो प्रविधिले प्रदूषण नियन्त्रणमा पर्याप्त सहयोग नगर्ने भन्दै प्रस्ताव अस्वीकार गर्न आग्रह गरेका छन्।
सम्मेलनमा अर्को विवाद जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) का प्रतिवेदन प्रकाशनको समयलाई लिएर देखिएको छ। साउदी अरब, भारत र केन्याले आगामी प्रतिवेदन प्रकाशनमा ढिलाइ गर्न खोजेपछि मतभेद थपिएको हो। सन् २०२८ मा हुने विश्वव्यापी उत्सर्जन न्यूनीकरण प्रयासको समीक्षाअघि नै प्रतिवेदन सार्वजनिक गर्न युरोप, अफ्रिका र प्रशान्त क्षेत्रका दर्जनौँ राष्ट्रले माग गरेका छन्।
पेरिस जलवायु सम्झौताले तय गरेको विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य कार्यान्वयन गर्ने विषयमा पनि राष्ट्रहरूबीच मतभेद छ। त्यस्तै, जलवायु अनुकूलनका लागि प्रस्ताव गरिएको एक खर्ब २० अर्ब अमेरिकी डलरको लक्ष्य मस्यौदाबाट हटाइएपछि विकासशील राष्ट्रहरू असन्तुष्ट बनेका छन्। जलवायु परिवर्तनको असर सामना गर्न धनी राष्ट्रहरूले आवश्यक आर्थिक दायित्व पूरा नगरेको उनीहरूको गुनासो छ।
जीवाश्म इन्धनको प्रयोग घटाउने प्रतिबद्धता, जलवायु वित्त र वैज्ञानिक प्रतिवेदनको समयतालिकामा देखिएको विवादले सम्मेलनको अन्तिम सम्झौता थप कठिन बनेको छ।
Share:WhatsAppFacebookX (Twitter)Telegram
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Visit Publisher Site →
Advertisement
Related News
🇳🇵 Nepal
अयोध्या–जनकपुरधाम रेल : जनकपुरधाममा उत्साह
Economy & BusinessJust now
अयोध्या–जनकपुरधाम रेल : जनकपुरधाममा उत्साह
जनकपुर । भारतको अयोध्यादेखि धनुषाको जनकपुरधामसम्म रेल सेवा सुरु हुन लागेको छ । भोलि ७ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रुपमा अयोध्यादेखि जनकपुरधामसम्म चल्ने रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । उक्त रेल सेवा सुचारु हुने भएपछि जनकपुरधामका स्थानीयसहित व्यवसायीहरु उत्साहित भएका छन् ।  दुबै देशबीच रहेको पौराणि… ...
आर्थिक न्यूज
एभरेष्ट इन्जिनियरिङ कलेजकाे सोसाइजको वार्षिक साधारण सभा सम्पन्न, नयाँ अध्यक्षमा शिवराज पौडेल
Economy & BusinessJust now
एभरेष्ट इन्जिनियरिङ कलेजकाे सोसाइजको वार्षिक साधारण सभा सम्पन्न, नयाँ अध्यक्षमा शिवराज पौडेल
ललितपुर । एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपामा कम्प्युटर, सूचना प्रविधि (आईटी) तथा सफ्टवेयर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको साझा संस्था सोसाइज (SOCISE) को वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले सन् २०२६–२७ का लागि शिवराज पौडेलको नेतृत्वमा नयाँ कार्यकारी समिति निर्वाचित गरेको छ। निवर्तमान अध्यक्ष अनिस भट्टराई नेतृत्वको समितिले नवनिर्वाचित समितिलाई संस्थाका अभ… ...
आर्थिक न्यूज
ट्रम्पको इमिग्रेशन कारबाही तीव्र, १९ महिनामा ६ हजारभन्दा बढी भारतीय पक्राउ
Economy & BusinessJust now
ट्रम्पको इमिग्रेशन कारबाही तीव्र, १९ महिनामा ६ हजारभन्दा बढी भारतीय पक्राउ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनविरोधी नीतिका कारण अमेरिकामा रहेका भारतीय नागरिक प्रभावित हुन थालेका छन् । सन् २०२५ जनवरीदेखि २०२६ अगस्टसम्म अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) ले ६ हजार १ सय ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ । अमेरिकन कम्युनिटी मिडियाको रिपोर्टअनुसार उक्त अवधिमा पक्राउ परेका भारतीयमध्ये ५ हजार २ सय ३५ जनालाई ड… ...
आर्थिक न्यूज
एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न
Economy & BusinessJust now
एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं- एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा, ललितपुरमा कम्प्युटर, सूचना प्रविधि (आईटी) तथा सफ्टवेयर इन्जिनियरिङ सम्बन्धी विषय अध्ययनरत विद्यार्थीहरूको साझा संस्था सोसाइज (SOCISE) को वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा सन् २०२५–२६ का लागि निर्वाचित ...
आजको अर्थ
Multikhabar App
All Information In One Place
Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!
Get it on Google Play
Advertisement